समाचार

संसद र लोकतान्त्रिक अभ्यास

शक्ति पृथकीकरणको सिद्धान्तले राज्यका तीन अङ्ग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका)बीच सन्तुलनकारी र समन्वयात्मक भूमिकाको परिकल्पना गरेको छ । जुन लोकतान्त्रिक राज्य व्यवस्थाको मुल कडि पनि हो । शक्ति पृथकीकरणमा अवरोध खडा भए लोकतन्त्र नै जिवित रहन्न भन्ने विश्वास गरिन्छ । लोकतन्त्रमा जनता सार्वभौम र अधिकार सम्पन्न हुन्छन् । जनता सार्वभौम हुनलाई आवधिक निर्वाचन र आवधिक निर्वाचनबाट आउने जनप्रतिनिधिले लोकतन्त्रको अभ्यास गर्ने र जनताका अधिकारलाई स्थापित गराउने हो । यसर्थ, राज्यका तीन अङ्गमा व्यवस्थापिका नै सर्वोच्च निकाय हो र यसले नै… पुरा पढौ

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४ देखि २६ गतेसम्म ल्होछार मेला गर्ने भएकाे छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्जुश्री सम्बत २८६० डुक ल्हो सोनाम ल्होछार तमु ल्होछार र २५५१ औं ग्याल्पो ल्होछारको शुभ अबसरमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०८० आयोजना गरिने जानकारि दिएकाे हाे ।तामाङ समुदायकाे ल्हाेछार पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि यसकाे महत्व र औचित्यबारे जानकारि दिने गरि मेलाकाे आयाेजना गरिएकाे राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताउनुभयाे । ल्होछार समारोहको… पुरा पढौ

अदानचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला हुम्ला, अदानचुली गाउँपालिका वडा नं. ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजानामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालिन लेखापाल दिपक नेपालीसमेतले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा… पुरा पढौ

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग गर्दै परिषद्मा उजुरी परेको हो । खतिवडाविरुद्ध भ्रष्ट्राचारविरुद्ध साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले उजुरी दिनुभएको हो । पाख्रिनले न्यायाधीश खतिवडामा कार्यसम्पादन क्षमता तथा खराब आचरण देखिएको भन्दै छानबिन गर्न माग गर्दै परिषद्मा उजुरी दिनुभएको छ । न्याय परिषद् ऐन, २०७३ ले न्यायाधीशमाथि कारबाहीको विभिन्न… पुरा पढौ

कहाँ छ देश ?

२००८ को जुन महिनामा भारत को बिभिन्न धार्मिक स्थल (मा बैस्णो देबी ,हरिद्वार ,बनारस )र कास्मिर एबम सिमला को भ्रमण गर्दा महसुस भएको तितो सत्य सहित को यो यात्रा स्मरण सुखद को पाटो भन्दा दु:खद को गहिरो पाटो नै अबिस्मरणिय भएर रह्यो अनी घर मा पिडालु बन मा पिडालु ससुराली जाँदा पनि तीन हात को पिडालु भने झै देश मा दु:ख भएर अमेरिका आइयो अमेरिका बाट शुख को लागि घुम्न हिंडेको त्यहा पनि सही नसक्नु दु:ख देख्दा मन त मेरो… पुरा पढौ

अनुसन्धान र अभियोजनमा ढिलासुस्ती नगर्न अख्तियारलाई लेखा समितिको निर्देशन

सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको अनुसन्धान तथा मुद्दा दायर प्रक्रिया सुस्त भएको जनाउँदै अनुसन्धान र अभियोजनका काममा शीघ्रताका साथ अघि बढाउन निर्देशन दिएको छ । साथै समितिले  गैरआर्थिक क्रियाकलापलाई पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन आयोगलाई निर्देशन दिएको छ ।          आजको बैठकमा समितिबाट यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भएका निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा छलफल भएको थियो । छलफलका क्रममा समिति सदस्यहरुले आयोगमा वर्षौंदेखिका उजुरी थन्किरहेको र त्यसको अनुसन्धान तथा अभियोजनको प्रक्रिया सुस्त देखिएको… पुरा पढौ

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याँकनमा खैरहनी नगरपालिका पहिलो

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अंक प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले ९९ अङ्क प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्याङ्कनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै खैरहनीले उच्चतम अङ्क प्राप्त गर्न सफल भएको नगरप्रमुख शशि खनियाले जानकारी दिए । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषयक्षेत्रमा खैरहनीले उत्कष्ट… पुरा पढौ

राजनीतिले जिर्ण बनाउदै सरकारी बिद्यालय पढ्नकै लागि भारत जानुपर्ने विद्यार्थीको बाध्यता

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ । पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र… पुरा पढौ

बैंक ठगीमा माधवकुमार नेपालका भान्जा पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साविकको सेन्चुरी कमर्सियल बैंकका ११ जना कर्मचारीलाई पक्राउ गरेको छ । कमसल धितोमा कर्जा प्रवाह गरेर नागरिकको रकम हिनामिना गरेको आरोपमा सीआईबीले मंगलबार हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (सेन्चुरी कमर्सियल बैंकका तत्कालीन कार्यकारी अधिकृत (सिइओ)) मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको हो । बैंकको सिइओ हुँदा कर्जा प्रवाहमा अनियमितता गरेको आशंका गरिएका उनीसहित अन्यलाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा लिएको हो ।  पक्राउ पर्नेहरुमा न्यौपानेसहित सेन्चुरी बैंकका पूर्वसीईओ… पुरा पढौ

प्रहरी नै ब्यापारी ठग्ने कार्यमा संलग्न

व्यापारीबाट मोबाइल र पैसा ठगेको आरोपमा दुई जना प्रहरी नै पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय धनुषाका दुई बहालवाला प्रहरी पक्राउ परेका हुन्।  महोत्तरी गाउँपालिका-५ घर भएका ३४ वर्षीय प्रहरी सहायक हवल्दार दिपेन्द्रकुमार राज र सुनसरीको देवानगंज गाउँपालिका-२ घर भएका २१ वर्षीय प्रहरी जवान रोशनकुमार यादव पक्राउ परेका हुन्। उनीहरू दुबै जनाले आपराधिक लाभ लिने नियतले पीडितबाट विभिन्न कम्पनीका ३१ वटा मोबाइल लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए।  ती मोबाइल फिर्ता गर्नका लागि पीडितबाट उनीहरूले दुई… पुरा पढौ