समाचार

बाढीपहिरोबाट ८८ जनाको ज्यान गयो

 मुलुकका विभिन्न भागमा गरी बाढीपहिरोबाट बुधबार साँझसम्म ८८ जनाको ज्यान गएको छ। अत्यधिक वर्षा तथा बाढीका कारण प्रदेश १ मा ५१, सुदूरपश्चिममा २६, कर्णालीमा ८, लुम्बिनीमा २ र वाग्मतीमा एकजनाको मृत्यु भएको छ। २५ जना अझै बेपत्ता छन्। बेपत्तालाई खोज्ने, विस्थापितलाई सुरक्षित ठाउँमा सार्नेजस्ता कार्यमा स्थानीय तह तथा प्रहरी प्रशासन सक्रिय भएका छन्। मोरङस्थित हाम्रा संवाददाता चुमन बस्नेतका अनुसार पूर्वाञ्चलभरि भारी वर्षा, बाढी तथा पहिरोले ५१ जनाको ज्यान लिएको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण पाँचथरमा २२… पुरा पढौ

फोनपेले फेरि ल्यायो झट्ट ट्रान्स्फर, चट्ट कार योजना, हरेक दिनआइफोन १३ जित्न सकिने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालकफोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालनहुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकमट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साह नगर्ने उदेश्यले गतवर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो । डिजिटल कारोबारलाई प्रोत्साहनगर्ने उदेश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ । फोनपे… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान संचालनको पहल :अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा निर्माण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनको प्रारम्भबाट अन्तराष्ट्रिय हवार्ई उडान सुरु गर्न बिषेश पहल गर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले आइतबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ—दिपावली, नेपाल सम्वत, छट लगायतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बराल उक्त कुरा बताउनु भएको हो । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले पोखरा विमानस्थल विगत ४० बर्ष देखि कोमामा रहेको… पुरा पढौ

पोखराका पर्यटकीय स्थल खोल्ने बारे छलफल

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजनामा आज पोखरा क्षेत्रका पर्यटकीय स्थल खोल्ने सम्बन्धमा सामूहिक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले विश्व पर्यटन बजार खुलिसकेका अवस्थामा पोखराका पर्यटकीय स्थल पनि स्वास्थ्य मापदण्ड पालना गर्दै खुलाउनुको विकल्प नभएको बताए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई विस्तारै अघि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै पोखराका पर्यटकीय गन्तव्य खुल्ला गर्ने सम्बन्धमा छलफल राखिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र युनडिपीको सहकार्यमा नाट्टाका तर्फबाट पोखराका पर्यटकीय… पुरा पढौ

साफ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडाैं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियन बनेको छ । फाइनलमा पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको छ । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गरेको थियो । दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले गोल गर्न भने सकेन। अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि सुनिश्चित गरेको थियो ।… पुरा पढौ

मोहन वैद्य अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छ्न्। उनलाई आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। दम बढेपछि वैद्यलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। ‘उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो। दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ पारिवारिक स्रोतले भन्यो, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ।’ नर्भिक अस्पताल स्रोतले वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ। उनको छाति एक्सरे गर्दा दाग… पुरा पढौ

जापानबाट फर्केका घर्ती दम्पतीले ताराखोलामा सुरू गरे व्यावसायिक कालिजपालन

कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्‍नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उनको भनाइ छ । ‘साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए… पुरा पढौ

सहारा क्लबका सदस्यलाई कोभिड बिरुद्धको खोप

गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराको सहारा क्लवले आफ्ना सदस्यहरुलाई कोरोना बिरुद्धको खोप लगाएको छ । क्लवले आफ्ना २ सय जना क्लवमा आबद्ध सदस्यहरुलाई कोरोना बिरुद्ध खोप लगाएको क्वलले जनाएको छ । त्यसै गरी हालै पोखरामा प्रदान गरिएको उक्त खोप अभियान अन्र्तगत १४ जना नेपाली सेनालाई समेत कोरोना बिरुद्ध खोप प्रबन्ध गरिएको थियो । क्लवले हरेक बर्ष जसो आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ भने १४ जिल्लाका गरिव, विपन्न बर्गका २४ जना वालकहरु सहारा फुटवल एकेडेमीमा रहेका… पुरा पढौ

डोबाटे बने बिनाविभागीय मन्त्री

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा उनलाई हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । पुरा पढौ

अखिल(क्रान्तिकारी)मा नयाँ कमिटी

खिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनले प्रकाश शाहीलाई अध्यक्ष निर्वाचित गरेको छ । सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्ष गर्ने निर्णयसमेत गरेको छ । शनिबार सकिएको सम्मेलनले २० भन्दा बढी महिलासहित १ सय ५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिमा उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रूपा बुढामगर छन् । समितिमा महिलाबाट कलसा शाही, करिश्मा भट्टराई, रूपासिंह ठकुरी, छायाँ सापकोटा, यशोदा बम, सुषमा चौधरी, कला अधिकारी, सपना मगर, कपिला अधिकारी,… पुरा पढौ