समाचार

घुस लिने वडा सचिब हरु धमाधम अख्तियार को फन्दामा

जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव (ना.सु.) विनोद प्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडा सचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– (तीन हजार पाँच सय रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।१०।२० गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव (ना.सु.) विनोद प्रसाद साहले जग्गा नामसारी… पुरा पढौ

रंगेहात पक्राउ परेका वडा सचिब बिरुद्द आरोपपत्र तयार गरि अदालत मा मुद्दा दाएर

जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ३,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज नायब सुब्बा मोहम्मद सिद्दिकलाई सेवाग्राहीबाट रु. ३,०००।– (तीन हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०९।०२ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा सिद्धार्थनगर, नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) राष्ट्रसेवक कर्मचारी मोहम्मद सिद्दिकले सेवाग्राहीको… पुरा पढौ

सूचना आयोग को आदेश को कसलाइ के के आदेश भयो हेर्नुहोस बिस्तृत मा

७३ प्रतिशत स्थानीय पालिका बिरुद्द उजुरी परेको आयोग को प्रतिबेदन मा उल्लेख छ जुन प्रतिबेदन हिजो एमालेको बिरोध का बीच संसद मा प्रतुत भयो आयोग को बार्षिक प्रतिबेदन हेर्नुहोस https://suchanakohak.com/wp-content/uploads/2022/03/suchana-aayog-barshik-pratibrdan-7778-1.pdf पुरा पढौ

ठग म्यानपावर सञ्चालकलाई कैद

वैदेशिक रोजगारीको नाममा ठगीधन्दा चलाउदै आएको ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद र जरिवना गरिएको वैदेशिक रोजगार न्यायाधिकरणले जनाएको छ । सो न्यायाधिकरणका अनुसार ठगी गर्ने म्यानपावर कम्पनीका मुख्य सञ्चालकलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय दिने फैसला गरेको जनाएको छ । न्यायाधिकरणका अध्यक्ष रमेश खत्री, सदस्य निशा बानियाँ र गोपीचन्द्र भट्टराईको संयुक्त इजलासले ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको उल्लेख छ । कतार, साउदी अरब, मलेसियालगायत गन्तव्य देशमा जाने श्रमिकको रोजगार सम्झौता, मागपत्र, श्रम स्टिकरलगायत… पुरा पढौ

संसद बैठकमा प्रधानमन्त्रीले सूचना आयोगको प्रतिवेदन पेस गर्ने

 प्रतिनिधिसभाको बैठक बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक बसिने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची मार्फत सार्वजनिक गरेका… पुरा पढौ

पहिलोपटक प्रदेश बाट उत्कृष्ट अभियन्ता छनोट गर्दै आयोग

www.suchanakohak.com का संचालक दीपक आचार्य अध्यक्ष रहेको सामुदायिक सूचना समाज पोखराले सूचना को क्षेत्र मा काम गर्ने पत्रकार र सूचना अधिकारीलाई सम्मान र पुरस्कार दिने काम पहिलोपटक पोखरा बाट थालनी गरेको थियो । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटा मार्फत उक्त पुरस्कार को वितरण भएको थियो । पुरस्कार पाउनेमा पत्रकार यदुनाथ बन्जरा हुनुहुन्थ्यो जो अहिले सूचनाको हकका लागि जिल्ला संजाल कास्कीको अध्यक्ष पनि हुनुहुन्छ । सूचना अधिकारीको तर्फबाट तत्कालिन कास्की प्रहरी सूचना अधिकारि गजुसिद्दी बज्राचार्य पुरस्कृत हुनुभएको… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाका नवनिर्मित वडाकार्यालय भवनको अनुगमन, आर्थिक अनियमितता बिरुद्द सबै मौन

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा कमजोर संरचना भएका बिभिन्न तीन वटा वडाकार्यालय भवन निर्माण सम्पन्न भएको भनि स्थानीय हरुले भन्दै आएका छन । येही बिचमा जम्बो टोलीले भवन अनुगमन गर्यो तर कमजोर संरचना बनेको भनि कोहि पनि नबोलेको कुरा अनुगमन कै व्यक्तिले बताए । जिल्ला समन्वय समिति कास्की र गाउँपालिकाको साझेदारी अन्तर्गत कूल दुई करोड ९ लाख ५४ हजार रुपैयाको लागतमा वडा नं. ३,४ र ५ वडाकार्यालय भवन निर्माण सम्पन्न भएको हो ।गाउँपालिकाका वडा नं. ३ पाहुँदुरमा ६९ लाख ८८ हजार… पुरा पढौ

उपभोक्ता समितिबाट ५ लाख घुस लिएपछि मेयर धर्मेन्द्र अख्तियार को नियन्त्रणमा

जिल्ला रौतहट, देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले १ नम्बर वडा कार्यलय को आफ्नै भवन निर्माण को लागि बिनियोजित रकम करिब २० लाख मध्य उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई २५ प्रतिशत ले हुन आउने रकम रु.५,००,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना केही राजनैतिक दलले सूचना अभियन्ता हरुलाइ खबर गरेपछी सोही सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, निजका… पुरा पढौ

पूर्व सचिब रामकुमार श्रेष्ठ को सम्पूर्ण सम्पति रोक्का सहित अकुत सम्पति आर्जन मा मुद्दा दाएर

पूर्व सचिव एवम् पूर्व मन्त्री राम कुमार श्रेष्ठले पदमा बहाल रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम कुमार श्रेष्ठ सार्बजनिक सेवाको शिक्षक पदबाट मिति २०२६/१२/१८ गतेदेखि सेवामा प्रवेश गरी मिति २०३६/०७/२६ गते शाखा अधिकृत पदमा नियुक्त भई बिभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भै मिति २०६४/१०/८ देखि अनिबार्य अबकाश पाएको र मिति २०६९/१२/६ देखि मिति २०७०/१०/२९ सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रालयको मन्त्रीसमेत भएको देखिँदा निज राम कुमार श्रेष्ठ सार्बजनिक… पुरा पढौ

कागज मा मात्र काम सम्पन्न गर्ने उपभोक्ता समिति का अध्यक्ष र इन्जिनियर सहित ८ जनालाई मुद्दा

बाग्लुङ नगरपालिकामा अनियमितता भएको भन्ने सन्दर्भमा सूचनाको हकका अभियन्ता हरुको खबर र संचार माध्यमहरुमा प्रकाशित समाचारलाई उजुरीको श्रोतको रुपमा लिई बाग्लुङ जिल्ला स्थित बाग्लुङ नगरपालिकाले कामै नभएको काममा काम भएको देखाएको, निर्माणाधीन बसपार्कमा कामै नभएकोमा भुक्तानी दिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा दावगरा बसपार्क निर्माण योजनामा भएको हिनामिना सम्बन्धमा अनुसन्धानबाट Earthwork Excavations मा कम काम गरेको, Stone Soling, PCC र Form Work को काम फिल्डमा नदेखिएको, E/W in Embankment o/s with Compaction तर्फको कार्य फिल्डमा भएको नदेखिएको समेतबाट रू.५,९०,५०९।४८ (रुपैया पाँच… पुरा पढौ