समाचार

बैतडीका शिक्षक हत्या प्रकरणमा पक्राउ परेका दम्पती सार्वजनिक

बैतडीको पाटनमा रहेको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको हत्या अभियोगमा पक्राउ परेका दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत बिहीबार हत्या अभियोगमा पक्राउ परेका पुर्चौंडी नगरपालिका–३ न्वादेउका प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीकाअनुसार बोहरा विष्टले अध्यापन गराउँदै आएको कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गर्दै आएकी थिइन् । उनका श्रीमान बोहरा पनि केही दिनदेखि उनीसँगै विद्यालयको होस्टेलमा बस्दै आएका थिए । सुर्नया गाउँपालिका… पुरा पढौ

सांसदहरुलाई ज्येष्ठ सदस्य ढुंगानाले शपथ गराउने

बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते र बाँकी सांसदहरुको शपथ पुस १४ गते हुने भएको छ । बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा आज बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए । ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा… पुरा पढौ

सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगिता

 गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो । सुन्तला खानेमा ६ जना सहभागी भएका थिए । यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल भएका छन् । उनले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम सुन्तला खाएको थियो । उनले एक हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो चार सय ६० ग्राम, प्रेम पन्थले एक… पुरा पढौ

आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेका मुद्धाहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये घुस/रिसवत, सार्वजनिक सम्पत्ति हानिनोक्सानी, राजस्व चुहावट र गैरकानूनी लाभ तथा हानी गरी जम्मा ४ (चार) वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।०९।०७ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ । पुरा पढौ

स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले कोसेली घर निर्माण

लमजुङको सुन्दरबजार नगरपालिकामा कोसेली घर निर्माण थालिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले नगरपालिकाले कोसेली घर निर्माण थालेको जनाएको छ । नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार नगरपालिकाको वडा नं. ६ ठाँचीचौरस्थित प्रशासकीय भवन परिसरभित्र निर्माण सुरु गरिएको हो । कोसेली घर निर्माणपछि नगरपालिकाका ११ वटै वडाका स्थानीय उत्पादनलाई प्राथमिकताका साथ राखिने बताउनुभयो । स्थानीयले उत्पादन गरेका सामग्री राख्नका लागि घर निर्माण गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले अबको एक महिनाभित्र कोसेली घर निर्माण सकिने बताउनुभयो ।… पुरा पढौ

सार्वजनिक सम्पत्ति माथि भ्रष्टाचारको आरोपमा १४ जनालाई मुद्धा

जिल्ला रुपन्देही, साबिक दुधराक्ष गा.बि.स. वडा नं. ७क र ऐ.गा.बि.स. वडा नं. २क को जग्गा नापी कार्यालय, रुपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिली फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो जग्गा व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जग्गा नापजाँच नियमावली, २०५८ को नियम २२ को उपनियम (३) को खण्ड (छ) तथा नापी शाखा एवं नापी गोश्वाराको कार्यविधि, २०६० लगायतका  नियम विपरीत बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग… पुरा पढौ

भ्रस्टचारको आरोपमा प्रहरी नायव निरीक्षक चौधरीलाई मुद्धा

धनुषा जिल्ला , नगराइन नगरपालिका-२, जटहीस्थित पसलका संचालकसँग पसल संचालन गर्न महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा पसल संचालन गर्न नदिने भनी सीमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीले घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीलाई सेवाग्राहीसँग रु.४,०००/- (चार हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति  २०७९।०७।१७ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा सीमा प्रहरी चौकी, लग्मा, जटही… पुरा पढौ

सूचनादातालाई संरक्षण गर्ने ऐतिहासिक निर्णय

अमृत क्याम्पसका सहायक क्याम्पस प्रमुख रविन्द्र सिंह महतले क्याम्पसमा भइरहेको बेथिति र अनियमितता बारेमा सूचना दिई क्याम्पसमा सुधार गर्न प्रयास गरे वापत भएको कारवाही राष्टिय सूचना आयोगले बदर गरिदिएको छ। सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २९ मा भएको सूचनादाताको संरक्षणसम्बन्धी विशेष व्यवस्था अनुसार आयोगले यो निर्णय गरेको हो। उक्त दफामा सार्वजनिक निकायमा कार्यरत कर्मचारीले सार्वजनिक निकायमा भएको वा भइरहेको वा हुनसक्ने भ्रष्टाचार, अनियमितता र प्रचलित कानूनबमोजिम अपराध मानिने कुनै कार्यको सूचना दिनु पर्ने दायित्व रहेको छ। सहायक क्याम्पस प्रमुख… पुरा पढौ

विश्व हिन्दू परिषदद्वारा इम्बोस्ड नम्बर प्लेट लागु नगर्न माग

विश्व हिन्दू परिषद् नेपालले सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा सरकारले गरेको असंवैधानिक र अव्यावहारिक निर्णय सच्याउन माग गरेको छ । परिषदले एक विज्ञप्ती जारी गर्दै इम्बोस्ड नम्बर प्लेट प्रकरणको गम्भीर र संवेदनशील पक्ष भनेको संविधानसँग बाँझिने गरी निर्णय गरिएको बताएको छ । संविधानको धारा ७ अनुसार सरकारी कामकाजको भाषालाई व्याख्या गर्दै उपधारा (१) बमोजिम देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनेर प्रष्ट पारेको जनाएको… पुरा पढौ