समाचार

“सुपर डान्सर नेपाल” रियालिटिशोमा पावर्डबाई प्रायोजन संगसंगै ईन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट

आउने सातादेखी कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार “सुपर डान्सर नेपाल” को पावर्डबाई प्रायोजन डिशहोम फाईवरनेटले गरेकोछ ।संगसंगै ईन्टरनेट पार्टनर पनि डिशहोम फाईवरनेट नै रहेको छ ।“सुपर डान्सर नेपाल” भारतीय रियालिटि शोको फ्रेन्चाईज प्रोडक्ट हो । “सुपर डान्सर” भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टि.भि. रियालिटि शो हो । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो “सुपर डान्सर नेपाल” को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त… पुरा पढौ

जबर्जस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

प्रहरीले जबर्जस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई आज काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज÷वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेको हो । खानले विसं २०७३ फागुन ८ गते ३२ वर्षीया… पुरा पढौ

छालाको पर्स र पेटी बरामद

काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट प्रहरीले भन्सार छलेर ल्याएको छालाको पेटी र पर्स बरामद गरेको छ । भन्सार छलीमा संलग्न सप्तरीको राजविराज घर भएका ४२ वर्षीय गणेश भगतलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।  अपराध अनुसन्धान कार्यालयको टोलीले उनको गोदाममा छापा मारेर १९ सय ६ थान छालाको पेटी र ५२ सय ९४ थान पर्स बरामद गरेको छ । आरोपीलाई कानुनी कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसपी कोइरालाले जानकारी दिए । पुरा पढौ

अनावस्यक झुट्टा बिल भरपाई बनाई बजेटको हिनामिना

साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक बर्ष २०७०।०७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रम अनुरुप जिल्ला विकास समितिको कार्यालय, कालिकोटले गरेको प्रचारप्रसार कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविकको जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आ.व. २०७०/०७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको खुल्न आएकोले उक्त कार्यक्रम सञ्चालनको निमित्त पेश्की बुझिलिई जिम्मेवारी लिने र झुट्टा बिल भरपाई… पुरा पढौ

डिभिजन वन कार्यालय, मुगुका ७ जना बिरुद्ध भ्रस्टाचारको मुद्धा

मुगु जिल्ला, छायाँनाथ रारा नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्नको लागि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, मुगुमा निकासा भएको रकम मिलोमतो गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापा, सव-इन्जिनियर हिमाल कुमार मल्ल र सव-इन्जिनियर गोरसिंह बढुवालसमेतको मिलोमतोमा उक्त सडक निर्माण सम्झौतामा निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरी गराई, झुट्टा नापी किताब, मूल्याङ्‍कन विल, उपभोक्ता समितिको विल र कार्यसम्पन्न प्रतिवेदन… पुरा पढौ

बैंक मेनेजर फरार, ५० लाख रुपैयाँ हिनामिना

नेपाल बैंक लिमिटेड गुलरिया बर्दियाका शाखा प्रबन्धक बैंकको रकम हिनामिना गरी फरार भएका छन्। ईपीएस प्रयोग गरी आफन्तको खातामा पैसा पठाएर बैंक कसुर गरेको मेनेजर धर्मेन्द्र न्यौपानेमाथि आरोप छ। नेपाल बैंक लिमिटेड गुलरिया शाखामा कार्यरत धर्मेन्द्र न्यौपाने साउन ११ गतेदेखि सम्पर्कविहीन रहेको नयाँ शाखा प्रबन्धक कुश अधिकारीले बताए। उनले भने, ‘हामीले घरमा सम्पर्क गर्दा पनि सम्पर्क भएन। घरबाट पनि सम्पर्कविहीन भएको अवस्था छ।’ कार्यालयबाट फिल्ड जान हिंडेका उनले पछि आउन पाउँदिन भनेर कार्यालयमा खबर गरेका थिए। भर्खर मात्र कार्यालय सम्हाल्न… पुरा पढौ

नियम बिपरित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा जग्गा ओगट्नेलाई कारवाही

मधेश प्रदेशको एक मात्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भित्र वर्षो देखि जग्गा मात्र ओगटेर उद्योग सञ्चालन नगर्ने उद्योगीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा लिएर उद्योग सञ्चालन नगर्नेहरुलाई कारवाही गर्न केन्द्रीय कार्यालय बालाजुलाई पत्राचार गरेको छ ।  औद्योगिक क्षेत्रभित्र लामो समयदेखि सेड कब्जा गरेर वसेका र कानुनले तोकिए भन्दा विपरित उद्योग सञ्चालन गर्दै आएको दुई उद्योगलाई कारवाही प्रक्रिया अघि बढाइएको कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो । पहिलो चरणमा उद्योग नगर्ने उषा जल उद्योग र अल नेपलिज… पुरा पढौ

निर्वाचन आयोगले दलका नेतालाई सम्पत्ति विवरण बुझाउन निर्देशन

निर्वाचन आयोगले केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण १५ दिनभित्र आयोगमा बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। आयोग पदाधिकारीको साउन १५ गते बसेको बैठकले सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो।  आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको बताउनुभयो। आयोगमा हाल ११६ वटा राजनीतिक दल कायम छन्।  उहाँले महाधिवेशन भएका र नभएका कुनै पनि दलका पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण… पुरा पढौ

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित भवनहरूको उद्‌घाटन

काभ्रेपलाञ्चोक, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र  २ वटा पुरुष छात्रावास भवनको सोमबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभयो । उद्‍घाटन पश्चात उहाँले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै नवनिर्मित एकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान पुर्‍याए बापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डिबी लामा टिचर्स अवार्ड २०७८ र नगद सहित सम्मान गर्नुभयो । यसैगरी उहाँले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान… पुरा पढौ

पूर्वाधार विकास कार्यालय, रौतहटका ५ जना उपर भ्रष्टाचार मुद्दा

जिल्ला सर्लाही, रामनगर गाउँपालिका, वडा नं. ६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्ने कार्यको लागि प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट बिनियोजन भई उपभोक्ता समितिलाई जिम्मा दिएकोमा निजहरुले इस्टिमेट अनुसार सडक नबनाई सम्पूर्ण रकम निकासा गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त सडक निर्माणमा गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले कार्य गर्ने देहायका व्यक्तिहरु उपर देहायबमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५… पुरा पढौ