समाचार

७२ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेपछि भ्रष्टाचार सम्बन्धी सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र परे अख्तियारको फन्दामा

मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सहायक वन अधिकृत विष्णुकान्त मिश्र सेवा प्रवेश गरेको मिति २०३६।११।१० देखि मिति २०७०।०८।१६ सम्मको अवधिमा निज विष्णु कान्त मिश्रको जम्मा आय आर्जन रु. ९६,६८,०५७।७९ मा निजले गरेको जम्मा खर्च तथा लगानी (व्यय) रु.१,६९,२०,५३८।३८ घटाउँदा हुन आउने रु.७२,५२,४८०।५९  (बहत्तर लाख बाउन्न हजार चार सय असी रूपैयाँ र उनन्साठी पैसा) बराबरको खर्च तथा लगानी (सम्पत्ति)… पुरा पढौ

भोलेबाबा कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा मुद्धा दायर

भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन, वुटवल, रुपन्देहीबाट आ.व. २०७४/0७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासी जिल्लाको देवचुली र दुम्किवासमा ट्युववेलको काम भएकोमा हालसम्म MS fitting, Outlet को निर्माण नै नभएता पनि कार्यालयले भुक्तानी गरिसकेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा झुट्टा बिल भरपाई बनाई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी समेत गरेको कसुर पुष्टि हुन आएको हुँदा देहायका व्यक्तिहरुउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र गरिएको छ। देहाय:- (क) भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय,… पुरा पढौ

जनयुद्द का रायमाझीको धनयुद्दको यात्रा

भुटानी शरणार्थीसम्बन्धि ठगी मुद्दामा फरार रहेका नेकपा(एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझीको सम्पत्ति अस्वभाविक देखिएको छ । पछिल्लो पाँच वर्षमा उनले करोडौंको सम्पत्ति जोडेको निकटस्थहरू बताउँछन् । चार वर्षअघि मात्र उनले खुमलटारमा चार करोड रुपैयाँमा आलिसान घर किनेका थिए । त्यो घर बिचौलिया समूहले नै किनिदिएको स्रोत बताउँछ । जतिबेला भुटानी शरणार्थी प्रकरणमा उनले करोडौं लिएका थिए त्यही आसपास घर किन्नुले ठगीको कनेसक्न सो घरसँग पनि जोडिने देखिन्छ । भुटानी शरणार्थीको नाममा पैसा उठाउने गिरोहसँग छोरा सन्दीपको बैंक खातामा उनले… पुरा पढौ

संघीय सरकारको ढुकुटी साढे ८४ अर्बले घाटामा

चालु आर्थिक वर्ष २०७९/८०मा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसक्दा संघीय सरकारको ढुकुटी (सञ्चित कोष) ठूलो घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत) सम्मको तथ्यांकले सरकारी वित्त चरम दबाबमा रहेको देखाएको छ । चैत मसान्तमा संघीय सरकारको सञ्चित कोष ८४ अर्ब ५३ करोड १९ लाख रुपैयाँले घाटामा गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजस्व असुलीमा सुधार नभएकाले वैशाख महिना लागेपछि यस्तो घाटा झन् बढेको अनुमान छ । राष्ट्र बैंकको तथ्यांकअनुसार… पुरा पढौ

नेपाल विज्ञापन संघ (आन) द्वारा आन्दोलनको घोषणा

नेपाल विज्ञापन संघ आनद्वारा आज बैशाख २७ गते बुधबार रोयल बैकेट तिनकुनेमा सरकारद्वारा जारी गर्न लागेको विज्ञापन नीतिको विरोधमा कार्यक्रम गरियो । उक्त कार्यक्रममा हाल सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्धार नितिको विषयमा आनले बिरोध जनाउँदै श्रृखलावद्ध विरोधको कार्यक्रमको घोषणा गरेको छ । विरोेधको कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सोम प्रसाद धितालबाट यो विरोध कार्यक्रम विज्ञापनमा एकद्धार नीतिको विरुद्ध हो भन्दै विज्ञापन बोर्डको गलत कृयाकलापको लागि रहेको बताउनु भयो ।साथै कार्यक्रममा अध्यक्ष धितालले देश आर्थिक रुपमा कमजोर रहेको अवस्थामा देशमा ठूल–ठूला… पुरा पढौ

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनको प्रदर्शन

नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंमा आज प्रदर्शन गरेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै आन्दोलनले संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरेको हो । अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद तथा उनीहरूका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट ढाकछोप भइरहेको भन्दै नागरिक आन्दोलनले खबरदारी पनि… पुरा पढौ

अदालतभित्रै हुन्छ अत्याचार

०६७/१/७ गते विवादित नेपाली नागरिकता भएका भारत विहार सारन जिल्ला थाना तरेया गाउँ पिपरा निवासी मुर्लीप्रसाद श्रीवास्तवले जग्गाका लागि मुद्दा–मामिला हेरिदिनका लागि मात्र वीरगञ्ज महानगरपालिका–१९ का इस्माईल मियाँ हजामलाई अधिकृत वारेसनामा पर्सा जिल्ला अदालतमा लेखिदिएकोमा मियाँसँग रहेको अधिकृत वारेसनामामा मुद्दा–मामिला हेरिदिन रहेको शब्दबाहेक जग्गाहरू खरिद–बिक्री गर्न सक्ने समेतको शब्द थप गरी इस्माइलले तथा उसका ज्वाइँ पर्ने तत्कालीन नगरदाहा गाविस–३ हाल बहुदरमाई नगरपालिका–३ का अजित मियाँ हजामका छोरा तथा उनका मतियार भई किर्ते ठगीमा सहयोग पु¥याइदिने केही कानुन व्यवसायीको मिलोमतो यतिखेर… पुरा पढौ

मन्त्री खेलाउने शक्तिशाली बिचौलिया

देशमा बिचौलियाहरू कति शक्तिशाली छन् भन्ने कुरा हालैको शरणार्थीसम्बन्धि मुद्दाले देखाएको छ । मन्त्री र सचिव फेरिदा पनि एक बिचौलिया समूहले पाँच वर्षसम्म गृह प्रशासनलाई आफु अुनुकल चलाएर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयास गरेको थियो । तिनै बिचौलियाको जालमा पर्दा बहालवाला सचिव नै यतिबेला प्रहरी हिरासतमा पुगेका छन् । रामचन्द्र भट्ट र तारानाथ सापकोटा सचिव टेकनारायण पाण्डे एक सातादेखि प्रहरी हिरासतमा छन् । कुनै समय राम्रो छवी भएका उनलाई यो अवस्थामा पु¥याउने बिचौलिया समूह नै भएको जानकारहरू बताउँछन्… पुरा पढौ

३ कोठे शौचालय बनाउन ५९५ बोरा सिमेन्ट

 गल्याङ नगरपालिका–६ पिडिखोलास्थित नरोदय माविमा निर्माण गरिएको ३ कोठे शौचालयमा ५ सय ९५ बोरा सिमेन्ट प्रयोग भएको छ । शिक्षक अभिभावक संघले विद्यालयको सामाजिक लेखापरीक्षण गर्नेक्रममा शौचालय निर्माण गर्दा ५ सय ९५ बोरा सिमेन्ट खर्च भएको देखिएको हो । एउटै बिलमा ५ सय ९५ बोरा सिमेन्ट खरिद गरेको देखिएपछि शौचालय निर्माणमा अनियमितता भएको आशंका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले गरेको छ । विद्यालयलाई शौचालय बनाउन पुनर्निर्माण प्राधिकरणले १४ लाखभन्दा बढी रकम दिएको थियो । त्यति रकमले शौचालय बनाउन… पुरा पढौ

‘गैरसरकारी संस्थाले सूचना
नदिए पुनरावेदन गर्नुस्,
आयोगले दिलाउँछ’

सूचना आयुक्त रत्नप्रसाद मैनालीले कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियगैरसरकारी संस्था सूचनाकोहकसम्बन्धी कानुनको दायराभन्दा बाहिरनरहेको बताउनु भएको छ । राष्ट्रिय सूचनाआयोगको आयोजनामा सूचनाको हककोकार्यान्वयनका लागि सिन्धुली जिल्लाकोकमलामाई नगरपालिकामा आयोजित अन्तक्र्रियात्मक अभिमुखीकरणकार्यक्रममा सूचना आयुक्त रत्नप्रसाद मैनालीलेगैरसरकारी संस्थाले पनि कानुनको पालनागर्नु पर्ने उल्लेख गर्दै कानुनको पालना नगरेउन्मुक्ति नपाउने बताउनु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि कमलामाईनगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेललेगैरसरकारी संघसंस्थामा आर्थिक पारदर्शितानभएको उल्लेख गर्दै सेवामूलक संस्थाकासञ्चालक नाफामुखी भएको बताउनु भएको थियो ।गैरसरकारी संघसंस्थाले सामाजिक काममाआएको पैसा कुन–कुन काममा कति–कतिखर्च गरे भन्ने कुराको जानकारी नदिईपारदर्शिता… पुरा पढौ