समाचार

यातायात व्यवस्था कार्यालयबाट अनुमान भन्दा धेरै राजस्व सङ्कलन

मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो । सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार हजार ९८१ राजस्व सङ्कलन… पुरा पढौ

कञ्चनपुर भन्सारको लक्ष्य अनुसार राजस्व संकलन भएन

कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यभन्दा रु ६ करोड ५५ लाख कम राजस्व सङ्कलन गरेको छ ।  कार्यालयलले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य राखेपनि रु ४६ करोड २२ लाख सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा रु १६ करोड ३३ लाख सङ्कलन गर्ने लक्ष्य लिएकामा रु १८ करोड ६३ लाख सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख धु्रवराज विश्वकर्माले जानकारी दिनुभयो । यस्तै… पुरा पढौ

विभिन्न ठाउँबाट श्रोत नखुलेको रकम सहित पक्राउ

जनकपुर उपमहानगरपालिका-१२ कुवाँबाट स्रोत नखुलेको नगद २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँ सहित भारत घर भएका १९ वर्षीय अब्दुल समीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-२५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार समीलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको ६ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत घर भएका ५० वर्षीय बुद्दिराम… पुरा पढौ

बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।  कास्की पोखरा महानगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्दै आएकी निशा गुरूङलाई पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। उनका अनुसार गुरूङले पीडितलाई कुमारी बैंक लिमिटेडको चेक काटेर दिएकी थिइन्। वैशाख १३ गते उच्च अदालत पाटनले गुरूङलाई बैकिङ कसुर मुद्दामा पाँच दिन कैद र २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।  मंगलबार प्रहरीले गुरूङलाई टोखाबाट पक्राउ गरेको हो।  गुरूङलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश… पुरा पढौ

सूचना माग गर्दा नदिने त्रिविका परीक्षा नियन्त्रकलाई जरिवाना

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरेको हो। रौतहट मलोहिया-५ का राजीव दासले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो। दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्सक शास्त्रको… पुरा पढौ

सहकारीले रकम फिर्ता नदिएको भन्दै बचतकर्ताहरू आन्दोलित

धरानमा रहेको बराह बचत तथा ऋण  सहकारी संस्थाका पीडितहरूले आज धरान उपमहानगरपालिकामा घेराउ गरेका छन् । बराह ग्रुपद्वारा संचालित बराह बचत तथा ऋण सहकारी संस्थामा आफूहरूले दुःख गरेर जम्मा गरेको रकम बचत गरेर राखेको र पछिल्लो समय सहकारीले रकम फिर्ता नदिएको भन्दै बचतकर्ताहरू आन्दोलित भएका हुन् । उनीहरूले आफ्नो पैसा पाउनुपर्ने भन्दै पटक पटक बराह सहकारीमा माग गर्दा पैसा फिर्ता नदिएपछि बचतकर्ताहरू बराह पीडित सङ्घर्ष समिति बनाएर आन्दोलन नै गर्दै आइरहेका छन् । उनीहरूले यस भन्दा अघि धरान उपमहानगरपालिकाका मेयरलाई… पुरा पढौ

नियमबिपरित यातायात सुबिधा लिइएको भन्ने समाचारको खण्डन

बारपाक सुलिकोट गाँउपालिकाका अध्यक्ष र उपाअध्यक्षको यातायात सुविधा वापत देखिएको वेरुजु संबन्धि समाचार बाहिरीएपछि गाँउपालिकाले खण्डन गरेको छ। गाँउपालिकाले आज एक सूचना जारि उक्त समाचारमा आएका कुरा गलत भएको भन्दै हल्लाको पछि कोहि पनि नलाग्न आग्रह गरेको छ। त्यस्तै अध्यक्ष र उपाअध्यक्षको यातायात सुविधा वापत देखिएको वेरुजु दाखिला भईसकेको समेत सूचनामा उल्लेख छ भने वेरुजु दाखिला सम्बन्धि कार्यालयबाट सूचना जानकारी नलीई भ्रत्मक समाचार र सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै गाँउपालिकले ध्यानआकर्षण गरेको बताएको छ। महालेखा परिक्षकको कार्यालयमा २०७८/ १२। १४… पुरा पढौ

यातायात व्यवसायीको मागको सुनुवाई नभए बन्द हड्ताल गर्ने चेतावनी

सार्वजनिक यातायात केन्द्रीय महासंघले गण्डकी प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेको सार्वजनिक यातायात लगायत अन्य सवारी साधनको करको हेरफेर, जरिवाना लगायतका विषयमा भएको निर्णय तत्काल सच्याउन माग गरेको छ ।  यस विषयमा ध्यानाकर्षण गराउँदै महासंघको गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्का र अर्थमन्त्री रामजी बराल जीवनलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत सरोकारवाला निकायसंगको सर्वपक्षीय बैठक राखि वार्ता र संवादको माध्यमबाट तत्काल निर्णय सच्चाउन वा हल गरि सार्वजनिक यातायातलाई ब्यवस्थित र सहज बनाउन… पुरा पढौ

खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष, कार्यालय प्रमुख र प्रोपाइटरहरुसमेत ४ जनाउपर भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला पाल्पा, खेलकुद विकास समितिको अध्यक्षसमेतले आ.व. २०७३।०७४ र २०७४।०७५ मा फर्जी कागजात तयार गरी रकम भुक्तानी दिई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पाल्पा जिल्ला, स्थित रामपुर बहुउद्देश्यीय कभर्डहलको निर्माणमा पाल्पा जिल्ला, खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख तारा बहादुर थापा र समितिका तत्कालीन अध्यक्ष करूणा काफ्लेले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ मा उल्लेख भएको प्रावधानविपरीत Detailed Project Report (DPR) जस्तो गहन तथा सुक्ष्म अध्ययन हुनुपर्नेमा सो नगरी फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि.सँग… पुरा पढौ

कतै आमाको नामबाट वंशजको नागरिता दिदाँ दुरुपयोग पो हुन्छ कि भन्ने देवकोटाको आशंका

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरूपयोग हुनसक्ने बताएका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताए। यद्यपी सो व्यवस्थाको दुरूपयोग हुनसक्ने उनले आशंका व्यक्त गरे। लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उनले चिन्ता व्यक्त गरे। त्यस्तै आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र… पुरा पढौ