समाचार

कार्यालय सहयोगी लाई वडा अध्यक्ष को टिकट किन दियो एमाले ले ?

तीन महिना अघिसम्म चन्द्रबहादुर गुरुङ राप्ती गाउँपालिका वडा नं‍. ८ को कार्यालय सहयोगी थिए । बिहानै ९ बजे कार्यालय पुग्थे, सरसफाइ गर्थे, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया–पानी पुर्‍याउँथे । दिनभरको समयमा उनी वडामा आएका सेवाग्राहीलाई सोधपुछ गर्थे र कामकाजमा सघाउँथे । उनै ३२ वर्षका चन्द्रबहादुर ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । संयोग पनि कस्तो भयो भने जुन कार्यालयमा उनी सहयोगी थिए, अहिले त्यही वडाको अध्यक्ष बने । चन्द्रबहादुरलाई त्यहाँका जनताले मत दिएर कार्यालय सहयोगीबाट एकैपटक नेतृत्व… पुरा पढौ

कम्युनिष्ट र महिलावादीले बुझ्नैपर्ने वैदिक साम्यवाद

एक कम्युनिष्ट नेताको अन्तर्वार्ता हेरेपछि आफूभित्र उठेका केही प्रश्नबाट कुरा शुरू गर्छु । अन्तर्वार्तामा उनले भनेका रहेछन्– मार्क्सले उहिल्यै भनेका तीन शक्तिले संसार चलेको छ र ब्ल्याक होलको कुरा अहिले विज्ञानले प्रमाणित गर्दैछ । सुनेर हाँसो पनि उठ्यो । मार्क्स र लेनिनको रटान लगाउने नेताजी हाम्रै हिमवत्खण्डमा विकसित वैदिक ग्रन्थमा हजारौं हजार वर्ष पहिले नै यसको खोज गरिराखिएको कुरा थाहा नभएरै हो, २०० वर्ष पनि नपुगेको नक्कली सूचनाको सहारा लिनु परेको ? प्रोट्रोन, इलेक्ट्रोन र न्युट्रोनको कुरा हजारौं वर्षअघि वैदिक… पुरा पढौ

सूचना आयोग लाई नसच्चिने आयोगको आरोप लगाउदै उत्कृष्ट सूचना अभियन्ता

नेपालमा आइरन लेडि को रुपले परिचित भ्रष्टाचार बिरोधी अभियन्ता उत्कृष्ट सूचना अभियन्ता पुरस्कारले पुरस्कृत अभियन्ता शारदा भुसाल झाले सूचना आयोग लाई कहिल्यै नसुध्रने आयोग को रुपमा चित्रित गर्दै सामाजिक संजाल मार्फत आफ्ना कुरा ब्यक्त गरुभएको छ उहाँ लेख्नुहुन्छ । कहिले गल्ती नसुधार्ने निकाय भनेकाे राष्ट्रिय सूचना अायाेग हाे । कुनै पनि सूचना मांग कर्ताले मांग गरेकाे सुचना उपर पुनरावेदन गरेकाे खण्डमा अायाेगकाे काम अादेश दिने मात्र हुन्छ । सम्बन्धित निकायले उक्त अायाेगकाे अादेशकाे जवाफ दिंदा के कस्ताे जवाफ मांग कर्तालाइ… पुरा पढौ

महानगरप्रमुख सिंहले सार्वजनिक जग्गामा बनेका संरचनामाथि डोजर चलाउने प्रतिवद्धता

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले महानगरको सार्वजनिक जग्गा हड्प्ने माथि डोजर चलाउने बताएका छन् । निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँगको कुराकानी बोल्दै महानगरप्रमुख सिंहले सार्वजनिक जग्गा, बाटो, नाला हडपेर बनेका संरचनामाथि डोजर चलाउने प्रतिवद्धता जनाएका हुन् ।  ‘महानगरपालिकाको सार्वजनिक जग्गा, बाटो, नाला हडपेर बनेका संरचनामाथि डोजर अवश्य चल्छ ढुक्क हुनुस्’ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दछ’ नगरप्रमुख सिंहले भने ।  वीरगञ्जको मुख्य बजार घण्टाघरदेखि बिर्तासम्म सडकखण्ड बिस्तार कार्य मुआब्जा विवादका कारण अदालतमा विचाराधीन अवस्थामा रहेकोले अदालतबाट टुंगो लागे लगत्तै… पुरा पढौ

महोत्तरीका ७ जनप्रतिनिधि दोस्रो पटक निर्वाचित 

गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष सात जनामात्र छन् । जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रोपटक निर्वाचित भएका हुन् । लोहारपट्टीका यसअघिका प्रमुख, उपप्रमुख दुवै यसपालि दोस्रोपटक निर्वाचित भए । प्रमुखमा शैलेन्द्र यादव र उपप्रमुखमा सरिता शर्मालाई यो सफलता प्राप्त भएको छ । उनीहरू नेपाली कांग्रेसका उम्मेदवार हुन् । त्यसैगरी… पुरा पढौ

कर्णालीमा कांग्रेसलाई लाभ,माओवादीलाई ठीकठाक,एमालेले गुमायो

 स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत कर्णाली प्रदेशमा मतगणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनबाट प्रदेशका ७९ वटै पालिकाले नयाँ नेतृत्व पाएका छन् । अबको पाँच वर्ष उनीहरुले नै स्थानीय सरकारको नेतृत्व हाँक्नेछन् । निर्वाचनको नतिजा आएसँगै प्रदेशका प्रमुख प्रतिस्पर्धी राजनीतिक दलहरूको ‘पोजिसन’ फेरिएको छ, दलहरुले अपेक्षा गरेभन्दा फरक परिणाम पाएका छन् । ०७४ को स्थानीय निर्वाचनमा पहिलो बनेको एमाले तेस्रोमा झरेको छ । तेस्रोमा रहेको नेपाली कांग्रेस पहिलोमा उक्लिएको छ भने माओवादी केन्द्र दोस्रोमै यथावत छ । २०७४… पुरा पढौ

माओवादीलाई सहरले किन पत्याउँदैन ?

सशस्त्र विद्रोहमा रहँदा माओवादीहरू ८० प्रतिशत ग्रामीण क्षेत्र आफ्नो नियन्त्रणमा भएको बताउने गर्थे । त्यसपछि माओवादी शान्ति प्रक्रियामा आयो । ‘बुलेट’ छोडेर ‘ब्यालेट’मा आएको माओवादीले चार/चारवटा चुनावको अनुभव लिइसकेको छ । नतिजाले २०६४ मा भएको पहिलो संविधानसभालाई छाड्ने हो भने सहरी क्षेत्रको ८० प्रतिशत निकै कमजोर भएको देखिन्छ । गाउँमा सापेक्षितरुपमा ठिकै परिणाम ल्याउँदा सहरमा लगातार जसो खस्किनुले यो क्षेत्रका मतदातालाई विश्वासमा लिनु चुनौतीपूर्ण रहेको माओवादी केन्द्रीय सदस्य हिमाल शर्मा बताउँछन् । ‘संगठन परिचालनमा राम्रो देखिने तर परिणाम आउँदा कमजोर… पुरा पढौ

२०० बढी प्रमुख उपप्रमुख दोहोरिए, झण्डै ४०० अस्वीकृत

स्थानीय तहको प्रमुख/उपप्रमुखबाट राजीनामा दिएर करिव ६०० जना चुनावी प्रतिस्पर्धामा होमिएका थिए । उनीहरुमध्ये करिव एक तिहाई पुन: निर्वाचित भएका छन् भने करिव ४०० लाई मतदाताले अनुमोदन गरेनन् । निर्वाचन आयोगको आइतबार अपरान्हसम्मको तथ्यांक हेर्दा, २११ जना प्रमुख/उपप्रमुख पुन: निर्वाचित भएका छन् । नाम र थर लेख्ने क्रममा केही फरक परेकाले यो संख्या केही तलमाथि हुनसक्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । काभ्रेको पाँचखालमा महेश खरेल, मोरङको रंगेली नगरपनलिकामा दिलीप अग्रवाल लगायतका केही पुन: प्रमुख चुनिएका छन्, जुन तथ्यांक यसमा समावेश… पुरा पढौ

पहिलो कार्यकालका पुरस्कृत जो दोस्रो कार्यकालका लागि भए अस्वीकृत

स्थानीय तहको निर्वाचन अन्तर्गत आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुनिएका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय उम्मेदवार ०७४ मा निर्वाचित जनप्रतिनिधिसमेत थिए । तर मतदाताले निवर्तमान जनप्रतिनिधिभन्दा नयाँ उम्मेदवारलाई बढी रुचाएको देखिन्छ । दोस्रो पटक टिकट लिएर उम्मेदवार भएका अधिकांशले पराजय भोग्नु परेको छ । विगतका पाँच वर्षमा उत्कृष्ट काम गरेको ठहरिएका जनप्रतिनिधिलाई पनि जनताले दोहो¥याउन नचाहेको पाइएको छ । उत्कृष्ट काम गरेको भन्दै देशभर चर्चा बटुल्न सफल स्याङ्जाको वालिङ नगरपालिकाका निवर्तमान मेयर दिलिप खाणको पराजय… पुरा पढौ

सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जाजरकोटको छेडागाड नगरपालिका- १ को कोटिला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अध्यक्ष बस्नेतले कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामासमेत जम्मा नगरेको आरोपसहित दुई लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबारविशेष अदालतमा मुद्दा दायर गरेको हो । अध्यक्ष बस्‍नेतले कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह… पुरा पढौ