समाचार

सूचना दिन बानी पर्दै ‘सूचना अधिकारीहरू’

उषा तामाङ दोलखाका विश्वनीति प्रकाशमान सिंह पाख्रिन ६ वर्ष अघि सडक डिभिजन कार्यालय चरिकोटलाई ९ हजार ६ सय ४३ पन्नाको सूचना पाउनका लागि ४८ हजार २ सय १५ रुपैयाँ बुझाउनुभयो । सूचनाको हकसम्बन्धी ऐनले नै कागजको १० प्रतिसम्म निःशुल्क र त्यसभन्दा बढी भएमा प्रति पन्ना ५ रुपैयाँको दरले सूचना मागकर्ताले दस्तुर तिर्नुपर्ने व्यवस्था गरेको छ । ‘सोझो सिधा नागरिकले सूचना पाउन गाह्रो छ ।’ उहाँले कार्यालयसँग मासिक र वार्षिक खर्च फाँटबारीको प्रतिलिपिसहित विभिन्न किसिका सूचना माग गर्नुभएको थियो । ‘सूचना माग्दा… पुरा पढौ

‘पारदर्शिता र खुल्लापनका लागि सूचनाको हक अपरिहार्य’

टेकराज भण्डारी सुशासन, पारदर्शिता र खुल्लापनका लागि सूचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बताउनुभएको छ । अछामको मंगलसैनमा भएको सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सुसूचित समाज निर्माणका लागि सूचना लिने र दिने कार्यले सुशासन, पारदर्शीता र खुल्लापनको प्रत्याभूति हुने बताउनुभयो । राष्ट्रपति कार्यालयदेखि सबै स्थानीय कार्यालय तथा सार्वजनिक निकायमा सबै सर्वसाधारण नागरिकले सूचना माग्न पाउने अधिकार भएकाले दूर दराजका आम सर्वसाधारण नागरिकका लागि आफ्ना आफ्ना आधारभूत आवश्यकता जान्न चाहेको खण्डमा उनीहरूलाई सहज रुपमा सूचना… पुरा पढौ

लगत संकलन अघि बढाउन स्थानीय तहलाई आग्रह

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई स्थानीय तहमा आवेदन दिन आग्रह गरेको छ । आयोगले तोकेको ढाँचामा आवेदन दिन सम्वद्ध पक्षलाई आग्रह गरेको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार स्थानीय तहका वडामा तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत् आवेदन दिन अनुरोध गरिएको हो । उनका अनुसार ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक गाउँपालिका, पक्ताङलुड गाउँपालिका, मौवाखोला गाउँपालिका, उदयपुरको रौतामाई गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, काठमाडौँको दक्षिणकाली र कागेश्वरी नगरपालिका, हुम्लाको अदानचुली, सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिका र बैतडीको दोगडा केदार… पुरा पढौ

हामीलाई कस्तो खुसी चाहिन्छ?

मानिसले सबैभन्दा बढी चाहेको कुरा के हो भनेर सोधेमा प्राय: सबैको उत्तर आउँछ, खुसी। मानिसले धेरै अघिदेखि खोजेको र अझै पनि पूर्ण रूपमा पाउन नसकेको चिज खुसी नै हो। खुसीको बारेमा मानिसले धेरै सोचे, विचारे तर अझै पनि मानिस निर्क्यौलमा पुगेका छैनन् आखिर यो खुसी भनेको हो के? खुसी सम्बन्धमा ग्रीसेली दार्शनिक अरस्तुले सर्वप्रथम दर्शन नै स्थापित गरिदिएका छन्। उनका अनुसार खुसी भनेको असल मानिस हुनु हो। मानिस कसैको दासत्वमा नपरीकन स्वाभिमानपूर्वक बाँच्‍न पाउनुलाई उनी खुसी मान्दथे। त्यसैले, खुसी एउटा… पुरा पढौ

हाम्रो समाज कता जाँदैछ?

हाम्रो समाजमा नयाँनयाँ विकृति देखिन थालेका छन्। यस्ता विकृतिले जरा गाड्दै गएका छन्। त्यसैले समाज विविध समस्याले जकडिएको छ। समाज कुनै बेला अभावमा थियो। यहाँ त्यही अभाव पूरा गर्ने निहुँमा विकृति फैलँदै गएको हो। यसलाई बेलैमा रोक्न आवश्यक छ। सामाजिक विकृति रोक्न हामी आफैँ सजग हुनुपर्छ। नेताले मात्र यहाँ केही गर्न सक्दैनन्। समाज जस्तो छ नेता पनि त्यस्तै आउने हुन्। जोसँग पैसा हुन्छ ऊ नै ठूलो मानिस भन्ने चलन छ। त्यस्ता व्यक्तिको अथाह पैसा कहाँबाट कसरी आयो खोजीमा कोही हुँदैन।… पुरा पढौ

सदाचारबाट आदर्श समाज

हामी पूर्वीय दर्शनमा धेरै विश्वास गर्छौँ । ‘नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ’ पूर्वीय दर्शनको मूल मान्यता हो । यस्ता नीति, दर्शनहरु हिजोआज व्यवहारमा देखिन छोडेको छ । मानिसमा हुनुपर्ने प्रमुख गुण भनौँ सम्पति भनेकै नैतिकता, सदाचार र इमान्दारिता नै हो । यसैबाट सामाजिक, आर्थिक, राजनैतिक जीवन शुद्ध हुन्छ र यस्तै समाजले देशको समग्र चरित्र चित्रण हुने गर्छ । हाम्रो मुलुकले सदाचार, नैतिकता, इमान्दारिता र सुशासनको नारा लिएको वर्षौँ भइसक्यो । तर सदाचारको उल्टो भ्रष्टाचार घट्नुको सट्टा बढेको… पुरा पढौ

अवैध औषधि तथा मदिरासहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगञ्जको छपकैयाबाट रु एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकी राखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । हुसैनलाई आवश्यक कारबाहीका लागि राजस्श्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।  पुरा पढौ

सुशासन,पारदर्शीताका लागि सुचनाको हक अपरिहार्य छ :प्रमुख सुचना आयुक्त गुरुङ्ग

निराजन भण्डारी सुशासन,पारदर्शीता र खुल्लापनका लागी सुचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सुचना आयेगका प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङ्गले बताएका छन ।मंगलसैनमा सम्पन्न भएको सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सुसूचित समाज निर्माणका लागी सुचना लिने र दिने कार्यले सुशासन,पारदर्शीता र खुल्लापनको प्रत्याभूत हुने बताएका हुन । cof राष्ट्रपति कार्यालय देखि सबै स्थानीय कार्यालय तथा सार्वजानिक निकायमा सबै सर्वसाधारण नागरिकले सुचना माग्न पाउने अधिकार भएकाले दुरदराजका आम सर्वसाधारण नागरिकका लागी आफ्ना आफ्ना आधारभूत आवश्यकता जान्न चाहेको खण्डमा उनिहरुलाई सहज रुपमा… पुरा पढौ