समाचार

पौडी खेल्ने क्रममा दुई जना बेपत्ता

रामेछापमा पौडी खेल्ने क्रममा चारमध्ये दुई जना बेपत्ता भएका छन् । रामेछाप नगरपालिका ५ का १६ वर्षीय रितिक सुनुवार र अन्दाजी १५ वर्षीय सुवेन्द्र सुनुवार पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । घरबाट झण्डै ३ किलोमीटर टाढाको गाईटार भन्ने स्थानमा सुनकोशी नदीमा पौडी खेल्न चार जना सँगै गएका थिए । तीमध्ये दुई जना घर फर्केका छन् भने दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  प्रहरीका अनुसार बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । पुरा पढौ

सार्वजनिक यातायातको भाडा घट्यो

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएलगतै सार्वजनिक यातायातको भाडा घटेको हो । विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ ।घटेको भाडादर आजदेखि नै लागु हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडा… पुरा पढौ

बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला

सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिना पछि  एउटा शव फेला परेको हो । आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन… पुरा पढौ

गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन

दोलखा, गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ। उनको हृदयघातका कारण आइतबार दिउँसो १ः३० बजे उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए। ‘उहाँलाई हिजो साँझदेखि असहज भएको थियो। दोलखाको अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ल्याइएको थियो। चिकित्सकले हृदयघात भएको भनेपछि आज अप्रेसन गरिएको थियो। तर, अप्रेसन सफल हुन सकेन,’ उनले भने। नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्ष जितेका तामाङ पार्टीको त्यही पालिकाको सभापति थिए। उनी २०७४ सालमा गौरीशंकर गाउँपालिका–६ को वडा सदस्य निर्वाचित भएका… पुरा पढौ

सात जना जुवाडे रंगेहात पक्राउ

धादिङमा सात जना जुवाडे रंगेहात समातिएका छन् । निलकण्ठ नगरपालिका वडा नं. ३ बसपार्कका डङकबहादुर ढकालको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।  विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले गए राति उनीहरुलाई पक्रेको बताइएको छ ।  प्रहरीले उनीहरुको साथबाट ५८ हजार ६ सय ७० रुपैयाँ नगद र ३ तासबुक बरामद गरेको छ । पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान भइरहेको छ । पुरा पढौ

नेपाल टेलिकमको नयाँ अफर

नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । टेलिकमले आजदेखि लागू हुनेगरी ‘समर अफर’ ल्याएको जानकारी दिएको छ ।  यसमा सेवाग्राहीको रुची र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको बताइन्छ । एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजलाई पनि थप आकर्षक बनाइएको छ । अफरअन्तर्गत पाँच सय रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी अलटाइम डाटा प्याक अब २० जिबी उपलब्ध हुनेछ । आठ सय रुपैयाँमा २५ जिबी उपलब्ध भइरहेकोमा भने अब ३५ जिबी डाटा प्याक उपलब्ध… पुरा पढौ

३५ वर्षीय युवाको धारिलो हतियारले घाँटी रेटेर हत्या

रौतहटमा घाँटी रेटिएको अवस्थामा एउटा शव फेला परेको छ । देवाही गोनाही नगरपालिका–६, कर्कच कर्मैयामा विभत्स तरिकाले हत्या गरेको अवस्थामा पुरुषको शव फेला परेको हो । स्थानीय ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । प्रहरीका अनुसार साहको घरमै हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्नको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ । पुरा पढौ

२० वर्षीय युवा २० लाखसहित पक्राउ

नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित पक्राउ परेका हुन् । कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम बरामद गरिएको हो। मोटरसाइकल चालक भारततर्फ भागेका थिए। रकमसहित… पुरा पढौ

बर्दीमा भिडियो बनाउने प्रहरी कारबाहीमा

बर्दी लगाएर टिकटक भिडियो बनाउने २०८ जना  प्रहरी कारबाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर  भिडियो बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो। २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए। उनका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना  र २०७९/८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको हो। ‘पहिलोपटक चेतावनी दिन्छौँ। दोहोरिएमा एक दिनको तलब कटौटी गर्नेदेखि वढुवा रोक्कासम्म हुन्छ,ʼ डिआइजी कडायतले… पुरा पढौ

भक्तपुरको जंगलमा मृत महिला फेला

भक्तपुरमा १५ दिनदेखि हराएकी महिला मृत भेटिएकी छन्। सुर्यविनायक नगरपालिका-७ गुन्डुबस्ने ३८ वर्षीया माया नगरकोटी बिहीबार साँझ मृत भेटिएकी हुन्। असार १३ गतेदेखि हराइरहेकी महिला गुन्डुकै जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त पाठकले जानकारी दिए। ‘शव काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको छ, बाहिरी चोटपटक देखिएको छैन,ʼ डिएसपी पाठकले भने। उनलाई प्रहरीले १६ गतेदेखि खोजीरहेको थियो। तर भेटिएकी थिइनन्। उनका श्रीमान् रामकुमार नगरकोटीको आग्रहमा बिहिबार पुन जंगलको बाहिरी भागमा खोज्दा माया मृत भेटिएको डिएसपी पाठकले जानकारी दिए।  पुरा पढौ