समाचार

ग्लोबल आइएमई बैंकबाट हरायो ८ लाख रुपैयाँ कर्मचारीकै मिलेमतो

दुःख गरि कमाएको रकम सुरक्षित रहने विश्वासमा बैंकमा लगेर डिपोजिट गरेको पैसा बैंकबाट हराएपछि बचतकर्ताहरु अहिले मारमा परेका छन् । प्राप्त समाचार अनुसार ग्लोबल आइएमई बैंकमा डिपोजिट गरेको रकम आफ्नो खातामा नभएपछि सुनसरी कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवार अहिले उजुरी बोकेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका छन् । उनको पैसा चोरी भएको भन्दै त्यहाँ पुगेको प्रहरीले जनाएको छ । उनी पटकपटक प्रहरी कार्यालय पुगी सके तर उनको उजुरीमा खासै पहल भने नभएको दुखेसो गरेका छन् । उनको बैंक खाताबाट हराएको… पुरा पढौ

भ्रष्टाचाररहित समाजको परिकल्पना

भ्रष्टाचार नैतिक, अनुशासित र सभ्य समाजका लागि कलङ्कको टीका हो । पूर्वीय दर्शनमा हामीले कल्पना गर्ने गरेको रामराज्यको दुश्मन हो । सार्वजनिक हित र भलाइका लागि लगानी गरिने सार्वजनिक स्रोतसाधन र सम्पत्तिमाथि गिद्धे नजर लगाउने, -याल काढ्ने र आँखा गाड्ने भ्रष्ट व्यक्ति र समूहको कालो मनबाट सिर्जित रातो अपराध हो– भ्रष्टाचार ।  भ्रष्टाचार नेपाली समाजमा यस्तो उद्योगका रूपमा मौलाउँदै गएको छ, जसमा न त लगानी जुटाउनुपर्छ न त प्रतिस्पर्धा नै गर्नुपर्छ । व्यावसायिक जोखिम मोल्नु नपर्ने, उद्यमशीलता नचाहिने, व्यावसायिक योजना बनाउनु नपर्ने, बिनाउत्पादन र… पुरा पढौ

जाजरकोटमा रक्सी प्रतिबन्ध

जाजरकोटको कुशे गाउँपालिकाले मदिरा उत्पादन, बिक्री तथा प्रयोगमा निषेध गरेको छ । गाउँसभाले अस्तिदेखि मदिरा निषेधित गाउँपालिकाको निर्णय गरेको हो । सो निर्णय कार्यान्वयनका लागि पालिकाले मदिरा आयात र उत्पादनमा रोक लगाएको छ । बाहिरबाट मदिरा आयात र घरेलु उत्पादन तथा बिक्री वितरण नगर्न गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले सबै सरोकारवालाहरुलाई आग्रह गरेका छन् । ‘मिति २०७९ श्रावण १ गतेदेखि मदिरा आयात र घरेलु उत्पादन तथा बिक्री वितरण नगर्न, नगरी दिनुहुन मदिरा उद्यमी, व्यवसायीलगायत सरोकारवाला सबैको जानकारीको लागि… पुरा पढौ

हेटौडाले भन्यो साताको दुई दिन ‘श्रमदान’

हेटौंडालाई सुन्दर तथा सफा बनाउने उद्देश्यले उपमहानगरले ‘सफा हेटौंडा अभियान’ को घोषणा गरेको छ । हरित हेटौंडाको नामबाट परिचित हेटौंडालाई थप सफा बनाउने उद्देश्यले अभियान घोषणा गरिएको उपमहानगरले जनाएको छ । अभियानअन्तर्गत प्रत्येक शनिबार स्थानीय नागरिकले कम्तिमा दुई घण्टा श्रमदान गर्नुपर्नेछ । त्यो दिन सरसफाई, पार्कको रेखदेख, वृक्षरोपणलगायत काम गरिनेछ । पुरा पढौ

बाबुरामलाई छाडेर कोही एमाले,कोही माओवादीतिर

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको समूह औपचारिक रुपमा अलग्गिएको छ । पार्टीबाट ठूलै झुण्ड लैजाने आंशका विपरित अहिले सांसदहरुमध्ये आफू र महेन्द्रराय यादव मात्रै देखिएका छन् । यसअघि मोहम्मद इस्तियाक राइन र प्रदीप यादवहरु पनि जान्छन् भन्ने अनुमान अहिले गलत सावित भएको छ । उनीहरुले संस्थापन पक्ष अर्थात अध्यक्ष उपेन्द्र यादवको साथ नछाडी मन्त्री भए । अरु धेरै जना असन्तुष्ट हुँदाहुँदै यतै अडिएको बताइन्छ । जसपाका एक जना नेताले भने, ‘पद गुम्ने डरले धेरै… पुरा पढौ

जसपाको धम्कीले अधिकृत भागेपछि नगरसभा स्थगित, मन्त्री श्रेष्ठ र जसपा नेतृत्व दोषी रहेको मेयरको आरोप

बाराको पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत २८ दिनदेखि सम्पर्कविहीन हुँदा नगरसभा रोकिएको छ । जसपाका नेताहरुले धम्की दिएकाले काम गर्न नसक्ने ‘म्यासेज’ पठाएर सम्पर्कविहीन भएका निमित्त प्रशासकीय अधिकृत श्यामप्रसाद यादव बेपत्ता हुँदा नगरपालिकाको दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ । यादव कार्यालयमा उपस्थित नहुँदा नगरपालिकाका सम्पूर्ण कार्य रोकिएको मेयर जलन्धर सिंह जैसवालले जानकारी दिए । उनका अनुसार अधिकृत यादव पछिल्लो पटक असार ७ गते कार्यालय आएका थिए । सोही दिन १२ बजेतिर उनले आफूलाई जसपाका नेताहरुले धम्की दिएकाले काम… पुरा पढौ

जनता टाइम्सलाई प्रेस काउन्सिलको २४ घण्टे पूर्जी

पत्रकार आचारसंहिता प्रतिकूल यौनजन्य, अश्लील एवं उत्तेजक शीर्षक राखेर समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले जनता टाइम्स अनलाइनलाई स्पष्टीकरण सोधेको छ । जनता टाइम्सले गत असार ३० गते ‘कामुक यौनकथाः एक वर्षपछिको त्यो रंगीन रात’ र त्यसको भोलिपल्ट ‘खोल्सा छेवैको रुखको छहारीमा तिर्खा मेटियो’ भन्ने शीर्षकमा समाचार छापेको थियो । त्यसैगरी, ‘सेक्ससम्बन्धी रोचक जानकारी जुन कुराले तपाई अचम्मित हुनुहुन्छ’ र ‘यौन पेशा गर्न छाडिदिइन् जागिर, भन्छिन् : आफ्नो काममा खुसी छु,’ लगायतका समाचार पनि प्रकाशित गरेको काउन्सिलले जनाएको छ ।… पुरा पढौ

काम नगर्ने ठेकेदारसँग मेयरको साँठगाँठ

बुटवलको चौराह–गोलपार्क सडक विस्तारमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले दोहोरो भूमिका खेलेका छन् । सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति उपमहानगर प्रमुख पाण्डेले सार्वजनिक कार्यक्रममै असन्तुष्टि जनाएका थिए । तर, उनैले निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारको म्याद थप गर्न गोप्य रुपमा लबिङ गरेको पाइएको छ । सडक विस्तारको म्याद असार मसान्तमा सकिइसकेकाे छ । निर्माण कम्पनी द कञ्जनजंघा–बिरुवा जेभीले यसअघि निर्धारित म्यादभित्रै सडक निर्माण सक्ने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धताअनुसार गत मंसिरदेखि सडक निर्माण अघि बढाएकाे हाे ।   निर्माण कम्पनीको सक्रियता बढेपछि सत्तारूढ दलकै नेताहरूले स्थानीय तहको चुनावमा… पुरा पढौ