समाचार

प्रहरीमा डिआईजीको प्रतिस्पर्धामा को–को ?

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले पद बहाली गरेको दोस्रो दिनमा नै वरिष्ठताको आधारमा एआइजी बढुवा निकाल्न सफल भएका छन् । २०७९ चैत १३ गते सोमबार चार डिआइजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा सिफारिस गरिएको थियो । सम्भवत आज २०७९ चैत २० गते सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजी बढुवाको नियुक्ति गर्नेछ ।  डिआईजीको वरीयता अनुसार नै बढुवा गरिएकाले पहिलो निर्णयमा नै आइजीपी हुन सफल भएका छन् । यो बढुवाले एआइजी दीपक थापालाई भने चुनौती… पुरा पढौ

फेरि सुपारी, केराउ, मरिच आयातमा चलखेल : कागजात नपुग्दा रोकियो आयात अनुमति ?

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केराउ, सुपारी, छोकडा र मरिच पैठारीमा रोक लगाएको छ । विभागले सामान आपूर्तिका लागि व्यवसायीले आवश्यक कागजात पूरा नगरेको र तोकिएको समयमा आयात हुने एकीन नगरी निवेदन मात्र पेश गरेको बताएको छ । आवश्यक कागज पत्र पूरा नगरेकै निकासी प्रक्रिया अघि बढाउन रोक लगाइएको विभाग स्रोतले जानकारी दिएको छ ।  हरियो केराउ आयातका लागि २ सय ३३ वटा निवेदन प्राप्त भएको विभागले जनाएको छ । प्राप्त निवदेनमा १२ लाख २५ हजार २ सय ९०… पुरा पढौ

अर्थसचिव रायले रोके स्थानीय र प्रदेश तहको दुई खर्ब रकम

प्रदेश र स्थानीय तहमा जाने रकमलाई अर्थमन्त्रालयका सचिवले पत्र लेखि रकम कटौती गर्नेदेखि रकम समेत रोक्का गरेको छ । अर्थसचिव तोयम रायले अर्थमन्त्री डाक्टर प्रकाशशरण महत नियुक्ति भएर आउनु अघि अर्थात चैत १२ गते प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान रकम दुई खर्ब ४० अर्ब ८९ करोड रुपैयाँ रोक्का गर्ने निर्णय गरि सम्बन्धित निकायहरुमा पत्रचार समेत गरिएको छ । दुबै तहले कार्यप्रगतिको आधारमा मात्रै अनुदान प्राप्त गर्ने जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयले गत शुक्रबार सबै कोष तथा नियन्त्रक… पुरा पढौ

‘प्रेस’ टाँसेर लागुऔषधको कारोबार : कारबाही गर्न सम्बन्धित निकाय मौन

विभिन्न व्यवसाय गरेकाहरुले बेलाबखत ‘पत्रकार’ को नक्कली परिचय पत्र देखाउदै ‘प्रेस’ को दुरुपयोग गरेको भेटिएका घटना भेटिएपनि सो अबैध कार्य गर्नेमाथी कारबाही नहुदाँ पछिल्लो समयमा ‘पत्रकार’ को परिचय दिदै मिडियाको दुरुपयोग गर्नेको संख्यामा तीव्रता आएको छ । कोरोना भाइरसको महामारी फैलिएसंगै जारी भएको लकडाउनमा सञ्चारकर्मीले बोक्ने परिचयपत्र (प्रेस पास) को व्यापक दुरुपयोग भएको थियो । सो सम्बन्धमा तीव्रखबर डटकमले पटकपटक समाचार प्रकाशन गरेपछि प्रहरी प्रशासनबाट खटिएको टोलीले बागबजारबाट केही अबैध कार्य गर्नेलाई पक्राउ गरेपछि केही रोकिएको सो अबैधधन्दाले पुनः सुचारु… पुरा पढौ

गोदाममा थन्किए ५ हजार साइकल, ‘तत्काल बाँड्ने अवस्था छैन’

मधेश प्रदेश सरकारको गोदाममा झन्डै ५ हजार नयाँ साइकल थुप्रेका छन्। सरकारको सर्वाधिक लोकप्रिय एवं विवादास्पद बनेको ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरूका लागि खरिद गरिएको साइकल अलपत्र परेका हुन्। साइकल वितरण रोकिएपछि छात्राहरूको विद्यालय निरन्तरतामा समेत असर परेको बताइएको छ। सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई मधेश प्रदेश सरकारले उपलब्ध गराउँदै आएको साइकल वितरण गत आर्थिक वर्षदेखि बन्द भएको छ। साइकल खरिद प्रक्रिया नै त्रुटिपूर्ण देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा चलाएको अवस्था रहेको कर्मचारीहरू… पुरा पढौ

अदालतले कैद र दण्ड-जरिवाना असुल गर्न सीआईबीको सहयोग लिने

 सर्वोच्च अदालतले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र सरकारी बिगो असुल गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग लिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको अध्यक्षतामा रहेको केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र बिगो असुल गर्न सीआईबीको सहयोग लिनेदेखि न्यायिक प्रहरी माग गर्नेसम्मका निर्णयहरु गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमेत सहभागी बैठकले धेरै कैद, दण्ड, जरिवाना र सरकारी बिगो रकम असुल गर्न बाँकी १७ जिल्लाको फरार कसुरदारको सूचना सीआईबीलाई दिने… पुरा पढौ

नक्कली कागजात बनाएपछि लालबन्दी नगरपालिकाका उपसचिव अख्तियारको फन्दामा

जिल्ला सर्लाही, हरिपूर्वा नगरपालिका वडा नं. ५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा कार्यरत उच्च माध्यमिक शिक्षक पाँचु रायले डिम जनता माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको नक्कली नियुक्तिपत्र र जिल्ला शिक्षा कार्यालय, सर्लाहीको उप-जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा सरुवा भई कार्यरत रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उप-जिल्ला शिक्षा अधिकारी हाल लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीका शिक्षा शाखा प्रमुख (उप-सचिव) वासुदेव तिमल्सिनाले साविक डिम जनता उच्च माध्यमिक विद्यालय,… पुरा पढौ

भन्सार विभागका सुव्वाले गरे २ करोड भ्रस्टाचार, अवकाश पछी चल्यो मुद्धा

भन्सार विभाग, काठमाडौँका तत्कालीन नायव सुव्वा (हाल अवकाश प्राप्त) रघुनाथ घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज रघुनाथ घिमिरेले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५२/०७/२८ देखि मिति २०७९/०९/१२… पुरा पढौ

बारामा कार्यरत खरिदार राम विश्वास साह घुस रकमसहित पक्राउ ।

जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहाले जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग रु. १५,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहालाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मालपोत कार्यालय, परिसर नजिकै रहेको पसलबाट पक्राउ गरेको छ स्मरण रहोस सूचना अभियन्ता कैलाश माझि सहितको समुहले खुलेआम… पुरा पढौ

जनप्रतिनिधि र शिक्षक-कर्मचारीका छोराछाेरी सरकारी स्कुलमा पढाउनु पर्ने

जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको पालिकाले २०८० को शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन सूचना जारी गरेको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले गाउँपालिकाभित्रका सबै निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिका,… पुरा पढौ