समाचार

सुन तस्करी प्रकरण : यि व्यक्तीको रहेको छ संलग्नता, भरिया समाउने मालिकलाई उन्मुक्ती दिने (नाम सहित)

सरकारले अबैध कारोबारलाई पूर्णरुपमा नियन्त्रण गरेको बताएपनि सरकारी कर्मचारीदेखि उच्च नेताकै संरक्षणमा व्यापारीहरुले खुलेआम सुनको अबैध ओसार प्रसार गर्नेक्रममा तीव्रता आएको छ । अधिकाशं सुनको अबैध ओसारप्रसार कार्य सरकारी कर्मचारीकै मितिमतोमा हुने गरेका पछिल्ला घटनाबाट खुलेको छ ।भुकम्पबाट बन्द तातोपानी भन्सार नाकाबाट अर्बौको सुन आयात अझै पनि रोकिएको छैन । त्रिभुबन अन्र्तराष्ट्रिय विभानस्थलबाट भर्खरै ठूलो परिमाणमा सुन बरामत भएपछि सो सुन ल्याउनेलाई जोगाउने खेल सरकारी योजना सुरु भै सकेको छ । स्थलमार्ग हुदै पटक पटक सुन बोक्ने भरियामात्र पक्राउ गरेर… पुरा पढौ

जानकी मावि पोखरामा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन

कास्की जिल्लामा वन विज्ञान बिषयको पढाई सञ्चालन गर्दै आएको जानकि माध्यमिक विद्यालयले यतिखेर पढ्दै कमाउँदै कार्यक्रम शुरु गरेको छ ।विद्यालयले विदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीलाई बाँसका सामाग्री निर्माण गर्ने तालीम सञ्चालन गरेको हो । तालीममा कक्षा ९ र १० मा अध्ययनरत २० जना विद्यार्थीको सहभागिता रहेको कुरा सहायक प्रधानाध्यापक एवम् प्रशिक्षक कमलप्रसाद आचार्यले बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको शुभारम्भ गर्दै विद्यार्थीले उत्पादन गरेको सामाग्री औपचारिक कार्यक्रममा उपहारका रुपमा प्रयोग गरिने जानकारी… पुरा पढौ

सचिवसँग झगडा गर्ने सहसचिवको श्रममा इन्ट्री : म्यानपावर नवीकरणमा १० करोडको चलखेल

वार्षिक एक सय जनालाई विदेश पठाउन नसक्ने मेनपावर कम्पनीको इजाजतपत्र नवीकरण नगर्ने निर्णय यस अघि सरकारले नै गरेको थियो । तर, २०८० असार २१ गतेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णयलाई उल्टाइ दिएको छ ।  बैठकले दुई आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा  तोकिएको मापदण्ड अनुसार रोजगारमा पठाउन नसकेको खण्डमा संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८०÷८१ का लागि नवीकरण गर्न आएमा गरिदिन बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने निर्णय गरेको हो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीलाई सो मन्त्रालयमा… पुरा पढौ

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा सात घरमा आगजनी

जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको जनाइएको छ । सो समूहले सडकमा रोकिराखिएको ट्र्याक्टरमा समेत आगो लगाएको छ । सबैभन्दा… पुरा पढौ

बिदेशी क्रिस्चियनहरुले धमाधम नेपालि नागरिकता लिए

बाँकेको कोहलपुर नगरपालिका–१०, रामनगरस्थित ‘जीवनज्योति स्कूल’ का प्रिन्सिपल हुन्, जोमन जेम्स । भारतको केरलामा जन्मिएका उनले उक्त विद्यालय सञ्चालन गरेको झण्डै दशक हुन लागिसकेको छ । नेपाली नागरिकता लिएको खुलेको छ ।  २०६३ सालमा जन्मसिद्धका आधारमा ६६३०१३ नम्बरको नागरिकता लिएका उनलाई टोली प्रमुख सन्तबहादुर सुनारले माघ २२ गते नागरिकता जारी गरिदिएको देखिन्छ । आफूलाई कोहलपुर–६ स्थायी बासिन्दा भन्दै उनले सोही ठाउँका बालकिसुन थारु, जलारु थारु र अर्को एक जनालाई साक्षी राखेर सर्जिमन गराएका हुन् । नागरिकतामा उनले उल्लेख गरेको बाजे… पुरा पढौ

एक क्वीन्टल सुनका मालिक भनिएका युवक बाइक पनि किन्न नसक्ने हैसियतका

दोलखाका मेलुङ गाउँपालिका-३ का वडाध्यक्ष बसन्त लामाले एक क्वीन्टल सुनका मालिक भनिएका २१ वर्षीय दीलीप भुजेलको आर्थिक अवस्था दयनीय रहेको बताएका छन् । उनले सुन तस्करले आफ्ना गाउँलेलाई फँसाएको र उनीहरु भरियामात्र भएको हुनसक्ने बताए । ‘उनको परिवार मेलुङ-१ मा बस्छ तर मेरो वडाबाट नजिकै पर्छ । म उनीहरुलाई राम्रोसँग चिन्छु । काम नगरी खान नपुग्ने आर्थिक अवस्थाका हुन उनीहरु । मोटरसाइकल पनि खरिद गर्न नसक्ने अवस्थाका मान्छेले यत्रो सुन ल्यायो भन्दा कसरी पत्याउनु’, लामाले भने । दीलीपकै नाममा दर्ता… पुरा पढौ

सूचनाको हकका विषयमा राज्य गम्भीर नभएको बलियो उदाहरण 

लुम्बिनी प्रदेशसभाका सदस्यहरुको सूचना लुकाउन प्रदेशसभाकै कर्मचारीले प्रयास गरेका छन् । जेठ २२ गते नेपाल प्रेसले सूचनाका लागि लिखित निवेदन दिएको थियो तर त्यसको बेवास्ता गरियो र कुनै जवाफ समेत दिइएन । सूचना नपाएपछि प्रदेशसभाकै कर्मचारीको सल्लाहमा पुनः सूचनाको माग गर्दै असार १२ मा दोस्रो पत्रमार्फत सूचना मागियो । पटक पटक फोन गरेपछि त्यसमा पनि लामो समय तयारी नपुगेको भन्दै आलटाल गरियो । साउन २ गते पुनः तेस्रो पत्र प्रदेशसभामा सूचनाका लागि दिइएपनि अनेक बहानामा सूचना रोक्न खोजिएको छ । प्रदेशसभा… पुरा पढौ

मकवनपुरका तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध

मकवनपुरका तीन स्थानीय तहले आजदेखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाँउपालिकाले आजदेखी यस्तापदार्थ  निषेध गर्न लागेका हुन् । मनहरि गाँउपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । पालिकाले नीति तथा कार्यक्रममै यस क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पु¥याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको उहाँले जानकारी दिनुभयोे । हेटौँडा… पुरा पढौ

बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका-३ पोल्याङमा बिहान ७:४८  ठक्कर दिएको थियो।   दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल गाउँपालिका-६, भोर्लेटारका २३ विवेक विक र २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु… पुरा पढौ