समाचार

सूचनाको हकको लागि अदालतको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सूचनाको हक कार्यन्वयनमा उच्च अदालतको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न . कार्यक्रममा प्रमुख अतिथि उच्च अदालतका मा मूख्य न्यायधिश महेश प्रसाद पुडासैनी, आयाेगका प्रमुख सूचना आयुक्त र मा न्यायधिशहरु, आयाेगका आयुक्त द्वय र सचिव, रजिष्ट्रार तथा कर्मचारीहरुकाे सहभागिता पुरा पढौ

काठमाण्डौमा सुन्दरी युवती प्रयोग गरेर रकम असुली गर्ने गिरोह सक्रिय

राजधानी काठमाण्डौमा सुन्दर युवतीहरु प्रयोग गरेर रकम असुली गर्ने गिरोह सक्रियका छ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना नक्कली पत्रकारसहित रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार, प्रहरीले उक्त गिरोहमा संलग्न मध्ये पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७, सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ–५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामालाई पक्राउ गरेको… पुरा पढौ

गैरकानूनी सम्पत्ति आर्जन गर्ने विरुद्व अख्तियार द्वारा मुद्दा दायर

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भिमकान्त भण्डारी मिति २०७३/०६/२१ मा रा.प.अनं. प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७७/०४/०१ मा स्वेच्छिक अवकाश भएको र सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा निज भिमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज… पुरा पढौ

भिन्तुना युवा क्लवले गर्यो पालिखेचोकको फाल्चा निर्माणको काम रोक्न माग

भिन्तुना युवा क्लवले पोखरा ले पालिखेचोकमा फाल्चा निर्माण कार्य रोक्न माग गरेको छ । पोखरा महागनरपालिका–३ स्थित पालिखेचोकमा फाल्चा निर्माण रोक्न क्लवले माग गरेको हो । वडा कार्यालयमार्फत नगरपालिकाले वजेट विनियोजन गरेर निर्माण गर्न लागेको विषयमा क्लबका पदाधिकारीहरुको बैठक बसेर महानगरपालिकालाई निर्माण रोक्न  पत्र समेत पठाएको छ । उक्त स्थानमा फाल्चा निर्माण गर्दा भविष्यमा तेर्सापट्टीको समग्र विकासमा वाधा पुग्ने भएकोले हाललाई निर्माण रोक्न माग गरेको क्लवका अध्यक्ष राजन श्रेष्ठले बताए । सम्बन्धीत निकाय तथा सरोकारवालाहरुलाई सो फाल्चा निर्माण रोक्नुपर्ने आशयसहितको… पुरा पढौ

कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह – प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने “कमेडी हव” माग्नेबुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन ्। राम राजेन्द्र, हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भाग सम्म प्रशारण भईसकेको छ । पुरा पढौ

नवनियुक्त राजस्व अनुसन्धान विभाग महानिर्देशकले गरे पदभार ग्रहण

राजस्व अनुसन्धान विभाग महानिर्देशकमा सहसचिव झलकराम अधिकारीले जिम्मेवारी पाएका छन्। अधिकारीले बुधबार पदभार ग्रहण गरेका हुन्। महानिर्देशकबाट प्रकाश पौडेल बिदा भएसँगै सो जिम्मेवारीमा अधिकारी आएका हुन्। पौडेल महानिर्देशक बनेको ८ महिना नपुग्दै सरुवा भएका हुन्। उनी सञ्चार मन्त्रालय जाने तयारी गरेका छन्।  अधिकारी भने यसअधि ४ महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसेका थिए।  अघिल्लो हप्ता मात्रै अधिकारीको संघीयबाट मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए। कार्यालयले अधिकारीलाई महानिर्देशकको जिम्मेवारी पाएसँगै कार्यभार सम्हालेका हुन्। अधिकारी यसअघि वातावरण विभागका महानिर्देशक… पुरा पढौ

डिशहोम फाइबर नेटको उदयपुरस्थित गाईघाटमा सेवा विस्तार

डिशहोम फाइबर नेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबर नेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिश होमले गाईघाटमा आफ्नो सेवा विस्तार गरेको हो ।  काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगंज ,धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबर नेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।  समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिश होम फाइबर… पुरा पढौ

बिद्यालय कोषको रकम हिनामिना

जिल्ला रामेछाप, कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बा-३ का प्रधानाध्यापकसमेतले विद्यालय भवन निर्माण गर्दा बिद्यालय कोषको रकम आफूखुशी झिकी भवन निर्माणमा खर्च देखाई व्यक्तिगत लाभ लिई निर्माण समाग्रीहरु लुकाई विक्री वितरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेल समेतले बिद्यालय कोषको रकम खर्च गर्दा कानुनको परिपालना नगरी अनावश्यक रुपमा खर्च भएको भनी बिद्यालय कोषको रकम निकाली अस्वभाविक आधार प्रमाण देखाई रु.१२,८४,१२२।७३ हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा निजहरु… पुरा पढौ

जनप्रियले संझियो गणेशमान पालिखेलाई गंगादेवीद्वारा ४ लाखको अक्षयकोष स्थापना

मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नुपर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा गणेशमान पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले रक्तचन्दनको वृक्ष रोपी कार्यक्रमको उद्घाटन गरिन । गंगादेवीले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले हरेक वर्ष पालिखेको स्मृति दिवसका अवसरमा प्रदान गर्ने गरी अक्षय… पुरा पढौ