समाचार

काठमाडौँ उपत्यकामा नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ?

काठमाडौँ उपत्यकामा नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ? जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड-१९ को संक्रमण बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि १८ बुँदे आदेश जारी गरेको छ । प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्नेदेखि लिएर भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ। यसैगरी सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला नहुन, मेला महोत्सवहरु नगर्न समेत निर्देशन दिएको छ।… पुरा पढौ

‘अनुगमन तथा पुनरावेदन सुनवाइमा आयोग कडा रुपमा प्रस्तुत हुने’

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले अनुगमन तथा पुनरावेदन सुनवाइमा आयोग कडा रुपमा प्रस्तुत हुने बताउनु भएको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल र जागौं नेपाल राष्ट्रिय अभियानले राष्ट्रिय सूचना दिवसका अवसरमा भदौ ३ गते संयुक्त रुपमा आयोजना गरेको सूचनाको हक र सूचना आयोगको भूमिका विषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउँदै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ्गले यस्तो धारणा व्यक्त गर्नु भएको हो । राष्ट्रिय सूचना दिवसका अवसरमा सूचनाको… पुरा पढौ

उपभोक्ता समुहका अध्यक्ष राजेन्द्र थेबे उपर बिगो रु. १३,९७,७७७।४१ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

ईलाम जिल्ला, माईनगरपालिका वडा नं. ९ (साविक चिसापानी बोरङ वडा नं.- ९) स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेले अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकदार तथा स-मिलसँग समुहका गोलिया काठ दिन्छु भनी रकम लिएको, २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा किर्ते सही गरी रकम निकाली हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेले समुहको निर्णय किताव तथा चेकबुक लगायतका कागजातहरु आफूले राख्ने गरेको, वन… पुरा पढौ

१ अरवकाे भ्रस्टाचारमा नेत्र वहादुर भण्डारीसमेत १० जना तथा २ वटा कम्पनीउपर आरोप-पत्र दायर।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले Contract No 89/077/078  बाट खरिद गरेको डि.ए.पि. मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीहरु र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी रासायनिक मल (नियन्त्रण) आदेश,२०५५, एवं सार्वजनिक खरिद ऐन,२०६३ तथा नियमावली,२०६४ विपरित कृषि सामाग्री कम्पनी लिमिटेडले विना प्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था Nepal Environmental and Scientific Services (P) Ltd.लाई मलको… पुरा पढौ

मालपोतका ना.सु. शम्भु प्रसाद अधिकारीसमेत ६ जना लाइ सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ बर्षे हदबन्दी भएको जग्गा सुक्रीबिक्रीका लागि घुस/रिसवत लिई २५ बर्षलाई काटी १५ बर्ष बनाई किर्ते गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, गुलरिया बर्दियामा कार्यरत खरिदार राधेश्याम झा, तहरिर ना.सु. उदयशिंह रावल, ना.सु. शम्भु प्रसाद अधिकारी, जग्गाधनी चन्द्र बहादुर सुनार, जग्गा खरिद गर्ने टेक बहादुर सुनार र चन्द्र बहादुर सुनारकै जग्गा दृष्टिवन्धक पारित गरी लिने भक्त बहादुर थापाको मिलेमतोमा सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ बर्षे समयसिमा भएको जग्गा सुक्रि बिक्रीका… पुरा पढौ

वन निर्देशक हेम राज बिष्ट उपर करिव ७ कराेड गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर।

सुदुरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय, धनगढी, कैलालीका निमित्त वन निर्देशक हेम राज बिष्टले बैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समुहमा उपभोक्ता समुहका साधारण सदस्यहरु र पदाधिकारीहरुले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समुहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रही अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारमा संलग्न रहेको भनी सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन ब्यवस्थापन अध्ययन उपसमितिले दोषी माथी छानविन गरी कडा कानुनी कारवाही… पुरा पढौ

भोजनका लागी भजन सन्ध्या ,भजनमा रमाउदै मानबसेवा आश्रमलाई २० जनाको सहयोग

सबैका लागि खाना,नाना र छाना भन्ने चाहना सहित क्रियाशिल मानबसेवा आश्रम,बागलुङले शुक्रबार बागलुङ बजारमा भोजनका लागि भजन सन्ध्या कार्यक्रम संचालन गरेको छ।भजन गायक दिनेश बलम्पाकी मगर नेतृत्वको राष्ट्रिय परोपकार भजन संङ्कृतन समुहका कलाकारहरुले बिभिन्न लय तथा भाकामा संगितमय भजन प्रस्तुत गर्नु भएको थियो।सो अवसरमा टेक बहादुर क्षेत्री संगम तथा गुमा शर्माको समुहले स्थानिय भजन प्रस्तुतीकरण गर्नु भएको थियो।भजनमा नांच्दै तथा रमाउदै बिभिन्न महानुभावहरुले मानबसेवा आश्रमलाई सहयोग गर्नु भएको थियो। सडक आश्रित मानवहरुको उध्दार,असहायको भोजनका लागि भजन सन्ध्यामा २० जनाले सहयोग… पुरा पढौ

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी नारा उपलब्ध गराइदिने सम्बन्धी सूचना

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी नारा उपलब्ध गराइदिने सम्बन्धी सूचना  (प्रकाशित मिति 2078/09/13)  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं स्थापना दिवस (२०७८ माघ २८) को उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी नारा (Slogan) संकलन गरी उत्कृष्ट नाराहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी https://bit.ly/CIAASLOGAN78 मार्फत वा इमेल ठेगाना [email protected] मा मिति 2078 पौष 30 गते बेलुका ४:०० बजे सम्ममा उपलब्ध गराई दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। उत्कृष्ट नारा पठाउने १० (दश) जना व्यक्तिहरुलाई पुरस्कार स्वरुप… पुरा पढौ

नारा लेखन प्रतियोगिता, २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं स्थापना दिवस (२०७८ माघ २८) को उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी नारा (Slogan) संकलन गरी उत्कृष्ट नाराहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी यसै फारम मार्फत मिति २०७८ पौष ३० गते बेलुका ४:०० बजे सम्ममा उपलब्ध गराई दिनुहुन अनुरोध छ। उत्कृष्ट नारा पठाउने १० (दश) जना व्यक्तिहरुलाई पुरस्कार स्वरुप प्रति व्यक्ति नगद रु. २००० (दुई हजार रुपैयाँ मात्र) बैंक खातामा उपलब्ध गराईनेछ। पुरस्कृत नाराहरु आयोगले विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरुमा… पुरा पढौ

मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाइ भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर।

मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग रु. ५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मुकुन्द पौडेललाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत तथा भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) बिरेन्द्र बहादुर कठायतले अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ५,००,०००।– घुस/रिसवत माग गरी… पुरा पढौ