समाचार

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुस सहित पक्राउ

जिल्ला महोत्तरी, श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरु प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला महोत्तरी, जलेश्वर न.पा.-२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट आज मिति… पुरा पढौ

चन्द्रागिरि डिजिटल युगमा 

चन्द्रागिरि नगरपालिकाले राजस्व संकलनका लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग  गर्न सुरुआत गरेको छ । यसका लागि उसले ‘क्यूआर कोड’ मार्फत पनि राजस्व संकलन प्रारम्भ गरेको छ ।     यससँगै यही जेठ महिनाभित्र नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका अनलाइन सेवामार्फत सुरु हुनेछ । नगर तथा वडाका सेवाग्राहीलाई एसएमएसमार्फत सुसूचित गर्ने कार्य पनि तत्कालै  सुरु हुने नगरपालिकाले जनाएको छ । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाद्वारा आयोजित कार्यक्रममा ‘क्यूआर कोड’ सेवाको शुभारम्भ गर्दै नगरपालिकाले निर्माण गरी हस्तान्तरणको चरणमा रहेको जिपिएस/जिआइएस… पुरा पढौ

विद्यालयका अध्यक्ष पासवान साथै प्रधानाध्यापक रामदिनेश मण्डल रु. ५०,०००/- घुस रकमसहित नियन्त्रणमा ।

जिल्ला महोत्तरी, श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिदै गरेको अवस्थामा उक्त रकमसहित जिल्ला महोत्तरी, जलेश्वर न.पा.-२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिदै । पुरा पढौ

आयोगको पछिल्लो आदेश |

सुचना माग कर्ताले सुचना अधिकारीलाई १५ दिनको समय राखी सुचना माग गरे पश्चात पूर्ण या सन्तुष्ट सुचना नपाएमा ७ दिनको समय राखी कार्यालय प्रमुखलाई सुचना माग गर्दा पनि सन्तोषजनक सुचना नपाएमा राष्ट्रिय सुचना आयोगलाई सुचना उपलब्ध गराइदिनु भनि गरिने पुनरावेदन मध्यका पछिल्ला पुनरावेदन उपर भएका आदेश निम्न छन् | पुरा पढौ

नक्कली बिलभरपाई खडा गर्नेलाई अख्तियार द्वारा मुद्दा ।

जिल्ला सुर्खेत, गढी, लेखगाउँ, कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग नेपाल नागरिक समाज (सिस नेपाल), सुर्खेतले मिति २०७३।१२।२७ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रबर्द्धन गर्ने जिम्मेवारी तोकी कार्यादेश समेतको आधारमा नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल… पुरा पढौ

स्थानीय र प्रदेशमा ४ खर्ब ४२ अर्ब अनुदान

सरकारले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट, समपुरक, समानीकरण र विशेष अनुदान अन्तर्गत ४ खर्ब ४२ अर्ब बजेट विनियोजन गर्ने भएको छ।  सशर्त, समपुरक र विशेष अनुदान कार्यप्रगतिको आधारमा हस्तान्तरण हुने मन्त्रीले बताएका छन्। वित्तीय समानीकरण अन्तर्गत प्रदेशलाई ६१ अर्ब ४३ करोड रूपैयाँ र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण गरिने भएको छ।  सशर्ततर्फ ५७ अर्ब १७ करोड रूपैयाँ प्रदेशलाई र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब ७२ करोड रूपैयाँ गरी जम्मा २ खर्ब ४० अर्ब ९९ करोड रूपैयाँ विनियोजन… पुरा पढौ

नवनिर्वाचित जनप्रतिनिधिलाई सूचनाको हक कार्यान्वयन गर्न आयोगको ११ बुँदे निर्देशन

राष्ट्रिय सूचना आयोगले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सूचनाको हक कार्यन्वयन गर्न ११ बुँदे निर्देशन दिएको छ। प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सूचना आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनाली सम्मिलित आयोग बैठकले यस्तो निर्देशन गरेको हो। निर्देशनमा सुशासनका लागि स्थानीय तहबाट हुने विभिन्न निर्णयमा नागरिकको सहभागिता सुनिश्चित गर्न सके मात्र नागरिक अपेक्षालाई समेट्न सकिने भएकाले सूचनाको हकको प्रभावकारी  कार्यन्वयन गर्न भनिएको छ। ‘संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन र नियमावलीले नागरिकलाई हरेक सार्वजनिक निकायबाट सम्पादन भएका तथा हुने कामको… पुरा पढौ

सूचनाको हकका लागि राष्ट्रिय महासंघमा जोशी

सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली शाखामा पत्रकार पुष्पराज जोशी चयन भएका छन् । यसअघि राष्ट्रिय सञ्जालका रुपमा क्रियाशील रहेर काम गर्दै आएको सञ्जाल वैधानिक रुपमा महासंघमा परिणत भएको हो । सञ्जालबाट महासंघमा परिणत भएपछिको प्रथम अधिवेशनबाट पत्रकार जोशी सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् ।अधिवेशनले उपाध्यक्षमा रसुता जैरु, सचिवमा विजय राना, सहसचिवमा कामदेव ओझा, कोषाध्यक्षमा देवबहादुर बिक र सदस्यहरुमा जमुना न्यूरे (घोडाघोडी), चन्द्रकान्त पनेरु (धनगढी), राजन जैगडी (गोदावरी), नवराज जोशी (फूलबारी), झलनाथ खनाल (टीकापुर), चन्द्रकला बिक (बर्दगोरिया), चन्द्र खनाल (लम्की… पुरा पढौ