समाचार

जसपाका उपमेयरद्वारा महिलालाई जबर्जस्ती करणी

सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको छ। महतो गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए। उनले जागिर लगाइदिने बहानामा करिब एक महिनाअघि बिहान ८ बजे कार्यालयमा बोलाएर २१ वर्षीया सोही नगरपालिकाकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको हो। ती महिलाले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएको प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताए। उपमेयर महतोले कार्यकक्षको गोप्य कक्षभित्र लगेर जबर्जस्ती करणीको प्रयास गरेको… पुरा पढौ

फर्जी कागजातका आधारमा अनियमितता गरेका ठेकेदारले गरे ५ करोड फिर्ता

सर्वोच्च अदालतको नयाँ भवन बनाउने ठेकेदारले ५ करोड ५ लाख रुपैयाँ फिर्ता गरेका छन् । फर्जी कागजातका आधारमा अनियमितता गरेको विवरण बाहिरिएपछि भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले रकम फिर्ता गरेको सर्वोच्च अदालत स्रोतले बतायो । ‘उनीहरुले ज्यामीले जग खन्ने भनेर दररेट तयार गरी उपकरणबाट जग खनेका थिए, त्यसबारेमा प्रश्न उठेपछि रकम फिर्ता गरेका छन्’, सर्वोच्च अदालत स्रोतले भन्यो, ‘भक्तपुर जिल्ला अदालतका ठेकेदारबाट पनि त्यसैगरी रकम फिर्ता भएको छ ।’ सर्वोच्चको भवन निर्माणको ठेक्का कालिका– समानान्तर जेभीले पाएको छ ।… पुरा पढौ

आयो चुनाव,प्रहरीमा लुट्नलाई झनै छुट ?

नेपाल प्रहरीभित्र संगठनको मूल मन्त्र ‘सत्य,सेवा सुरक्षणम्’ को ठीक उल्टो कार्य हुन थालेपछि फेरि उक्त सुरक्षा निकाय विवादको घेरामा तानिएको छ । उच्च अधिकारीहरुको पदसँगै कुकृत्य पनि उच्च हुँदै गएकाले अहिले प्रहरी संगठनभित्रको सरुवा र बढुवामा धेरैले भर गर्न छाडेका छन् । त्यसको उदाहरण बनेका छन् लुम्बिनी प्रदेश कार्यालयका प्रमुख डिआइजी नलप्रसाद उपाध्याय । एआइजी विश्व पोखरेलले राजीनामा दिएपछि बढुवाको मुखमा पुगेका तीन जना डिआइजीमध्ये वरिष्ठताको आधारमा सबैभन्दा अगाडि उनै उपाध्याय देखिएका छन् । तर,केही वर्षदेखि सम्पादित गलत कार्यको फेहरिस्तले… पुरा पढौ

धरौटी नलिइ १३ अर्ब घोटाला: न्यायाधीशदेखि कर्मचारीसम्मको भागाभाग

महालेखाले १२ अर्ब ६० करोड बेरुजु निकालेपछि संसदको समितिदेखि अर्थ मन्त्रालय र सर्वोच्च अदालतसम्म हल्लिखल्ली मच्चिएको छ । खोइ १३ अर्ब ? यो प्रश्नसहित संसदको लेखा समितिले विवरण झिकाउने र स्पष्टिकरण सोध्ने काम गरिरहेको छ । यसकारण न्यायाधीशदेखि कर्मचारीसम्मको भागाभाग छ । यसरी यति ठूलो रकम गायव भएको ठाउँ हो, अनामनगरस्थित राजश्व न्यायाधीकरण । भन्सार अधिकृतहरूले गरेको करको निर्णय चित्त नबुझे पुनरावेदन लाग्ने ठाउँ हो यो । छूट भएको वा विवाद उठेको, करदाताले ‘तिर्नुपर्दैन’ भनेको राजश्वको ५० प्रतिशत धरौटी राखेर… पुरा पढौ

करिब ११ हजार बिदेशी धर्म परिबर्तन को लागि नेपालमै

घुम्नको लागि नेपाल आउने ठूलो संख्यामा पर्यटक नेपालबाट नफर्कने गरेको पाइएको छ । यसरि नफर्कने हरु धर्म परिबर्तन कार्यमा संलग्न रहेको हुन् सक्ने अनुमान गरिएको छ l महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा नेपाल घुम्न आएका ठूलो संख्यामा पर्यटक समयमै नफर्कने गरेको औंल्याएको हो । महालेखाका अनुसार सन् २०१८ देखि २०२१ सम्मको अवधिमा नेपाल प्रवेश गरेकामध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ । उनीहरु भीसा अवधि सकिएपछि पनि स्वदेश फर्केको रेकर्ड अध्यागमन विभागमा भेटिदैन ।… पुरा पढौ

सूचना आयोगको बेरुजु शुन्य

राष्ट्रिय सूचना आयोगले ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्यौट गरेको छ । आयोगका अनुसार एक हजार ८१ वटा पुनरावेदन परेकोमा एक हजार ७७ वटा पुनरावेदन फर्छ्यौट गरेको बताएको हो । आयोगमा महिला तर्फबाट ८३९ वटा र पुरुष तर्फबाट २४२ वटा छन् । आयोगले आदेश दिँदा समेत सूचना उपलब्ध नगराएकाले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम चार वटा सार्वजनिक निकायका पदाधिकारीहरुलाई  कारबाही गरेको आयोगका आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिनुभयो । सूचना उपलब्ध नगराउनुभएका पद्यकन्या बहुमुखी क्याम्पसका कार्यालय प्रमुख डा. धनप्रसाद पण्डित र… पुरा पढौ

गण्डकी सरकार अनुदान दिन्छ, फर्केर हेर्दैन

गण्डकी प्रदेश सरकारले मनाङ, मुस्ताङ र उत्तरी गोरखालाई स्याउ सुपरजोन बनाउने गरी बर्सेनि करोडौं लगानी गर्दै आएको छ । किसानलाई स्याउको बिरुवामा अनुदान दिएर हजारौं बोट स्याउ विदेशबाट ल्याएर वितरण गर्ने गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा २६ हजार ३ सय ७८ बोट स्याउ इटालीबाट ल्याएर मुस्ताङमा वितरण गरियो । २ करोडभन्दा बढी मुल्यको बिरुवा वितरण गरिएको हो । तर प्रदेशले दिएको अनुदानबाट स्याउ कति रोपिएको छ, उत्पादन भए नभएको जाँच भने गरिएको छैन । महालेखा परीक्षकको प्रतिवेदनले अनुदान… पुरा पढौ