समाचार

डीएसपी ले नै खिचे महिलाको अश्लिल फोटो

महिलाको अश्लिल तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिएसपी तुलसिंह केसीले प्रहरीलाई झुक्याएर फोन फर्म्याट गरेको पाइएको छ। प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका केसीले ड्युटीमा खटिएका प्रहरीलाई झुक्याएर फोन फर्म्याट गरेको पाइएको हो। प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा समेत उल्लेख गरी सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। उक्त प्रतिवेदनका अनुसार डिएसपी केसीले फागुन ८ गते (मंगलबार) बेलुकी सवा ७ बजे आफ्नो श्रीमतीको सम्पर्क नम्बर निकाल्नु पर्‍यो भनेर ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक रामबाबु राय यादवलाई… पुरा पढौ

मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडा अध्यक्ष द्वारा तालाबन्दि

एकलौटी र अपारदर्शी निर्णय गरेको भन्दै  देवदह नगरपालिकाका-७ वटा वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । सोमबार नेपाली कांग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नगरपालिकामा मेयर र प्रशासकीय प्रमुखको मिलेमतोमा अपारदर्शी निर्णय भएको भन्दै वडाध्यक्षहरु विरोधमा उत्रिएका हुन् । नगर प्रमुख, उपप्रमुखका नामका योजनामा अपारदर्शी तरिकाले सम्झौता गरी भुक्तानी गरिएको, नगर प्रमुखले आफ्नो कुल मन्दिरमा रकम विनियोजन गर्दा वडाको सहमति… पुरा पढौ

लोकतन्त्र र संविधान

लोकतन्त्र (Democracy)लोकतन्त्र देशको शासन ब्यवस्थामा जनता आफै वा आफ्नो प्रतिनिधि मार्फत सहभागी हुने र निर्णय गर्न पाउने अधिकार सहितको शासन ब्यवस्था हो । लोकतन्त्रमा जनतालेलेख्ने, बोल्ने, छाप्ने, सभा संगठन गर्न पाउने, पार्टी खोल्ने र त्यसमा सहभागी हुन पाउने,प्रतिनिधि चयन गर्न र सरकार बनाउन पाउने जस्ता नागरिक तथा राजनीतिक अधिकारहुन्छन् । जनतालाई यति धेरै अधिकार प्राप्त हुने भएकोले सबैले लोकतन्त्रलाई राम्रोशासन प्रणाली मान्दछन्। त्यसैले नेपालमा पनि नेपाली जनताले आफ्नो लोकतान्त्रिकअधिकारलाई सुनिश्चित गर्न आन्दोलन मार्फत आफ्नो अभिमत प्रकट गर्दै लोकतन्त्रकोसंस्थागत बिकास र… पुरा पढौ

के हो सूचनाको हक ?

सूचनाको हक भन्नाले सार्वजनिक सरोकार र चासोका गतिविधि माग तथा प्राप्त गर्ने अधिकार हो। सूचना प्रवाहले एकातिर राज्यलाई पारदर्शी र जवाफदेही बनाउँछ भने अर्कातिर राज्यले प्रवाह गर्ने सेवा सुविधामा सर्वसाधरण जनताको पहुँच बढाउँछ। त्यसैले लोकतन्त्र र सूचनाको हक एक अर्काका परिपुरक हुन्। लोककल्याणकारी राज्यले जनतालाई सेवा प्रवाह गर्छ, तर कुनै वर्ग विविध कारणले सेवा प्राप्त गर्न सक्दैन। जसका कारण राज्यले प्रवाह गर्ने सेवा सीमित व्याक्तिका लागि अवशर बन्छ। यो अवस्थाबाट हाम्रो मुलुक पनि गुज्रिएको छ। त्यसमा पनि आधा भन्दा बढी… पुरा पढौ

सूचना पाएर के हुन्छ ? सूचनाले के गर्छ ?

सूचनाले मानिसलाई अरूका सामु प्रमाणसहित आफ्ना कुरा राख्न सक्नेबनाउँछ ।के कुरामा आफूले आवाज उठाउन लागेको हो या के काम गर्न लागेको हो,त्यसबारे जानकारीयुक्त बनाउँछ ।अधिकार सुनिश्चितताका लागि सूचना नागरिकको अधिकार हो।आफूसँग सम्बद्ध विषयबारे जानकारी प्राप्त गराउँछ ।सार्वजनिक निकायलाई उत्तरदायी र जिम्मेवार बनाउनका लागि सूचनाकोआवश्यकता पर्छ ।शासनका अङ्ग र सार्वजनिक निकायलाई पारदर्शी बनाउनका लागि सूचनालेमद्दत गर्छ । लोकतन्त्रलाई स्थानीय स्तरदेखि नै संस्थागत गर्न सूचनाको महत्व छ ।शासनका विविध निकायका कामकारबाहीमा आमनागरिकलाई प्रत्यक्षतःसहभागी गराउन सूचना आवश्यक छ ।भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न… पुरा पढौ

सुशासन, सूचना र पारदर्शिताको प्रवर्द्धन

सुशासनलाई मैले अनेक ढंगले अर्थाउने प्रयास गरेको छु । सुशासन लोकतन्त्रको पर्याय हो । मूल लोकतन्त्र हो; आवरण सुशासन हो । शासनलाई आफैंमा राम्रो भन्ने नभएपछि यसमा उपसर्ग लगाएर सुन्दर शासन ‘सुशासन’ र खराब शासन ‘कुशासन’ शब्द प्रचलनमा ल्याइएका छन् ।नागरिक समाज, निजी क्षेत्र र सार्वजनिक क्षेत्रको आचरण नै मूल रूपमा सुशासन वा कुशासनका चरहरू हुन् । सुशासन वा कुशासनका कारक तत्व यी आफैं हुन् । यी दुई एक अर्काको परिपुरणको रूपमा रहेका हुन्छन्, एउटाको विस्तारले अर्कोलाई संकुचित गर्दछ ।… पुरा पढौ

सूचनाको हक, नागरिककाे नैसर्गिक अधिकार

सूचना पाउनु हरेक नागरिकको नैसर्गिक मानव अधिकार हो । जनताले तिरेको करबाट संचालन हुने सार्वजनिक निकायहरुमा के –कस्ता निर्माण कार्य, योजना तर्जुमाहरु भैरहेका छन ती बारेमा जान्न पाउने हरेक नागरिकको मौलिक अधिकार हो । सूचनाको खोजी, प्राप्ति र प्रवाहमा कुनै पनि अवरोध नभईकन यस्ता सूचनामा प्रत्येक नागरिकको सहज पहुँच हुने स्थितीलाई नै सूचनाको हक मानिन्छ । के साँच्चिकै हामीले भनेजस्तो सूचनामा पहँुच नागरिकको पुगेको छ त ? प्रश्न अनुत्तरित छ । जनताको सार्वभौम अधिकारको संरक्षण गर्न सूचनाको हकको सुनिश्चितता हुनु… पुरा पढौ

सूचना पाउनु नागरिकको अधिकार हो : प्रमुख आयुक्त गुरुङ

सङ्घात्मक संविधानले दिएको सूचनाको हकसम्बन्धी अधिकार र यसलाई कार्यान्वयन गर्न बनेको सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनको अवस्था, चुनौती र आम नागरिकमा सूचनाको पहुँच स्थापित गर्ने उद्देश्यले सरोकारवाला निकायसँगको अन्तरक्रिया आइतवार घोराहीमा सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी, स्थानीय प्रशासन र प्रहरी अधिकारी तथा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिबिचको अन्तरक्रिया कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनमा नेतृत्वदायी भूमिका दाङबाटै निर्वाह गर्न सुझाव दिए । ‘यहाँ धेरै सङ्घीय कार्यालय छन्, प्रादेशिक राजधानीसँगै… पुरा पढौ

सूचनाको हक लत्याउदै पकाहामैनपुर गाउँपालिका

पर्साको पकाहामैनपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चौधरी र सूचना अधिकारीले निवेदकले माग गरे बमोजिमको सूचना विवरण उपलब्ध गराउन सक्नु भएको छैन । पकाहामैनपुर गाउँपालिकामा सूचना हक प्रयोग गर्दै दर्ता गरेको निवेदन १७ दिन बितिसक्दा पनि आर्थिक प्रशासन शाखाले प्रमाणित विवरण उपलब्ध गराउन नसकेको हो । सार्वजनिक सूचना २०६४ को दफा ६ र ७ बमोजिम निवेदकको हकमा सूचना पाउने अधिकारलाई कुण्ठित पार्दै पकाहामैनपुर गाउँपालिकाले कार्यालयबाट भएको अनियमितता बाहिर आउने भएपछि लेखा र जिन्सी शाखाले समयभित्र सूचना उपलब्ध गराएको छैन… पुरा पढौ