समाचार

अनलाइन मतदाता नामावली भर्ने कार्य ८ जिल्लामा

निर्वाचन आयोगले काठमाडौँ उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ ।     आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।     अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन… पुरा पढौ

इच्छाराजकी पत्नी पक्राउ

काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ ।  काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौँस्थित रामशाहपथबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानूनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । उनीहरुको मिलेमतोमा काठमाडौँ महानगरपालिका–१३, सोल्टीमोडस्थित… पुरा पढौ

प्रहरीका ४०२ जना लेखा प्रमुखहरूकाे सरूवा 

नेपाल प्रहरीकाे २ वर्षदेखि राेकिएकाे लेखापालहरूकाे सरूवा भएकाे छ । धिरज प्रताप सिंह आईजीपी नियुक्त भएपछि सरूवा र बढुवा नियमित रूपमा हुन थालेकाे छ । दामकामकाे काराेवार हुने र  हाकिमहरूकाे अति निकट भएर काम गर्न पाउने भएकाले नेपाल प्रहरीमा लेखा प्रमुखहरूकाे सरूवालाई निकै महत्वका साथ हेरिन्छ ।  नेपाल प्रहरीका इन्स्पेक्टर, वरिष्ठ सई र सई गरेर ४०२ जनाकाे यस पटक २०७९ साउन १ गतेदिखे नै लागु हुने गरी साउन  ३ गते साँझ  काज सरूवा निस्किएकाे छ ।  प्रहरीमा लेखापाल भएर अतिरिक्त… पुरा पढौ

सरकारी बेरुजु ४ खर्ब ८३ अर्ब

 सार्वजनिक तथा सरकारी निकायमा आर्थिक अनुशासन र उत्तरदायित्वको कमीले बेरुजु बढ्दै गएको छ। महालेखा परीक्षक कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औं प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७/७८ मा मात्रै १ खर्ब १५ अर्ब ५ करोड ५० लाख रुपैयाँ बेरुजु थपिएको छ। सरकारी बेरुजु बढेर ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवको भन्दा ०७७/०७८ मा १५.४६ प्रतिशत बढीले बेरुजु बढेको प्रतिवेदनमा उल्लेख छ। ‘आर्थिक अनुशासन कमजोर हुँदा वित्तीय प्रशासनमा अपेक्षित सुधार हुन सकेको छैन,’ महालेखा परीक्षक टंकमणि शर्माले प्रतिवेदनमै भनेका… पुरा पढौ

निर्दोष व्यक्ति थुनामा

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको इन्टेलिजेन्स टोलीलाई २३ असारमा एउटा सूचना आयो, ‘काठमाडौं महानगरपालिका–७, चाबहिलको एक खाजा घर अगाडि पार्किङ गरेको मोटरसाइकलको सिटमुनि कस्तुरीको विना छ ।’ संरक्षित कस्तुरीको विनाको किनबेच हुन लागेको सूचना पाएपछि रानीपोखरीको टोली चाबहिल पुग्यो । ‘मोटरसाइकलमा गएर हेर्दा सिटमुनि रातो कपडाले बेरेको अवस्थामा कस्तुरीको विना जस्तो वस्तु फेला पर्‍यो’ उपत्यका प्रहरीका प्रवक्ता एसपी सन्तोष सिंह राठौर भन्छन्, ‘त्यसपछि प्रहरीले मोटरसाइकल धनी शिव लिम्बुलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।’ तर घटनामा ट्विस्ट त्यतिबेला आयो,… पुरा पढौ

न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोधिने

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेल विरुद्ध नेपाल कानून व्यवसायी परिषदले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि परिषदले गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना निकालेर ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो । पोखरेलले न्यायाधीश कोइरालालाई घुस लिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले छानविन गरिरहेको छ । ‘जसरी हुन्छ, सम्पर्कविहीन भएर म्याद नबुझ्ने, स्पष्टीकरण पनि नदिने अनि यो… पुरा पढौ

मिर्गौला बेच्ने हरु नै तस्करीमा संलग्न

मकवानपुरका २० वर्षीया राजकुमार (नाम परिवर्तन) र सर्लाहीका श्याम (नाम परिवर्तन) रोजगारीको खोजी गर्दै केही वर्षअघि काठमाडौं आएका थिए । आर्थिक स्थिति कमजोर भएका उनीहरुले सुरुमा सामान्य ज्याला मजदुरी गरेर गुजारा चलाए, तर लामो समयसम्म काम गर्न सकेनन् । पछिल्लो समय सडकमा बोतल टिप्ने बिक्री गरेर आएको पैसाले चलिरहेका थिए । पशुपतिको भण्डारामा खाना खाने र सडक पेटीमा सुत्ने गर्थे । त्यही क्रममा उनीहरुको भेट दैलेखका धुपेन्द्र शाही र विमलबहादुर शाहीसँग भयो । पशुपति क्षेत्रमै भेटिएका शाहीद्वयले ७ लाख रुपैयाँ… पुरा पढौ

हनी ट्रयापमा सक्रिय गिरोह पक्राउ

काठमाडौं उपत्यकामा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याएको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरुालाका अनुसार उनीहरुले बस्नेतमार्फत एक व्यवसायीलाई धम्की दिएर पैसा मागेका थिए । पीडितको परिवार, आफन्त र साथीभाइलाई पनि सामाजिक सञ्जालमार्फत साथी बनाएर प्रहरी कहाँ निवेदन दिएको भन्दै उनीहरुले ठगी गर्ने कोशिश गरेको कोइराला बताउँछन् । पक्राउ परेका तीनै जनामाथि आपराधिक विश्वासघातको… पुरा पढौ

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँट नगरपालिकाका रमेश पन्तले जिते नगद एक लाख ।

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.काग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुनपाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फतनगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ ।यसै क्रममा सुक्लाफाँटा नगरपालिका—१ का निवासी रमेश पन्तले रु एक लाख जित्नुभएको छ । केदार ट्रेडिङकोडिलर अन्तरगत रहेको झलारी कंचनपुरका सह—बितरक संगम ट्रेडर्स सप्लायर्सका… पुरा पढौ

जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

१३ वर्षकी नावालिकालाई ललाई फकाई गरी मिति २०७९।०३।३१ गते राति १०:००बजेको समयमा जिल्ला पोखरा म.न.पा. वडा नं.५ लब्लीडाँडामा लगी जबरजस्ती करणीगरेको भन्ने सूचनाको आधारमा जिल्ला पर्वत कुश्मा न.पा. वडा नं.६ स्थायी घर भई हालजिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१३ बस्ने वर्ष २४ को खिम बहादुर बि.क.लाईयस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०३।३२गते बिहान ०३:४९ बजे पक्राउ गरी जबरजस्ती करणी मुद्दामा सम्मानित कास्की जिल्लाअदालतबाट दिन दश (१०) म्याद थप अनुमति लिई, घटना सम्बन्धमा थप अनुसन्धानकार्य भई रहेको । पुरा पढौ