समाचार

सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार: प्रमुख आयुक्त गुरुङ

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सारथीले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक र सार्वजनिक निकायको भूमिका’ विषयक कार्यशालामा उहाँले संविधानले नागरिकलाई शक्तिशाली बनाएको बताउनुभयो । देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जबाफदेहिता, इमानदारिता हुँदै भ्रष्टाचार नियन्त्रण गर्ने र सूचना व्यवस्थितरुपमा सार्वजनिक गर्दै जानुपर्ने बताउनुभयो । विश्वमा एक सय ३५ राष्ट्रमा सूचनाको हकसम्बन्धी कानुन रहेको चर्चा गर्दै प्रमुख आयुक्त गुरुङले यो मानव… पुरा पढौ

एनआइसी बैंकको मनपरिमा राष्ट्र बैंक मौन

नेपाल राष्ट्र बैंकको विद्यमान ऐनलाई खुलेआम लत्याउदै आफ्नै ऐन नियम लागू गर्दै आएको एनआईसी एसिया बैंकको लुटधन्दा नियन्त्रणभन्दा बाहिर गएको छ । बैंक वित्तिय क्षेत्रको नियमनकारी मुख्य संस्था राष्ट्र बैंककै ऐन कानुनलाई सो एनआईसी बैंकले लत्याउदै जवरजस्ती घरजग्गा हड्प्दै जान थालेपछि बैंकका विरुद्धमा ऋणीहरु एकजुट समेत हुन थालेका छन् । सुरुमा भ्रामक प्रचार गर्ने र बैंक साथी हो भन्नै ऋण दिने गरेको छ, ऋण लिएको एक महिनाबाटै विभिन्न थप शिर्षकहरु देखाउदै ऋणीलाई व्याजदर बढाउदै जाने गरेको दुःखेशो पीडितहरुले गरेका छन्… पुरा पढौ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेल उपर रु. १,५०,०००।– बिगो कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर l

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, ववरमहल, काठमाण्डौका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्रको लागि रु. १,५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज योगेन्द्र ढुङ्गेललाई सेवाग्राहीबाट रु. १,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्र दिने प्रयोजनको लागि घुस/रिसवत रु.१५०,०००।– माग गरी लिएको पुष्टि भएको हुँदा… पुरा पढौ

उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा घुस रकमसहित नियन्त्रणमा l

 मिति २०८०।०१।१४ गते ।----------------------------------------------------उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी (करार) दिपा थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापालाई सेवाग्राहीबाट रु.१२,०००।- (बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.३७,५३५।– (सैतीस हजार पाँच सय पैतीस रुपैयाँ) सहित शाखा अधिकृतको कार्यकक्षबाट… पुरा पढौ

ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका–७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग… पुरा पढौ

बागलुङका कार्यालय बिदाको दिन पनि खुल्ने

जिल्ला प्रशासन कार्यालय, बागलुङले नियमित सेवा प्रवाह गर्ने भएको छ । प्रशासनसहित सदरमुकामका अन्य एक दर्जनबढी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने विशेष व्यवस्था मिलाएको बताइएको छ ।  शनिबारबाहेक विभिन्न चाडबाड तथा दिवसको समयमा दिइने सार्वजनिक बिदामा सेवाग्राहीले कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा पाउने छन् । यो वर्ष १६ दिन सार्वजनिक बिदा परेको छ । यी बिदाका दिन कार्यालय खुल्ने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।  वैशाख २२ गते उभौली वर्ष, जेठ १५ गते गणतन्त्र दिवस,… पुरा पढौ

विपन्न, असहाय र बेवारिसे बिरामीको सित्तैं उपचार गर्न अस्पतालहरुलाई निर्देशन

सरकारले बिरामीको उपचारमा आरक्षण कोटा कार्यान्वयन गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले उपचारको निम्ति अस्पताललगायत स्वास्थ्य संस्थामा पुग्ने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत कोटा छुट्याउन र उनीहरुलाई निःशुल्क उपचार गराउन पुनः निर्देशन दिएको बताइएको छ ।  उक्त निर्देशन सबै सरकारी, निजी र सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजमा लागु हुनेछ । स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा पुग्ने विपन्न, असहाय, वेवारिसे बिरामीको निम्ति कुल शैयाको १०… पुरा पढौ

नौ हजार पाच सय नब्बे जनालाई भ्रस्टाचार सम्बन्धि मुद्धा चल्न सक्ने

राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष 2078/079 को सम्पत्ति विवरण सम्बन्धी प्रतिवेदन मिति 20८०/01/11 गते एक कार्यक्रमका बीच केन्द्रका सचिव श्री रविन्द्रनाथ श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश गर्नुभयो। सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन,2059 को दफा 50(1) बमोजिम सार्वजनिक पद धारण गरेको मितिले साठी दिन भित्र र त्यस पछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिन भित्र कानुन वमोजिम आफ्नो सम्पतिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको र तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेश… पुरा पढौ

लुटेरासंग चीनको सम्झौता आजिबन पेन्सन

तपाईंले डरलाग्दो समुद्री डाँकुको बारे कतै पढ्नुभएको हुनुपर्छ वा सायद त्यसमा आधारित फिल्म पनि हेर्नुभएको छ । यी चलचित्रहरूमा अधिकांश समुद्री डाँकुहरू पुरुष हुन्छन् । तर समुद्री डाकूहरू अर्थात् पाइरेट्सको इतिहासमा जो सबैभन्दा खतरनाक डाकूँ थिइन् ती एक महिला थिइन् । चिङ सी नामकी ती चिनियाँ महिला लुटेरालाई अझै पनि ‘समुद्रकी मल्लिका’ भनिन्छ । पोर्चुगलदेखि बेलायतसम्मका व्यापारी उनीसँग थर्थर काँप्थे । उनी यति शक्तिशाली थिइन् कि उनको गिरोहमा १२ सयभन्दा बढी जहाज र ७२ हजारभन्दा बढी लुटेर थिए । उनी… पुरा पढौ

जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना अधिकारि तोक्न परिपत्र गर्यो

देश भर नागरिकको मौलिक हक सूचनाको हक नागरिकले पाएकै छैनन् कानुन बनेको लामो समयसम्म सूचना दिन त परै जावोस सूचना अधिकारि तोक तोक भनेर राज्यका जिम्मेवार निकाए हरु परिपत्र गर्न बाध्य छन् सूचना अभियन्ताहरुको पहलमा कास्की जिल्ला प्रशासन कार्यालयले परिपत्र गरेको छ सूचना अधिकारि तोक्नको लागि पुरा पढौ