समाचार

अश्लिल भिडियो देखाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै जनक माविका विद्यार्थी आन्दोलित

अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहररुकाे आरोप छ। दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका छन् । विद्यालय र राजमार्ग क्षेत्र आइतबार केहीबेर तनावग्रस्त बनेको… पुरा पढौ

कार्यदल बैठक जति बसे पनि दलहरूले ढिपी छाडेनन

आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलको गठबन्धनले गर्ने तालमेलबारे दिनहुँ बालुवाटारमा बैठक बसे पनि कुरो मिल्न सकेको छैन । उम्मेदवारी मनोनयन गर्न एक साता बाँकी छँदा पनि मुख्य गरेर नेपाली काँग्रेसले आफ्नो ढिपी नछाडेको गठबन्धन दलका एक जना नेताले बताए । हिजो साँझ बसेको बैठकमा कुरो नमिलेपछि आज बिहान फेरि बैठक बसेको छ । तर आज पनि उही कुरो दोहोरिने आशंका गर्दै ती नेताले भने, ‘काँग्रेस अरु दलका नेतालाई गलाउने पक्षमा देखिएको छ । उसले आफूले जितेका र विगतमा… पुरा पढौ

लाखौको अबैध लत्ताकपडा र समान बरामद

मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अबैध लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका-७ स्थितबाट अबैध रुपमा भन्सार छली  चोरी पैठारी तथा राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा बिभिन्न प्रकारको लत्ता कपडा लुकाई छिपाई राखेको फेला पारेकाे छ ।   १५ लाख १ हजार ७ सय मूल्य बरावरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ भने बिराटनगर-१६ स्थितबाट ४… पुरा पढौ

विमानस्थलबाटै भित्रिन्छ सेटिङमा मोबाईल

व्यवसायीले अवैध रूपमा भित्र्याएका मोबाइल सेटको कारोबार पछिल्लो समय बढ्दै गएको पाइएको छ । सरकारले अवैधरूपमा नेपाल भित्रिने मोबाइल सेट नियन्त्रण गर्ने योजना ल्याए पनि कार्यान्वयनमा नआउँदा अवैध व्यापार तीव्र बनेको हो । यसबाट सरकारी ढुकुटीमा जम्मा हुनुपर्ने करोडौँरूपैयाँराजस्व चुहावट भइरहेको छ । सरकारी कर्मचारीकै सेटिङमा त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाटै अबैधरुपमा मोबाईल सेट नेपाल विना रोकतोक भित्रने गरेको छ । भने अन्य स्थलगत नाकाबाट समेत दैनिक जसो करोडौ मुल्यका सेट विना भन्सार छुटाउदै आएको पाईएको छ । नेपाली बजारमा… पुरा पढौ

७ सय ५३ स्थानीय तहमा नै बेरुजु समस्या

काठमाडौं बाहेक देशका मुलुकका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको ७ सय ५३ वटै स्थानीय तहको अवस्था पनि काठमाडौं महानगरपालिकाको जस्तै रहेको जानकारहरु बताउँछन । खासगरी हिमाली र पहाडी क्षेत्रका धेरै पालिकाले बेरुजु फस्र्यौटको तयारी गरेको र कतिपयले असुल उपर गर्नुपर्ने र सैद्धान्तिक बेरुजु छुट्याएर फस्र्यौट गरिरहेको महालेखा परीक्षकको कार्यालय स्रोतले जनाएको छ । अन्य प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले चासोका साथ यसको कार्यान्वयमा लागेको भएपनि दुई नम्बर प्रदेशका अधिकांश पालिकाले बेरुजु फस्र्यौट त के अघिल्लो वर्षहरुको लेखा परीक्षण समेत कतिले गरेका… पुरा पढौ

माओवादी र समाजवादीले ११ उपमहानगरमा ७ मा दावी गरेपछि तनावमा कांग्रेस

माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनमा क्रमशः चार र तीनवटा उपमहानगरपालिकामा दाबी गरेका छन् । देशभरका ११ वटा उपमहानगरमा दुईवटा पार्टीले ७ वटा उपमहानगरमा दावी गरेपछि कांग्रेस भने तनाबमा परेको स्राेत बताउछ । जनकपुर उपमहानगर स्वतः जसपाको दावीमा पर्छ । थप अर्को उपमहानगर पनि जसपाको दावीमा रहेका कारण कांग्रेस तालमेलको समस्या परेको हो । माओवादीले आफ्नो प्रभाव क्षेत्र रहेको भनिएका धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगर दावी गरेको छ । माओवादीले धरान दावी गरेपनि उसको दावी अनुसार बलियो भने… पुरा पढौ

भन्सार कर्मचारी र व्यवसायीको मिलिमतोमा दैनिक ४० करोड राजस्व गुमाउदै सरकार

भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक ४० करोडौं रुपैयाँभन्दा बढी राजस्व गुमाउँदै आएको छ । मेलापर्व बाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ९० करोड रुपैयाँभन्दा बढी राजस्व उठाउँदै आएको छ । अन्य दिनको तुलनामा न्यूनतम ७० करोड रुपैयाँभन्दा बढी संकलन हुने गरेको तथ्याङकमा उल्लेख छ । यो तथ्यांकका आधारमा भन्सारमा व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यको दैनिक ४० करोड रुपैयाँ राजस्व हिनामिना हुँदै आएको आशंका अर्थमन्त्रालयले गरेको छ । सो तथ्यांकका अनुसार १ वर्षमा… पुरा पढौ

उत्कृष्ट अभिनेत्रीको अवार्ड सुरक्षा पन्तलाई

उत्कृष्ट अभिनेत्रीको अवार्ड  सुरक्षा पन्तले जितेकी छन् । चलचित्र ‘आमा’बाट सुरक्षाले राष्ट्रिय चलचित्र अवार्ड हात पारेकी हुन् । चलचित्र ‘आमा’ले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्मको अवार्ड पाएको छ । सोही चलचित्रबाट दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यसैबीच, ‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । पुरा पढौ

रंगे हात भ्रस्टाचारी पक्राउ देखि उपभोक्ता समितिका अध्यक्ष सम्मलाई मुद्दा दाएर

मोहन्याल गाउँपालिका, कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको विक्रीकर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारवीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नं. २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं. ७ का वडा… पुरा पढौ