समाचार

होटलमा बसेर कौडा खेल्दाखेदै प्रहरी पुगेपछि भागाभाग

काभ्रेमा कौडा खेलिरहेका ९ जना खालबाटै समातिएका छन् । धुलिखेल नगरपालिका-५ का २७ वर्षीय महेन्द्र दाहालसहित ९ जनालाई काभ्रे प्रहरीले हिजोराती पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा उनीहरुलाई धुलिखेलस्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा फेला पारेर समातेको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट एक लाख ७३ हजार ३२ रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको छ ।  पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

मलामी जान बिर्सेछऊ त ?

नाम पनि कति गजब छ “गाउँ” । प्राय सबैलाई गाउँ मन पर्छ । गाउँ राम्रो भए जस्तै राम्रा हुन्छन् गाउँका मान्छेहरु । भाषा, खानपिन, संस्कार संस्कृति सबै गाउँको अर्गानिक नै हुन्छ । प्राय मान्छेहरुलाई अर्गानिक नै मन पर्छ, मलाई मन परेजस्तै । पछिल्लो अबस्थामा गाउँका सबै युवाहरु देश छोडेर विदेश गएको कुरा त तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो नी हैन र ? गाउँघर अचेल युवा विहिन बन्दै गइरहेको छ । मानव जीवन भनेको मान्छेहरुको जालोमा जेलिएर जिउने जीवन हो ।… पुरा पढौ

एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी

अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा गत वर्षदेखि प्रत्येक कक्षामा स्मार्ट टिभी जडान गरेर शिक्षकले ल्यापटपको माध्यमबाट शिक्षण सिकाइ थालिएकोमा यसवर्ष सिगाना माध्यामिक विद्यालय लामिचौरमासमेत प्रविधिको माध्यमबाट शिक्षण सिकाइ थालिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा विद्यालको सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप… पुरा पढौ

अतिक्रमित संरचनामा धनगढी उपमहानगरको डोजर

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउने अभियान तीव्र पारेको छ । विसं २०२१ को नापीलाई आधार मानेर उपमहानगरपालिकाले अतिक्रमण क्षेत्र खाली गराइरहेको हो । पहिलो चरणमा धनगढीको डुवान क्षेत्रलाई प्राथमिकतामा राखेर अतिक्रमण क्षेत्रमा डोजर लगाइरहेको उपमहानगरपालिकाले जनाएको छ । धनगढीको बढी डुवान हुने क्षेत्र वडा नं १ २, ३, ५, ७ का बजार क्षेत्रमा अभियानका रुपमा खाली गराइरहेको उपमहानगरपालिका प्रमुख गोपाल हमालले बताए । “पहिलो चरणमा धनगढीको मुख्य बजार क्षेत्रमा पानीको बहाव नै रोकिने गरी भएको सार्वजनिक… पुरा पढौ

बेलायतका राजाले बोलाए ह्यारी-मेघनलाइ

बेलायतका राजा चार्ल्सले अमेरिका गएका छोरा-बुहारीलाई  आफ्नो राज्याभिषेकमा बोलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई आगामी मेमा हुने उनको राज्याभिषेकका लागि निम्तो पठाइएको छ। ह्यारी र मेघन राज्याभिषेक समारोहमा उपस्थित हुने/नहुने टुंगो भइसकेको छैन। पछिल्लो समय बेलायती राजपरिवार र ह्यारी-मेघनको सम्बन्ध तिक्ततापूर्ण छ। केही दिनअघि पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनीहरूको घर खाली गर्न भनिएको थियो। द गार्डियनका अनुसार ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले… पुरा पढौ

बालिकाको हत्या आरोपमा झारफुक गर्ने झाँक्री पक्राउ

झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छिन् पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने २२ वर्षीय सोनिया रेश्मी रहेकी प्रहरीले जनाएको छ । रेश्मीले झारफुक गर्ने बहानामा २० फागुनमा सैनामैना १० झिमझिमे बस्ने १४ वर्षीय सीता ज्ञवालीलाई कुटपिट गरेर हत्या गरेको प्रहरीको आरोप छ । कुटपिटबाट २० गते राति सीताको मृत्यु भएको र शवलाई राति नै दाहसंस्कार गरी सकिएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले रेश्मीलाई पक्राउ… पुरा पढौ

लघुवित्त का कर्मचारीले महिला माथि हातपात गरेको भनि खाए कुटाइ

बिदामा बसेका आफ्ना कर्मचारीमाथि कुटपिट भएकोमा झापास्थित जीवन विकास लघुवित्तले आपत्ति जनाएको छ ।  नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारमा वर्गीकरण गर्न सकिन्छ । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछन ।साथै, लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य… पुरा पढौ

संघियता कार्यन्वयनको मिठो दुखाइ

निबर्तमान उपाध्यक्ष, मिक्लाजुङ गाउंपालिका, मोरङ नेपाली जनताको पटक पटकको बलिदानीपुर्ण र लामो समय सम्मको संघर्षबाट नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । संविधानसभा बाट विक्रम संवत् २०७२ सालमा संविधान जारि भए पस्चात मुलुक नयां राजनीतिक चरणमा प्रबेश गरिसकेको छ । नेपालको संविधान अनुसार तीन तहको सरकार (संघिय ,प्रदेश र स्थानिय सरकार)को व्यावस्था रहेको छ । संविधानले सबै प्रकारका भेदभाव र असमान्ताको अन्त्य गर्दै संपूर्ण नेपालीलाई सर्वभौमसत्ता सम्पन्न बनाई आर्थिक समानता ,समृध्दि र सामाजिक न्यायको सुनिश्चित्तता गर्दै समतामूलक समाजको निर्माण गर्ने… पुरा पढौ

विस्वका २५ बाहेकका देशले किन अँगालेनन संघियता

नेपालकाे संविधान २०७२ ले नेपाललाई संघीय लाेकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित गर्याे । यस अन्तर्गत संघ, प्रदेश र स्थानीय सरकार गरी सरकारलाई तीन तहमा विभाजन गरियाे । त्यसाे गर्नुका पछाडि सदियाैँदेखि नेपालकाे राज्यसत्ता, शक्ति र शासन प्रणालीमा भएकाे सीमित जातजाति र वर्गकाे बर्चस्वलाई सच्याउनु थियाे । त्यस्ताे केन्द्रिकृत शासन प्रणालीले मुलुककाे भाैगाेलिक र सांस्कृतिक विविधतालाई पनि प्रतिनिधित्व गर्न सकेकाे थिएन ।  स‌ंघीय शासन प्रणालीमा राज्यकाे शक्ति दुई वा दुईभन्दा बढी तहकाे सरकार मार्फत् अभ्यास गरिन्छ । सरकारहरुबीच अधिकारकाे बाँडफाँड गरी राज्यमा जनताकाे… पुरा पढौ

विद्यालयका दिवा खाजा कार्यक्रमका खाद्यान्न गुणस्तरहीन : दोषीलाई कारबाही गर्न सरकारसँग माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विश्व खाद्य कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा अखाद्य सामग्री बालबालिकालाई वितरण गर्न ल्याउन लागिएको घटनाको छानबिन गरी त्यस कार्यमा संलग्न दोषीहरूमाथि कानूनी कारबाही चलाउन सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्वपरीक्षण अनिवार्य गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको… पुरा पढौ