समाचार

१३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्धा

धनुषा जिल्लाको भरतपुर गाउँ विकास समिति अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमिता/भ्रष्टाचार भएकोले संलग्नलाई कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा धनुषा जिल्लाको साविक भरतपुर गाउँ विकास समिति अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको नाममा रहेका जग्गाको मुआब्जा वितरण गर्ने क्रममा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनुपर्ने रकम हिनामिना गरी/गराई देहायका व्यक्तिहरुले देहाय बमोजिम भ्रष्टाचारजन्य कसुर गरेको… पुरा पढौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ भदौ १५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ भदौ १५ गते नियामक निकायहरूको प्रभावकारिता, आपसी समन्वय र सहकार्य सम्बन्धमा सार्वजनिक नियामक निकायका प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रम अन्तर्गत राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र वैंक, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय बीमा समिति, विद्युत नियमन आयोग, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, धितोपत्र वोर्ड नेपाल, नेपाल स्कट एक्स्चेन्ज, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल मेडिकल काउन्सिल, नेपाल इन्जिनियरिङ काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, चिकित्सा शिक्षा आयोग, केन्द्रिय तहसिल कार्यालय, राष्ट्रिय किताबखाना,… पुरा पढौ

सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भ्रामक प्रचार गर्ने युवा पक्राउ

सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भन्दै फोटो पोष्ट गर्ने एक युवा पक्राउ परेका छन् । झापाको विर्तामोड नगरपालिका-४ का २२ वर्षीय राजु बिमलीलाई भ्रामक प्रचार गरेको भन्दै प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । विर्तामोडका मेयर पवित्रा महतारा र उपमेयर नगेन्द्रप्रसाद संग्रौला हराएको भन्दै अस्ति राति राजुले तस्बीरसहित फेसबुकमा पोष्ट गरेका थिए । त्यसपछि उनलाई घरैबाट समातेर आवश्यक कारबाहीका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । पुरा पढौ

पत्रकार पटेलले होटलमा होइन, अनाथ आश्रममा जन्मदिन मनाए

उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी लाखौंको भोतभतेर गरेर मनाउने आजकाल चलन नै चलेको छ । समाजमा अलि नाम कमाएका व्यक्तिहरुले आफना जन्मदिन कर्मचारी, सुरक्षा निकायका प्रमुख, मेयर, सांसद, मन्त्री लगाएत ठुलठुला व्यक्तिहरुसँग मनाई लाखौं रुपैया फजुल खर्च गर्ने गरेका छन तर रौतहटमा धेरै कम समयमा पत्रकारिता क्षेत्रमा आफना नाम कमाउन सफल जिल्लाकै चर्चित युवा पत्रकार अभिमनु कुमार पटेलले आफना जन्मदिन फरक किसिमले आज मनाएका छन् । रिपोर्टर्स क्लब नेपाल मधेश… पुरा पढौ

जनआस्थामाथि मुद्दा हाल्न चौधरी पुगे अदालत

डलर अर्बपति विनोद चौधरी जनआस्थाविरुद्ध मुद्दा हाल्न अदालत पुगेका छन् । करोडौं रकम क्षतिपूर्तिको मागदाबीसहित गाली बेइज्जतीको मुद्दा बोकेर ललितपुर जिल्ला अदालत,ललितपुर पुगेका चौधरीका कानुनी प्रतिनिधि उल्टै आफूमाथि गाली बेइज्जतीको मुद्दा लाग्ने अवस्था आइलागेपछि कागजपत्र बोकेर भाषा सच्याउन एक छिनअगाडि चौधरी ग्रुपको कार्यालय सानेपा फर्केका छन् । जनआस्था साप्ताहिकको अघिल्लो अंक र लगत्तै जनआस्था डट कममा प्रकाशित ‘रामकुमारीको बाध्यता र विनोद चौधरीको गम्भीर मुनाफा’ शीर्षक समाचारलगायतले आफ्नो प्रतिष्ठामा धक्का पुगेको भन्दै डलर अर्बपति चौधरी “अदालतमा मुध्दा बिचाराधीन छ” भन्ने नाममा… पुरा पढौ

स्रोत नखुलेको रु १३ लाख ६० हजारसहित एक व्यक्ति पक्राउ

प्रहरीले स्रोत नखुलेको रु १३ लाख ६० हजारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका– १ निवासी ५४ वर्षीय तेजबहादुर गणेश छन्। विशेष सूचनाका आधारमा उनलाई इलाका प्रहरी कार्यालय (कुमरखोद) को प्रहरी टोलीले नेपाल–भारत सीमास्थित लसुना बोर्डरबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय (झापा) ले जनाएको छ। नगद लिएर भारतबाट नेपाल आइरहेका गणेश प्रहरीको टोली देखेपछि नजिकै रहेको घरतिर भागेका थिए। गणेशलाई घर नजिकैबाट रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका गणेशका साथबाट एक हजार दरका नौ… पुरा पढौ

बीमा कम्पनीले भुक्तानीमा आनाकानी

केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताएका थिए । उनले भनेजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक वा बीमितलाई बीमा गराउनका लागि जुन प्रकारले पहल गराएका हुन्छन् तर दाबी भुक्तानीका सन्दर्भमा भने अनेक झन्झट दिने गरेका छन् ।  कम्पनीले दाबी परेपछि वर्षौंसम्म बीमितलाई अल्झाएर राख्ने र दाबी भुक्तानी समयमा नै नगर्ने भएका कारण बीमा कम्पनीप्रति जनविश्वास कम हुँदै गएको सरोकारवाला बताउँछन् । बीमा कम्पनी र ‘सर्भेयर’को मिलोमतोको कारण जलविद्युत् कम्पनी समस्यामा… पुरा पढौ

३८ लाख ठगीको आरोपमा एक व्यक्ति पक्राउ

 दुबई पठाइदिन्छु भनेर ३८ लाख ठगी गरेको आरोपमा प्रहरीले नवलपरासी पश्चिमका भोजबहादुर चौधरीलाई पक्राउ गरेको छ । दुबई जान प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि आर्म्स गार्डमा मासिक १ लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरुसँग उनले ३८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ । वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन आग्रह गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार चौधरीलाई सामाखुशीबाट पक्राउ गरेको हो । चौधरीलाई अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका… पुरा पढौ

मिटरब्याजीका कारण आर्थिक हैसियत डामाडोल

मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार रुपैयाँ ब्याज पर्छ । उपचारका लागि लिएको ऋण उनले समयमा तिर्न सकेनन् । ब्याजको मिटर चढ्दै गयो । उनले २ लाख रुपैयाँ जुटाएर उनलाई जिम्मा लगाए । ठाकुरले यो… पुरा पढौ

सार्वजनिक स्थलमा दिउसै पनि चोरीको घटना बढ्दै

पर्वतकी सम्झना शर्मा शुक्रबार साँझ बूढानीलकण्ठबाट २ जना बच्चासहित तीजको दर खाने कार्यक्रममा सहभागी हुन वनस्थलीको बोहोराटारस्थित आफन्तकोमा जाँदै थिइन् । उनी बूढानीलकण्ठबाट कलंकीसम्म जाने बसमा चढिन् । उनी बेलुका करीब ७ बजेतिर बसबाट वनस्थली चोकमा ओर्लन लागेकी थिइन । त्यही बेला ५ जनाको समूहमा रहेका चोरहरूले सम्झनाको गलामा रहेको सिक्री थुतेर भागे । उनी चिच्याउन थालिन्, तर कसैले वास्ता गरेनन् । बसबाट  ओर्लिएर हेर्दा चोरहरू बालाजुतर्फ जाँदै गरेको ७१५१ नम्बरको महानगर यातायात लेखेको बसमा चढेको उनले देखिन् ।  ‘ओर्लिने बेलामा घाँटीमा भएको सिक्री थुतिहाल्यो चिच्याउँदा-चिच्याउँदै सडकको… पुरा पढौ