समाचार

महोत्सवमय बन्यो गण्डकी प्रदेश 

 ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित फेवा किनारमा आजदेखि सडक महोत्सव सुरु हुँदैछ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको २५औँ संस्करणको उक्त महोत्सव पाँच दिनसम्म चल्नेछ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा… पुरा पढौ

आर्यघाटमा विद्युतीय शवदाह गृहको संख्या बढाउन निर्देशन

पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहको संख्या बढाउन सरकारलाई संसदीय समितिले निर्देश गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव, पशुपति क्षेव बिकास कोषका सदस्य सचिव र कोषाध्यक्षसँग छलफल गरेपछि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देश गरेको हो । ‘पशुपति आर्यघाटमा शवको चापको आधारमा विद्युतीय शवदाह गृहको संख्यामा बढोत्तरी गर्न आवश्यक व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने’ बिहबार बसेको समिति बैठकको निर्णय छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रको उपयुक्त समयमा… पुरा पढौ

विद्युत बक्यौताबारे कुलमान : सबै अधिकार मेरो हातमा छैन

नेपाल विद्युत प्राधिकरणले विभिन्न ६१ वटा उद्योगको बक्यौता विवरण सार्वजनिक गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार कार्यक्रम आयोजना गरी उक्त विवरण सार्वजनिक गरेका हुन्। घिसिङले विगतको बक्यौतालाई तीन समय खण्डमा विभाजन गरेका छन्। २०७२ साउनदेखि पुससम्मको ९७ करोड। त्यतिबेला विद्युत प्राधिकरणले डेडिकेटेडको महसुल तोकेपनि महसुल निर्धारण आयोग, हालको नियमन आयोगबाट स्वीकृत भएको थिएन। यस सम्बन्धमा सर्वोत्तम सिमेन्टले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यो अवधिको अतिरिक्त शुल्क नलिन आदेश गरेको थियो। २०७२ माघदेखि २०७५ वैशाख मसान्तसम्म… पुरा पढौ

रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका नयाँ तीन भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?

रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् । बुधबार रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्लाद्वारा तीन नयाँ मोटरसाइकल सार्वजनिक गरिको हो । सर्वाजनिक गरिएका तिन नयाँ मिटिओर फयरवल, मिटिओर स्टेलर र मिटिओर सुुपरनोभा सार्वजनिक गरिएका हुन् । मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर-ओयल कुल्ड रहेको छ । इन्जिनले अधिकतम ६ हजार १००… पुरा पढौ

टेरामक्स प्रणाली खरिदको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

 प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ । लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायत निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ । साथै प्रणाली खरिदमा हालसम्म भएका कामको सूक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । हरेक… पुरा पढौ

झलनाथको प्रस्ताव : कम्युनिष्टलाई धुलोपिठो बनाउने योजना हुँदैछ, वाम एकताको पहल गरौं

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकताको पहल नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका छन् । आजबाट सुरु भएको सातौं केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री खनालले पश्चिमा शक्तिले नेपालका कम्युनिष्टहरुलाई सिध्याउने योजना बुनिरहेको बताए । ‘साम्राज्यवादी शक्ति नेपालको कम्युनिष्ट सिध्याउन लागेका छन् । वामपन्थीहरुलाई मिल्न नदिने र आउने चुनावमै ढिलोपिठो बनाउने योजना हुँदैछ’ खनालले भनेका छन् । पश्चिमा शक्ति कम्युनिष्ट सिध्याउन लागेकाले एकीकृत समाजवादीले वाम एकताको पहल गर्नुपर्ने प्रस्ताव खनालले बैठकमा राखेका छन् । ‘नयाँ खालको पहलकदमी चाहिएको… पुरा पढौ

गठबन्धन झनै बलियो भएको छ, पाँचै वर्ष जान्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन झनै बलियो भएको बताएका छन् । गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने पनि बताए । ‘मंसिरको पहिलो साता आकाशै खस्ला जस्तो प्रचार गरिएको थियो । तर सबै अतिवाद बिफल भएको छ, पाँचै वर्ष गठबन्धन जान्छ’ उनले भने, ‘जति षडयन्त्र बलियो हुन्छ, गठबन्धन झनै बलियो भएको छ ।’ गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्वन्द्व सिर्जना गरियो ।… पुरा पढौ

एनसिएचएलको १५औं वार्षिकोत्सव सम्पन्न

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले १५औं वार्षिकोत्सव मनाएको छ। पुस ८ गते काठमाडौंको होटल अलफ्टमा औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीले वार्षिकोत्सव मनाएको हो। नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ पुस ८ मा एनसिएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरू स्थापना गर्न सञ्चालनमा आएको थियो। एनसिएचएल पब्लिक फाइभट पार्टनरसिप मोडेलको अवधारणमा नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरू तथा एससिटिको ९ करोड रूपैयाँभन्दा कमको पुँजीबाट सुरू भएको कम्पनीले बताएको छ। वार्षिकोत्सव कार्यक्रममा एनसिएचएलले १० वर्षभन्दा बढी समयदेखि… पुरा पढौ

देश-विदेशका शक्तिहरूले संविधानविरूद्ध षड्यन्त्रका तानाबाना बुनिरहेका छन्ः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेको बताएका छन्। बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले व्यवस्थाविरूद्ध प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको बताएका हुन्। ‘संविधानमाथि आक्रमण हुन थाल्यो। हामी फेरि गम्भीर बन्नुपर्छ। अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन्। देशविदेशका शक्तिहरूले नेपालभित्र षड्यन्त्रका तानाबाना बुनिरहेका छन्।आज बिहान मात्रै समाजवादी मोर्चाको बैठक बसेको थियो, त्यो बैठक समाजवादी मोर्चाको संयोजक भएको नाताले हामीले बोलाएका थियौं। त्यहाँ गम्भीर छलफल चलिरहेको छ,’ उनले भने।  उनले मोर्चाको बैठक समाप्त नभइसकेको र त्यसमा… पुरा पढौ

नारायणीमा भेटियो डल्फिन

नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो । गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो । गोलाघाटबाट र्या।फ्टिङमा दुई घण्टा दूरी पार गरेपछि देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उनको भनाइ छ ।… पुरा पढौ