समाचार

माघी पर्वका अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण व्यापकरुपमा फैलिइरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर सजग भई पर्व मनाउन आग्रह गरेका छन् । माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा आरोग्य, समृद्धि, सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । उनले भनेका छन्, ‘यस दिनलाई भिन्न समुदायले आआफ्नै तरिकाले मनाउने गर्नुभएको छ । थारु, मगर र छन्त्याल समुदायका लागि माघे संक्रान्ति अर्थात्… पुरा पढौ

प्रभावकारी बन्दै विद्युतीय हस्ताक्षर प्रणाली

नेपालमा पछिल्लो सयम विद्युतीय कागजातलाई संग्रहीत गर्ने एवम् ईमेलमा विद्युतीय हस्ताक्षरको प्रयोग प्रविधि प्रभावकारी बन्दै गएको छ ।वातावरणमैत्री, सुरक्षित तथा कम खर्चमा छिटोछरितो कार्य सम्पादन गर्न सकिने नविनतम प्रविधिले सरकारी, गैरसरकारी एवम्् निजी संस्था बिच पत्र आदानप्रदानको कानूनी मान्यता प्राप्त गरेसंगै विद्युतीय हस्ताक्षर प्रभावकारी बनेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रमाणीकरण नियन्त्रकको कार्यालय, सूचना प्रविधि विभाग, नेपाल उड्डयन प्राधिकरण, आन्तरिक राजश्व विभागमा यो प्राणली लागु गरिसकिएको छ । त्यस्तै निजामति किताबखाना, लोक सेवा आयोग, काठमाडौ महानगरपालिका, कर्मचारी संचयकोष लगायतका कार्यालयले… पुरा पढौ

भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङ लाई भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर

स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाई दिन्छु भनी घुस/रिसवत लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्याङ्जा, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले नागरिकता बनाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु.१,३५,०००।–घुस/रिसवतको रकम माग गरी लिएको पुष्टि हुन आई निज भिम बहादुर गुरङ र कुल बहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा बिगो रु.… पुरा पढौ

नेपाल बिद्युत प्राधिकरणका पहाडि घुस रकमसहित नियन्त्रणमा

नेपाल बिद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा सव-स्टेसन पाटन, ललितपुरमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडीले नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग रु. १,४०,०००।–घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सोम प्रसाद पहाडीलाई सेवाग्राहीबाट रु. १,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

सगरमाथा सिमेन्ट गुणस्तरहिन भएन कारबाही ।

त्रिबेणी ग्रुप र विशाल ग्रुपको लगानी रहेको घोराही सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको सिमेन्ट गुणस्तहिन भएको भन्दै ४ वर्ष अघिनै कारबाहीकालागि सरकारी निकायबाट पत्र पठाएको भएपनि हालसम्म सो उद्योगमाथी कुनै कारबाही हुन सकेको छैन । घोराहीको गोग्ली स्थित घोराही सिमेन्ट उद्योगको ओपिसि सिमेन्ट उत्पादन गुणस्तरहिन भएको भन्दै २०७५ जेठ ३१ घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित ‘सगरमाथा’ ब्राण्डको ओपिसि सिमेन्ट गुणस्तरहिन भएको गुणस्तर तथा नाप तौल विभागले पुष्टी गरेको थियो । सोही गुणस्तर परीक्षणपछि प्राप्त परीक्षण प्रतिवेदनका अनुसार बर्दिया जिल्ला प्रशासनले… पुरा पढौ

जनताको स्वास्थ्यप्रति सरकार प्रतिवद्ध छ-मन्त्री अधिकारी

इन्दिरा वस्नेत गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्य सम्वन्धि नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो सामुदायिक जोरियाट्रिक(जेष्ठनागरिक वार्ड) स्वास्थ्य सेवाको आज शुभारम्भ गर्दै उहाँले भौतिक पूर्वाधार तथा दक्ष जनशक्ति व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।कोभिड १९ को तेश्रो लहर ओमीक्रोनको संक्रमणबाट जोगिन उच्च मनोवलका साथ पूणर्रुपमा स्वास्थ्य मापदण्डको पालन गर्नु अपरिहार्य भएको बताउँदै मन्त्री अधिकारीले प्रदेश सरकारले नागरिकलाई… पुरा पढौ

बतास को पक्षमा ब्यबसायी

२०७८।०९।२८ प्रेस विज्ञप्तिपोखरा उद्योग वाणिज्य संघको सदस्य प्रतिष्ठान होटल आनन्दका संचालक श्री आनन्दराज बतास तथा बतास ब्रदर्ससँग जोडिएर पछिल्लो समय विभिन्न संचारमाध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।हाम्रो सदस्य प्रतिष्ठानले नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरु राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय हो । सरकारले टेण्डर आह्वान नगरेको भए,सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रलाई लगानीको आह्वान नगरेको भए बतास समूह न नारायणहिटी भित्रको रेष्टुराँमा… पुरा पढौ

मादी गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न ।

१. मादी गाउँपालिकाको क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गाउँपालिका मातहत रहने व्यवस्था मिलाउन तथा गाउँपालिका मातहत नआउँदासम्म अन्नपूर्ण संरक्षण क्षेत्रका नाममा संकलन भएको रोयल्टी र पर्यटन शुल्कको सत्तरी प्रतिशत अंश गाउँपालिकालाई प्राप्त हुने व्यवस्था मिलाउनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने२ गाउँसभाको अवशरमा मादीको लोकसंस्कृति नामक पुस्तक गाउँपालिका अध्यक्षद्वारा विमोचन ।३. गाउँपालिकाको नव निर्मित कार्यालय भवनको समुद्घाटन,४. मादी गाउँपालिकाको आफ्नै गान विमोचन, ५ मादी गाउँपालिकाको वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन… पुरा पढौ