समाचार

पहिरोले लियो आमा र छोरीको ज्यान

रुकुम पश्चिममा पहिरोले पुरिँदा आमा र छोरीको मृत्यु भएको छ । अर्की छोरी भने घाइते भएकी छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी हुन् । तिर्सनाको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१… पुरा पढौ

पदीय हैसियतको दुरुपयोग गरेको भनि न्यायाधीश थपलियामाथि छानबिन

न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलियामाथि छानबिन थालेको छ । पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा मुद्दा मिलाउने र मोलाहिजाको काम गरेको आरोपमा उजुरी परेपछि छानबिन थालेको हो । नेपाल बार एशोसिएसनले आइतबार संघीय संसदको महाभियोग सिफारिस समितिमा बुझाएको ‘महाअभियोग पुष्टि हुने प्रमाण’को बुदा नम्बर ८ मा यो विषय उल्लेख छ । नेपाल ल क्याम्पसका पूर्वसभापति समेत रहेका थपलियालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको जोडबलमा उच्च अदालतको न्यायाधीश बनाइएको थियो । बारले समितिमा बुझाएको पत्रमा भनिएको छ, ‘सर्वोच्च… पुरा पढौ

अर्जुन प्यानलको घरदैलो चाउथेबाट

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिवेशनका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरेका अर्जुन पोखरेल नेतृत्वको समूहले चाउथेबाट घरदैलो सुरु गरेको छ । उम्मेद्वारहरु सहितको टोलीले खसीबजार र आसपासका क्षेत्रमा व्यवसायीसँग भेटेर भोट अपिल गरेका थिए । उनीहरुले व्यवसायीका समस्या बुझ्दै आफ्नो समूहले चुनाव जिते सबै समस्या समाधान गर्न लागि पर्ने बताए । ‘व्यवसायीका हक हित र अधिकारकै लागि यो समूह बनेको हो । समूहले चुनाव जितेपछि उद्योगी व्यवसायीका यावत् समस्या समाधान गर्ने छौं,’ अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले भने,… पुरा पढौ

वेलनन एकेडेमीमा विद्यार्थी स्वागत

सुमन जिसीपोखरा–१५ मा रहेको वेलनन एकेडेमीका कक्षा–११ म नवआगन्तु विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. १५ का बड़ा अध्यक्ष तोरण कुमार वानियाले विद्यार्थीहरुको जिवनको बाटो देखाउने माध्यम शिक्षा रहेको र यस सँगै बानि, व्यवहार आचरन पनि सकारात्मक रहनुपर्ने विचार राखेका थिए ।विद्यालयका संस्थापक निर्देशक शान्तवहादुर गुरुङ्गले विद्यार्थीहरूको उज्वल भविश्यको निम्ती असल र सहि मार्ग निर्देशक भनेको नै शिक्षा रहेको र विद्यार्थीललो असल र व्यवहारिक बन सुभाव दिइका थिए ।विद्यालयका प्राचार्य आनन्दराज अधिकारीको अध्यक्षतामा भएको… पुरा पढौ

यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर र विचौलिया घुस रकमसहित नियन्त्रणमा ।

सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७, स्थित यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीसँग विलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले  विचौलिया नीरक बहादुर शाही र मेकानिकल इन्जिनियर दिपक बमलाई सेवाग्राहीबाट रु.३,०००।- (तीन हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित दुबै जनालाई यातायात व्यवस्था कार्यालय, सुर्खेतको परिसरबाट मिति २०७९।०५।१० गते… पुरा पढौ

सार्वजनिक जग्गा भोगचलन गर्ने बिरुद्ध मुद्दा दायर

जिल्ला धनुषा, पिडारी चोकस्थित र रत्नसागर मन्दिरको नामको जग्गासमेत व्यक्तिको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गैरकानूनी रुपमा व्यक्ति विशेषको नाममा दर्ता कायम, नापनक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्नको लागि गलत राय सहित टिप्पणी पेश गर्ने तथा स्वीकृत दिने समेतका गैरकानूनी क्रियाकलापमा संलग्न कर्मचारी, पदाधिकारीहरू एवं सरकारी, सार्वजनिक जग्गा आफ्नो नाममा कायम गराउन कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी नेपाल सरकारलाई प्रत्यक्ष हानी र आफूसमेतलाई प्रत्यक्ष लाभ पुर्‍याउने कार्यमा संलग्नता रहेका अन्य… पुरा पढौ

कतै हजुरले कर्मचारी सञ्चय कोषको रकम झिक्न बिर्सनु भाको त छैन ?

तपाईंले कर्मचारी सञ्चय कोषमा रकम राखेर लामो समयदेखि निकाल्न बिर्सनु भएको छ ? त्यसो हो भने कोषमा सम्पर्क गरी रकम निकाल्न सक्नु हुन्छ । कोषले आइतबार यसरी लामो समयदेखि रकम जम्मा हुन बन्द भएका र भुक्तानी पनि नलिएका सञ्चयकर्ताको नाम सार्वजनिक गरेको छ । कोषले भुक्तानी नलिएका सञ्चकर्तालाई कोषमा सम्पर्क गर्न समेत भनेको छ । सामान्यतया कार्यालय परिवर्तन गरेका, कार्यालयले सञ्चयकोषको रकम काटे पनि कर्मचारीलाई जानकारी नदिइएका र आफैंले पनि चासो राख्न बिर्सिएका सञ्चयकर्ताको लामो समयदेखि रकम भुक्तानी नभई बस्ने… पुरा पढौ

साहुले ऋणीहरुसँग गर्ने व्यवहार र शोषण

पाँच वर्षयता तराइका साहुकारहरुले पुरानै मिति राखेर स्थानीय बासिन्दालाई ऋण दिने गरेको भेटिएको छ । साहुहरुले १ भदौ २०७५ यता ऋण दिएपनि पहिलेको मिति राखेर घरायसी तमसुक राख्ने गरेको भेटिएको हो । ‘नयाँ कानून आएपछि लेनदेनका तमसुकले कानूनी मान्यता पाउन स्थानीय तहबाट प्रमाणीकरण गरेको र त्यहाँ अभिलेख राखेको हुनुपर्छ’ गृहमन्त्रालय स्रोतले भन्यो, ‘त्यसयता ऋण दिएको भएपनि पुरानै मितिको घरायसी तमसुक बनाउने र त्यसकै आधारमा असुल्ने प्रवृति बढ्दो क्रममा देखियो । त्यसका लागि कतिपय कानून व्यवसायीहरु समेत प्रयोग भएको सूचना आएको… पुरा पढौ

उपत्यकाको फोहर व्यवस्थापन एक हप्ताभित्र गर्न निर्देशन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन्। काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ। हाल कामपाको फोहर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहर बञ्चरेडाँडा लैजानका लागि… पुरा पढौ