समाचार

सहकारीका तीन पदाधिकारी विरुद्ध अख्तियार र शुद्धिकरण विभागमा उजुरी

राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालकहरु विरुद्ध विभिन्न निकायहरुमा उजुरी परेको छ । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यविरुद्ध एकैचोटि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मुद्दा दर्ता भएको हो । गत चैत ८ गते दर्ता भएको मुद्दामा उनीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग राखिएको छ । सिन्सियरका तीन हर्ताकर्ताले घुस खाएर अंकुत सम्पत्ति जोडेको र उनीहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै अख्तियारमा सी–०४८८०९ नम्बरमा र सम्पत्ति शुद्धिकरणमा ४४५५… पुरा पढौ

सुराकी खर्चका नाममा गृह मन्त्री र गृह सचिवलाई २४ करोड, न बिल न भर्पाई

सूत्र/सुराकी परिचालनका नाममा गृहमन्त्री र गृह मन्त्रालयका सचिवले ३२ वर्षदेखि सरकारी ढुकुटीबाट बेहिसाब लाखौं नगद बुझिरहेका छन् । दुवै अधिकारीले नगदै बुझ्ने गरेको खर्चको फाँटवारी गृह मन्त्रालयसँग रहँदैन । सार्वजनिक खर्चको लेखा परीक्षण गर्ने सर्वोच्च निकाय महालेखा परीक्षकको कार्यालयलाई पनि यसको हिसाब दिइएको छैन । स्रोतका अनुसार हरेक साता र कहिलेकाहीं १५ दिनमा एक पटक ‘यति रकम बुझिलिएँ’ भनेर मन्त्री र सचिवले लेखेर बुझाएको कागजबाहेक अरू विवरण गृहसँग छैन । महालेखाले लेखा परीक्षणका लागि मन्त्रालयसँग दैनिक खर्च फाँटवारी माग्दा ‘दिन मिल्दैन/छैन’ भन्ने गरिएको छ ।… पुरा पढौ

कर्णालीमा सूचना प्रविधिको पहुँच

कर्णाली प्रदेशका कतिपय जिल्ला सडक सञ्जालमा नजोडिँदै इन्टनेट सञ्जालसँग जोडिन पुगेको कुरा सत्य हो । कर्णालीमा इन्टरनेटको सुविधा पुगेपछि हिँडेर भेटन हप्ताँै लाग्ने आफन्तसँंग छिनभरमै भिडियो कलमा दोहोरो कुरा गरी खबर आदानप्रदान गर्न सम्भव भएको छ । जहाज चढेर आउने चिठीपत्र मोबाइल र कम्प्युटरमा आउन थालेका छन् भने इमेलमार्फत पनि चिठीपत्रको आदानप्रदान हुने गरेको छ । भौतिक सुख सुविधा उपभोग गर्न कर्णालीवासी कतिले पाएका छन् त्यो त भोग्नेलाई थाहा होला तर सूचना प्रविधिको विकास र विस्तारले गर्दा कर्णालीवासी सञ्चार र… पुरा पढौ

पानीबाट पनि निको हुन्छन् यी रोग

डा. युनिता श्रेष्ठ प्राकृतिक चिकित्सामा पानी अर्थात् जलको प्रभावकारी भूमिका छ । पानीबाट नै गरिने उपचार विधि भएकाले यसलाई जल चिकित्सा (हाइड्रो थेरापी) भनिएको छ । जल चिकित्साको अभ्यास सदियौंदेखि हुँदै आएको छ र यो नेपाल र भारतमा मात्र होइन, विश्वभर नै प्रचलनमा छ । मलद्वारसँग सम्बन्धित रोगका लागि होस् वा तनाव हटाउन, जल चिकित्सा उपयोगी मानिएको छ । खासमा तातो पानी, मनतातो पानी र चिसो पानीमा यस्तो उपचार विधि अपनाउन सकिन्छ । जल चिकित्साका प्रचलित पाँच विधि १. तातोपानी खुट्टा… पुरा पढौ

भ्रस्टाचार अभियोगमा तानिय जिसिअ

जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारीले नियुक्ति नै नभएको व्यक्तिलाई झुट्टा सरुवापत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले नियुक्तिपत्र नै नभएको गैरशिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफै स्वीकृत गरी उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलबलगायतका सुविधाहरु निकासा दिई जिल्ला… पुरा पढौ

चौधरीको फाइल अख्तियारद्वारा च्याप्पै

पैसा र पावरको बलमा कानुन मिच्दै आएका विनोद चौधरीले राजनीतिक समीकरण फेरबदल भएको मौका छोपेर लगभग मृतः अवस्थामा पुगेको सिजी टेलिकम ब्युँताउने र अर्बाैँमा लाइसेन्स बेच्ने सुषुप्त धन्दा चुनाव जितेसँगै फेरि सुचारु गरेका छन् । सिजी ब्युँताएसँगै एनसेललाई ध्वस्त बनाउने खेलमा लागेका उनको मक्सद नेपाल दूरसञ्चार प्राधिकरणमाथि बढाउँदै लगेको दबाबबाट पनि छर्लंग भएको सञ्चार मन्त्रालयमा चर्चा छ । मुश्किलले डेढ वर्ष कार्यकाल बाँकी रहेका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम खनाललाई जसरी पनि सिजीको लाइसेन्स फुत्काउन चौधरीले दिएको दबाब र हर्कत… पुरा पढौ

प्रहरी अस्पतालमा अख्तियारले थाल्यो छानबिन

नेपाल प्रहरी अस्पतालमा श्रृङखलाबद्ध रुपमा अनियमितता मौलाएको छ । मेडिकल व्यवसायीसँगको मिलेमतोमा हरेक सामानको खरिदमा अनियमितता हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।पछिल्लो समय एमआरई मेसिन तथा सि–आर्म मेसिन खरिदमा सेटिङ देखिएपछि आयोगले छानबिन थालेको छ । अहिले एफपिडी प्रविधिको ‘सी–आर्म’ आइसकेकोमा अस्पताल प्रशासनले सिसिडी प्रविधिको सि–आर्म उच्च मूल्यमा खरिद गर्न लागेपछि सेटिङ खुलेको हो । जिई कम्पनीबाट उत्पादित सि–आर्मलाई मिल्ने गरी ‘लक स्पेशिफिकेन’ बनाएर खरिदमा अनियमितता हुन लागेको हो । यसमा अस्पतालकी एआइजी डा.आशा सिंहको प्रत्यक्ष… पुरा पढौ

गृह मन्त्रालयद्धारा २५ कर्मचारीको सरुवा

गृह मन्त्रालयले २५ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरेको हो । अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरुवा गरिएको गृह सचिव विनोदप्रकाश सिंहले जानकारी दिए । मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ । त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ ।… पुरा पढौ

८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र एक खर्ब १४ अर्ब रुपैयाँ बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले दुई खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण र ५५ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य… पुरा पढौ