समाचार

प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इञ्जीनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा महाकाली नदीको नदीजन्य पर्दाथ (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल)को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानुनी आर्थिकलाभ हुने गरी बदनियतपूर्ण… पुरा पढौ

नेटवर्किङ व्यवसायबाट ५० लाख भन्दा बढी ठगी, एक युवती पक्राउ

नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा प्रहरीले सुनसरी धरानकी जुनुकला राईलाई पक्राउ गरेको छ । ३५ वर्षकी राईले चावहिल गंगाहिटीमा भिजन ड्रिमरी प्रालि नामक कम्पनी सञ्चालन गरेर युवा युवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले १६ देखि २५ वर्षका युवायुवतीलाई २५ देखि ४६ प्रतिशतसम्म नाफा हुने, वैदेशिक भ्रमण गर्न पाइने भनी ११ हजार ३०० देखि ५ लाख रुपैयाँसम्म तिरी सदस्यता लिन लगाउने र कम्तीमा ४ जना सदस्य बनाएमा लगानी रकम फिर्ता हुने आश्वासन… पुरा पढौ

ल्होत्सेजस्ता माफियाद्वारा सरकारी जग्गा कब्जा, मेयर बालेनले ल्याउन सक्लान फिर्ता ?

काठमाडौंको गोगंबुमा रहेको नयाँ बसपार्कमा ल्होत्से बहुउद्देश्यीय कम्पनीका अध्यक्ष दीपक कुँवरले रजाइँ गरेका छन् । १६१ रोपनी सरकारी कब्जा गरेर कुँवरले लुटको धन्दा मच्चाएका छन् । सो क्षेत्रमा आनाको तीन करोडमा जग्गा खरिदबिक्री हुन्छ । उक्त जग्गा सञ्चालन गरेबापत ल्होत्सेले वार्षिक एक करोड १० लाख रुपैयाँ काठमाडौं महानगरपालिकालाई भाडा तिर्दै आएको छ । बसपार्कबाट मात्रै ल्होत्सेले मासिक चार करोड रुपैयाँ आम्दानी हुन्छ । तर, सरकारलाई वार्षिक तिर्छ एक करोड ।त्यहाँ ८० रोपनी जग्गामा बसपार्क सञ्चालनमा छ । बाँकी जग्गामा भवन… पुरा पढौ

डिएसपी र चार इन्सपेक्टर कारबाहीमा पर्दै

 सवारी ज्यान मुद्दामा कानूनविपरीत मिलापत्र गराउने डिएसपी र इन्सपेक्टर कारबाहीमो दायरामा तानिएका छन् । ललितपुरको सातदोबाटो वृत्त र इमाडोल प्रभागका तत्कालिन प्रहरी अधिकारी छानबिनमा तानिएका हुन् । सातदोबाटो वृत्तका तत्कालिन डिएसपी दिनेश घिमिरे, इन्सपेक्टरद्वय श्याम कुमार कटवाल, हरि बहादुर वली, इमाडोल प्रभागका तत्कालिन इन्सपेक्टर योगेश खरेल र अरुण भट्टराई तथा घटनास्थल मुचुल्का तयार पार्ने उद्धव महत र मिलापत्रमा हस्ताक्षर गराउने जवान पञ्चु रुम्बामाथि कारबाही सिफारिस भएको छ । २५ पुस २०७८ मा ललितपुरको महालक्ष्मी नगरपालिका ४ स्थित नगरपालिका कार्यालय अगाडि… पुरा पढौ

वकिल हुँ थुनामा रहेकालाई छुटाई दिन्छु भन्दै लाखाैं लाख ठगी गर्ने मान बहादुर सिंह पक्राउ

आफू कानून व्यवसायी हुँ भनी अर्काको वकिल लाइसेन्स नं. दुरुपयोग गरी बैकिङ कसुर मुद्दामा थुनामा रहेका मानिसलाई छुटाई दिन्छु मुद्दा मिलाई दिन्छु भनी सर्बोच्च अदालतमा पुनरावेदन गर्छु भनी विभिन्न माध्यमबाट पटक-पटक गरी रु. ३१,००,०००।-(एकतिस लाख) रकम लिई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । क) पक्राउ परेको व्यक्तिकाे विवरण : १. जिल्ला जाजारकोट साविक कार्कीगाँउ गा.वि.स वडा नं १ हाल परिवर्तित छेडागाड नगरपालिका वडा नं १२ घर भएका वर्ष ४९ को बहुनामधारी भरत विक्रम सिंह ,भक्त बहादुर सिंह ,… पुरा पढौ

बर्जुका इन्जिनियर अजय कुमार मेहता घुस रकमसहित नियन्त्रणमा ।

जिल्ला सुनसरी, बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर अजय कुमार मेहतालाई सेवाग्राहीबाट रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित विराटनगर महानगरपालिका वडा नं. ५, पुल्चोक छेउबाट आज मिति २०७९/१२/२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

बिज्ञापन संघ को अध्यक्षमा धर्मेन्द्र, सदस्य मा अधिवक्ता सूचना अभियन्ता सविन पोख्रेल निर्बाचित

सबिन पोखरेलले पुरस्कार लिदै गर्दाको फोटो राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभाबाट धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बिस्तार भएको छ । आज काठमाडौमा सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बिस्तार भएको हो ।मल्ल होटलमा बसेको साधारणसभाले प्रथम उपाध्यक्षमा प्रदिप कोइराला, द्धितीय उपाध्यक्षमा अमृत कुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुलीलाई निर्विरोध निर्वाचित गरेको छ ।यसै गरी संघको सदस्यहरुमा क्रमशः बसन्त योगी, रवी अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी,… पुरा पढौ

काँग्रेस कार्यकर्ताले कर्मचारी कुटेको विरोधमा कालोपट्टी

नेपाली काँग्रेसका कार्यकर्ताले कार्यकक्षमै कर्मचारी कुटेको भन्दै तनहुँको भिमाद नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।  काँग्रेस भिमाद नगर समितिको अगुवाईमा नेविसंघका कार्यकर्तासमेत जम्मा पारेर उपसचिव पदमराज आचार्यमाथि कार्यकक्षमै दुर्व्यवहार गरेर शिक्षा, युवा तथा खेलकुद शाखामा तालाबन्दी गरेको विरुद्धमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । आज विज्ञप्ति जारी गर्दै उनीहरुले ताला नखोलिएसम्म कालोपट्टी बाँधेर विरोध जनाउने बताएका छन् ।  काँग्रेस र उसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध केही व्यक्तिहरुले नगरपालिकाको काम कारबाहीको विषयलाई लिएर उपसचिव आचार्यमाथि कार्यकक्षमै अभद्र व्यवहार र शाखामा… पुरा पढौ

लिएको २ लाख तिर्नुपर्ने ६२ लाख !

सागर चन्द २ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु सिंहदरबार, बालुवाटार र बानेश्वरमा क्षेत्रमा २० चैतदेखि आफ्नो पीडा सुनाइरहेका पीडितसंग परिचय गर्न भनेर गृहमन्त्रालयका सहसचिव प्रदिप कोइरालाको टोली शान्तिवाटिका पुग्यो । ‘आज… पुरा पढौ

ईशनाथ नगरपालिकाका नन्दकिशोर गुप्ता डेढ करोड काण्डमा अख्तियारको फन्दामा

ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज नन्दकिशोर गुप्ताले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५१।०१।२९ गते देखि निजले यस आयोगमा सम्पत्ति विवरण पेश गरेको मिति २०७९।०२।२५ गतेसम्मको अवधिमा निजको विभिन्न शीर्षकहरुमा भएका आयतर्फ र व्ययतर्फ गरी आयको अनुपातमा खर्च तथा लगानी गरेको व्यय एवं विद्यमान सम्पत्ति रु. १,४९,९७,८६४।२० बराबरको स्रोत नखुलेको हुँदा निज सार्वजनिक पद धारण गरेका नन्दकिशोर गुप्ताले प्रचलित कानून बमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक… पुरा पढौ