समाचार

निर्वाचनमा बालबालिकाहरूलाई सहभागी नगराउने प्रतिवद्धता

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा सम्पन्न गराउन पाल्पाका राजनीतिक दलहरूले सामूहिक प्रतिवद्धता गरेका छन्।  पाल्पाका आठ राजनीतिक दलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन साझा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन्।     पाल्पा विकास केन्द्रले तानसेनमा गरेको कार्यक्रममा पाल्पाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालन गर्ने, राजनीतिक दलहरूबीच स्वच्छ भयरहित वातावरणमा प्रचारप्रसार गर्ने, आ-आफ्ना कार्यकर्ताहरूलाई संयमित भएर चुनाव प्रचार प्रसारमा लगाउने विषयमा सामूहिक प्रतिवद्धता जनाएका हुन्।  कसैको पनि मान… पुरा पढौ

जबरजस्ती करणी गरेको भन्दै झुटो जाहेरी दिने महिला पक्राउ

झुटो जाहेरी दिने एक जना महिलालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो। ती महिलाले आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दरखास्त दिएका थिए।  उक्त निवेदनउपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको… पुरा पढौ

सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छ : प्रजिअ श्रेष्ठ

डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सार्वजनिक सरोकारका हरेक सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताएकी छन् ।  अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित विभिन्न कार्यालयका सूचना अधिकारी तथा सञ्चारकर्मीहरूसँग गरेको अन्तरक्रियामा सूचना पाउने हक सबैलाई समान भएको भन्दै श्रेष्ठले सूचनाको सहज पहुँचमा  जोड दिएकी हुन् ।  प्रजिअ श्रेष्ठले सार्वजनिक सेवा प्रदायक निकायले त्रैमासिक रूपमा सूचना सार्वजनिक गर्नुपर्ने तथा सूचना माग गर्ने पत्रकारहरूले मात्र हो, अरूले होइन भन्ने नभई आम नागरिक जानकार हुनुपर्ने बताइन् ।  आम… पुरा पढौ

वीरगञ्जका सबै विद्यालयमा सूचना अधिकारी तोक्न महानगरको निर्देशन

वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएको उल्लेख गरेकाले महानगरपालिकाले आज सूचना जारी गर्दै दसैँ बिदा बाहेक सात दिनभित्रमा हरेक विद्यालयमा एक सूचना अधिकारी तोक्न विद्यालयलाई निर्देशन दिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।  शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण पर्साको जगरनाथपुर गाउँपालिकामा वडामै लाभग्राहीको सहजताका लागि सामाजिक सुरक्षा… पुरा पढौ

सूचना मागौ, सुशासन र जवाफदेहीता बढाउ

रुदाने एक सम्पुर्ण जीवन बाँचेको मान्छे । नेपाली माटोमा जन्मेको एक दार्शनिक। विद्रोहको पर्याय । आफैमा एउटा आन्दोलन । एक सामाजिक अभियन्ता । कवि र साहित्यकार । खेलाडी र शिक्षक । छाप्रे जनताको राजनीति गर्ने राजनीतिकर्मी। आदि–इत्यादि । यी र यस्तै अनगिन्ती आयामहरुको संकलित स्वरुप हुन रुदाने । अनुसन्धानकर्ताको लागि रहस्यजस्तो। आम मानिसको जीवनलीलासँग तुलना गर्दा पागल जस्तो । बेलाबेला सन्काहा जस्तो । अराजक जस्तो । तर हरेक सन्काहपनभित्र शिक्षा बोकेर, हरेक पागलपनाभित्र विद्रोह बोकेर, हरेक अराजकताभित्र सामाजिक रुपान्तरणको झिल्को… पुरा पढौ

विचार र प्रविधिलाई सँगसँगै लैजानुपर्छ : सभामुख सापकोटा 

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले विचार र प्रविधिलाई सँगसँगै लैजानुपर्ने बताएका छन्। बुधबार सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०२२ का अवसरमा बबरमहलस्थित एक होटेलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। नेपाल सरकारको आफ्नै डेटा प्रणाली सुरक्षित हुन नसकेको भन्दै सभामुख सापकोटाले सुशासनका लागि भ्रष्टाचार चुनौती बनेको उल्लेख गरे। भ्रष्टाचार नियन्त्रण गर्न गुणस्तरीय कानुन बनाउन नसकिएको स्वीकार गर्दै उनले साँचो अर्थमा देश विकासका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको संयोजन हुनु आवश्यक रहेको औँल्याए। आफ्नो कार्यकाल थोरै समय बाँकी रहे पनि सूचनासँग सम्बन्धित… पुरा पढौ

थाहा पाउने अधिकार

सूचनाको हकलाई कुनै पनि विषयवस्तुको जानकारी राख्न सक्नु, थाहा पाउनु भन्ने बुझिन्छ । हरेक विषयवस्तुको बारेमा जानकारी नराखे हामी पछि पर्छौं ।  थाहा पाउने हक हाम्रो हो । यो संविधानले व्यवस्था गरेको छ । नेपालको संविधानको धारा २७ मा सूचनाको हकको व्यवस्था गरी सूचनाको हकलाई मौलिक हकमा राखिएको छ । सूचनाको पहुँच भन्नाले जुन अधिकार, जसका लागि व्यवस्था गरिएको छ त्यो त्यहाँसम्म पु-याउनु÷पुग्नु पहुँच हो । सूचनाको हकको बारेमा थाहा पाउनु साथै प्रयोग गर्न सचेत हुनु नै बढ्नु हो । महत्व सूचनाको हक जनताको जान्न पाउने, बुझ्न पाउने मौलिक… पुरा पढौ