समाचार

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्ष पद सबैमा पुरुष नै निर्वाचित भएका छन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेका थिए । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि उनीहरु पराजित भए । विहादी-१ मा खड्का नेकपा एमालेका चित्रबहादुर गुरुङसँग पराजित भइन् । कुश्मा–११ मा दवाडी पनि एमालेकै बाबुराम पौडेलसँग पराजित भइन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट… पुरा पढौ

वडाका जनप्रतिनिधि पुगे पालिकाको नेतृत्वमा

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा तहमा निर्वाचित भएका केही जनप्रतिनिधि यस पटक पालिका प्रमुखमा निर्वाचित भएका छन् । ०७४ सालमा रोल्पा नगरपालिका-७ को वडा सदस्यमा निर्वाचित सुरेन्द्र थापा घर्तीमगर यस पटक मेयरमा निर्वाचित भए । नेकपा माओवादी केन्द्रका उम्मेदवार घर्ती सात हजार ६०३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका छन् । लुंग्री गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भरतकुमार थापा पनि २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाको वडा नं… पुरा पढौ

गण्डकीका पालिका प्रमुखमा दोहोरिन खोज्ने अधिकांश उम्मेदवार असफल

कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएर कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर फेरि सोही पदमा दोहोरिन चाहे । नेपाली कांग्रेसबाट चुनाव जितेका उनी यसपटक पनि दोहोरिएर अघिल्लो पटकको विरासत जोगाउन चाहन्थे । नेकपा एमालेको राम्रो प्रभाव मानिएको कास्कीका एक महानगरपालिका र चार गाउँपालिकामध्ये २०७४ सालमा अन्नपूर्णमात्रै कांग्रेसले जितेको थियो । तर, यस पटक युवराजले सोचेजस्तो भएन । उनी नेकपा एमालेका पुरानै प्रतिस्पर्धी विष्णुबहादुर केसीसँग पराजित भए । केसीले ६ हजार ७२२ मत ल्याएर निर्वाचित हुदा कुँवरले जम्मा पाँच हजार ९५९ मतमात्र… पुरा पढौ

छत्रकोट गाउँपालिकाले गर्यो एम्बुलेन्स किन्ने निर्णय

जिल्लाको छत्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष रामप्रसाद पाण्डेयले दुईवटा एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । शुक्रबार गाउँपालिकामा पदभार ग्रहण गर्दै पाण्डेयले छत्रकोट गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा र खज्र्याङ्ग स्वास्थ्य चौकीमा एम्बुलेन्स रहने गरी दुईवटा खरिद गर्ने निर्णय गरेका हुन् । त्यस्तै गाउँपालिका–६ दौघामा खानेपानी समस्या समाधानका लागि पानी तान्ने पम्प खरीद गर्ने निर्णय पनि अध्यक्ष पाण्डेयले गरेका छन् । गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागि हेल्प डेस्क राख्ने पनि उनले बताए । गाउँपालिका अध्यक्ष पाण्डेयले आफ्नो पालिका भित्र एम्बुलेन्स नभएसम्म सरकारी… पुरा पढौ

सरकारी छाप तथा दस्तखत किर्ते गर्ने आइटि सेन्टर संचालक पक्राउ

सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा म्याग्दे गाउँपालिका ७ घर भई व्यास नगरपालिका २ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुल्न आएपश्चात उनकै पसलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत प्रहरीले बरामद गरेको छ ।उनी उपर सरकारी छाप दस्तखत… पुरा पढौ

बागमती प्रदेशमा काङ्ग्रेस ५६, एमाले २६, माओवादी २५ सिटले बिजय (सूची)

१३ जिल्ला रहेको बागमती प्रदेशमा ३ महानगरपालिका १ उपमहानगरपालिका ४१ नगरपालिका र ७४ गाउँपालिकासहित ११९ स्थानीय तहमध्ये ११४ पालिकाको अन्तिम मत परिणाम आएको छ। जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५६ पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा एमालेले २६ पालिकामा प्रमुख पद जित्दा नेकपा माओवादी केन्द्रले २५ पालिमा प्रमुख पद जितेको छ। यस्तै नेकपा एकीकृत समाजवादीले १ उपमहानगरसहित ५ पालिकामा प्रमुख पद जितेको छ। नेपाल मजदुर किसान पार्टी र राप्रपाले समान १-१ पालिकामा प्रमुख पद जितेका छन्। अब बागमती प्रदेशमा… पुरा पढौ

कुन प्रदेशमा कुन पालिकाको नतिजा आउन बांकी ?

हेर्नुस् कुन प्रदेशमा कुन पालिकाको मत परिणाम आउन बाँकी छ।प्रदेश एकः १४ अर्जुनधारा नगरपालिका, झापाकमल नगरपालिका,  झापागौरादह नगरपालिका,  झापागौरीगंज गाउँपालिका, झापामेचीनगर नगरपालिका, झापाशिवसताक्षी नगरपालिका, झापारंगेली नगरपालिका, मोरङसुन्दरहरैंचा नगरपालिका, मोरङइटहरी उपमहानगरपालिका, सुनसरीधरान उपमहानगरपालिका, सुनसरीबराहक्षेत्र नगरपालिका, सुनसरीहरिनगर गाउँपालिका, सुनसरीत्रियुगा नगरपालिका, उदयपुरकटारी नगरपालिका, उदयपुर मधेस प्रदेश: २८ छिन्नमस्ता गाउँपालिका, सप्तरीडाक्नेश्वरी नगरपालिका, सप्तरीरूपनी गाउँपालिका,सप्तरीगोलबजार नगरपालिका, सिराहाबरियारपट्टी गाउँपालिका,सिराहामिर्चैया नगरपालिका, सिराहासुखीपुर नगरपालिका, सिराहाक्षिरेश्वरनाथ नगरपालिका, धनुषाजनकपुरधाम उपमहानगर, धनुषामिथिला बिहारी नगरपालिका, धनुषासबैला नगरपालिका, धनुषागौशाला नगरपालिका, महोत्तरीजलेश्वर नगरपालिका, महोत्तरीभंगहा नगरपालिका, महोत्तरीबरहथवा नगरपालिका, सर्लाहीगढीमाई नगरपालिका, रौतहटगरूडा नगरपालिका, रौतहटगजुरा नगरपालिका, रौतहटदेवाही… पुरा पढौ

असईबाट अभद्र व्यवहार भएको भन्दै बारामा म्यादी प्रहरीको प्रदर्शन

बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक असईले अभद्र व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ । उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । आक्रोशित म्यादी प्रहरीको भिडले जिल्ला प्रहरी कार्यालय परिसरमा ढुंगामुढा समेत गरेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले म्यादी प्रहरीमाथि अभद्र गर्ने असईलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् । पुरा पढौ

भिमसेन थापा गाउपलिका अध्यक्ष बन्जराले पहिलो दिनमै गरे निम्न महत्वपूर्ण निर्णय (निर्णय सहित)

समाजबाद उन्मुख नमुना गाउँपालिका बनाउने लोकप्रसादको उद्घोष भिमसेन थापा गाउँपालिका गोरखाका नव निवार्चित अध्यक्ष लोक प्रसाद बञ्जरा (अक्कल) ले ग्रेट स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका बनाउने उद्घोष गर्नु भएको छ । निर्वाचित भएपछि आफ्नो पदबहाली गर्ने क्रममा पालिकालाई देशकै नमुना बनाउने बताउनु भएको हो । स्थानीय स्तरका संभावित सम्भाव्यतालाई प्रयोग गरि गाउँपालिकाको मुहार फेर्न सकिने आफ्नो परिकल्पना रहेको र त्यससमा सबै कर्मचारी, निर्वाचित जन प्रतिनीधि, नागरिक स्तरबाट सहयोगको आवश्यकता समेत रहेको औल्याउनु भयो । हिजो सम्म कुनै… पुरा पढौ

संखुवासभाका ६ पालिकामा कांग्रेस र ४ पालिकामा एमालेका उम्‍मेदवार निर्वाचित

संखुवासभामा स्थानीय तह निर्वाचनको मत गणना सकिएको छ । संखुवासभाका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ पालिका र नेकपा (एमाले) ले ४ वटा पालिका प्रमुख जितेको छ । २०७४ को निर्वाचनमा कांग्रेस र एमाले पाँच/पाच प्रमुख तथा अध्यक्ष जितेको थियो । स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो भएको छ । कांग्रेसले खाँदबारी,पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको छ । एमालेले मादी नगरपालिका, धर्मादेवी नगरपालिका, चैनपुर नगरपालिका र भोटखोला गाउँपालिका प्रमुख तथा अध्यक्ष निर्वाचित… पुरा पढौ