समाचार

एक करोड २० लाख ठगीको आरोपमा डीडीसीका व्यापारी पक्राउ 

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई एक करोड २० लाख ठगी गरेको आरोपमा वीरगन्जका व्यवसायी देवेन्द्रप्रसाद चौरासिया पक्राउ परेका छन् । संस्थानबाट उत्पादित दुग्धजन्य पदार्थ वीरगन्ज क्षेत्रमा ढुवानी तथा बिक्री वितरणको जिम्मा लिएका उनले त्यसको भुक्तानीमा ठगी गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत बिहीबार उनलाई पक्राउ गरेको हो । चौरासियाले एक करोड २० लाख रुपैयाँ ठगी गरेको भन्दै संस्थानले सिआइबीमा उजुरी दिएको छ ।  देवेन्द्र तेल मिलका सञ्चालक चौरासियाले सामानको भुक्तानी गर्दा संस्थानको राजस्व खातामा अकाउन्टपेयी चेक जम्मा गर्दै आएका थिए । तर, सो… पुरा पढौ

ह्वाट्सएप र फेसबुकबाट ठगि धन्दा गर्ने कल सेन्टरमा छापा

रुपन्देहीमा एक भारतीय नागरिकले चलाएको कल सेन्टरले सर्वसाधारणको ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने, ऋण दिने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्दै आएको खुलेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा ब्लु स्काई बिजनेस सोलुसन प्रालि नाममा कल सेन्टर खोली ठगी गरिएको हो । प्रहरीले सो सेन्टरमा आइतबार छापा हानेको छ ।  प्रहरीले छापा हान्ने क्रममा दुई सय ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानपछि कल सेन्टरका सञ्चालक र त्यसमा काम गर्ने अन्य नौ जनालाई हिरासतमा राखी अन्यलाई नियन्त्रणमा लिएको छ । अन्य युवायुवतीलाई… पुरा पढौ

राष्ट्रिय अनुसन्धान बिभाग गतिहीन

राज्य बाट प्राप्त हुने २५ प्रतिशत रकम कटाइएपछि राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अधिकृतहरु हुन् वा सूचक सरकारलाई आवश्यक र भरपर्दो सूचना दिने गरि काम गरिरहेका छैनन् । उनीहरुलाई काम गर्न नसकेको आरोप लागिरहेको छ । बिगतमा सबै गर्न सक्ने बिभाग अहिले मौन जस्तै छ l कर्मचारीहरू पत्रपत्रिकामा प्रकाशित समाचार सारेर रिपोर्ट बनाउने गर्छन । राजनीतिक रूपमा अब के हुन्छ भन्ने विषयमा विभागले भित्रैसम्म छिरेर सूचनामा पहुँच र दख्खल राख्न सकिरहेको छैन । राजनीतिक सिनारियो कता जाँदैछ, गठबन्धन कसरी अगाडि बढ्ला… पुरा पढौ

बाउन्स चेक मा वकिल पक्राउ

बैंकिङ कसुरको आरोपमा अधिवक्ता चुडामणि पौडेल पक्राउ परेका छन् । चितवन स्थायी घर भई हाल काठमाडौंको मैतिदेवी बस्दै आएका अधिवक्ता पौडेललाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पौडेलले प्रभु बैंकको बबरमहल शाखा कार्यालयमा रहेको आफ्नो खातामा मौज्दात रकम नभएको जान्दाजान्दै कोटेश्वरका विष्णु गिरीलाई १५ लाख रुपैयाँको चेक दिएको आरोप लागेको छ । ‘चेक बाउन्स’ भएपछि गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा अधिवक्ता पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरले चुडामणि पौडेल नाम गरेको मान्छे झिकाइदिनू… पुरा पढौ

कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी

मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरिएको छ । मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरि सूचकहरुमा काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम सूचकहरु तोकिएका छन् । जसमा बाल बचाउतर्फ १४, बाल संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत विकासतर्फ १५ वटा सूचक तोकिएका छन् । दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको… पुरा पढौ

छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशी

जिल्ला अर्घाखाँची, छत्रदेव गाउँपालिकामा आ.व. २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशी सरुवा भई गए पश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरु खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने, दिने कार्य गरेको, फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद… पुरा पढौ

सार्वजनिक पदमा भएकै व्यक्तिको अवैध सम्बन्ध

बागलुङको जैमिनी नगरपालिका वडा न.९का वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’ले अवैध सम्बन्धबाट एक युवतिलाई गर्भवति बनाएका छन् । जिल्लाको ताराखोला गाउँपालिकाकी एक २५ बर्षीय युवतिलाई ४३ बर्षीय थापाले गर्भवति बनाई बागलुङ बजारको एक घरमा राखेको श्रोतले बताएको छ । घरमा एक श्रीमति ३ छोरी र १ छोरा रहेका थापाले अबैध सम्बन्धबाट युवतिलाई गर्भवति बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिने गरेको पारिवारिक श्रोतले बतायो । वडा अध्यक्ष थापाले आफु अविवाहित रहेको भनि ढाँटेर ति युवतिसँग शारीरिक सम्बन्ध गाँसेकोे परिवारको दाबी… पुरा पढौ

यी हुन् नेपाल भारत दुवै देशको नागरिकता भएका व्यक्ति

बिरगंजको आनन्द कुमार चौधरी अग्रवाल दोहोरो नागरिक भएको खुलासा बिरगंज वडा ६ लाठ गल्ली बस्ने आनन्द कुमार चौधरी अग्रवाल दोहोरो देशको नागरिक भएको एक तथ्यांकले खुलासा भयको छ । चौधरीले २०५४ / ३/ ११ गतेमा १६०३२३४०७ न को नाप्रन को नेपाली नागरिकताको प्रमाणपत्र जिल्ला प्रशासन कार्यलय पर्सा बाट लिन सफल भएको देखिन्छ । दोस्रो तिर तारिख २०१६/ ०१/ ०७ मा भारत सरकारको कागजातमा निरन्जन कुमार चौधरीको छोरा आनन्द कुमारचौधरी भारतिय नागरिक हुन भनेर प्रष्ट लेखिएकोछ । चौधरीको नागरिता माथी २०७८… पुरा पढौ

मरेका मानिसको नाममा कर्मचारीले १६ लाख लिए l अन्य मा करोडौ घोटाला गरे

१६ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता कर्ममचारीको मिलेमतोमा भ्रस्टाचार गरिएको स्थानीय बुद्दिजिबी को आशंका रहेको छ l विराटनगर महानगरपालिकाले दुई सयभन्दा बढी मृतकका नाममा १६ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेको पाइएको छ । सो रकम कर्ममचारीको मिलेमतोमा भ्रस्टाचार गरिएको स्थानीय बुद्दिजिबी को आशंका रहेको छ भने लेखा परीक्षक कार्यालयले जारी गरेको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदनमा पनि कर्यमचार्स्तोको नाम किटान नभएपनि आर्थिक अनियमितता भएको खुलेको छ सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को बुँदा १५… पुरा पढौ