समाचार

नक्कली नोटकाे काराेवार बढ्दै, काठमाडौं र सुनसरीबाट नक्कली नोटसहित तीनजना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँके नेपालगंज घर भई काठमाडौं बागबजारस्थित होटलमा बस्ने ३२ वर्षीय सादाय हलुवाई रहेका छन् । गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती क्षेत्रमा नक्कली नोटहरुबाट सामान किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सम्झना गहतराजलाई एक हजारको १ थान नक्कली नोटसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा काठमाडौं बागबजारस्थित सादाय हलुवाईको कोठाबाट एक… पुरा पढौ

लिखत सम्बन्धी कसुरकाे आराेपमा आइजीपी कुँवरका मित्र पत्रकार भण्डारी पक्राउ

जिल्ला प्रहरी परिसर काठमाण्डौंले जिल्ला गुल्मी साविक दोहली गा.बि.स. हाल परिवर्तित ईश्मा गा.पा. वडा नं. ४ घर भई हाल काठमाडाैं महानगरपालिका वडा नं. ३२ बस्ने वर्ष ४० को मदन बाबु भण्डारीलाइ लिखत सम्बन्धी कसुर गरेको आराेपमा पक्राउ गरेकाे पुष्टि गरेकाे छ ।  जिल्ला प्रहरी परिसर काठमाण्डौंमा जाहेरी परेकोले  काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निजलाई थप अनुसन्धानको लागी मिति २०८०।०१।२३ गते पक्राउ गरिएको प्रहरीले उल्लेख गरेकाे छ ।  जिल्ला प्रहरी परिसर काठमाण्डौंका अनुसार, मदन बाबु भण्डारीलाई २०७०।०१।२७ गते ईलाका प्रहरी… पुरा पढौ

हल्दिबारीले बिकाश बजेट काटेर चालू खर्चमा बढायो

झापाको हल्दिबारी गाउँपालिकाको  १४ औं  गाउँसभाले चालू आर्थिकबर्षको बजेटमा दोश्रो संशोधन गर्दै चालू खर्चको केही शिर्षकमा खर्च बढाएको छ।  यसअघि १३ औं गाउँसभाले समेत पहिलो पटक बजेट संशोधन गर्दै रकमान्तर गरेको थियो भने चालू आर्थिक बर्षको अन्तिममा आएर बैशाख १५ गते फेरि बजेट संशोधन र रकमान्तर गरेको हो। हल्दिबारीका ठूला बिकास अायाेजनाहरू कुलुङ्गे चाेकबाट ढडुवा हुदै जम्बा चाेक पश्चिम हुलाकी राजमार्ग जाेड्ने सडक कालाेपत्रे अायाेजनाकाे बजेट ९ लाख काटिएको छ। त्यसैगरी जनजागृति मा बि बाट किराँत चाेक हुदै लाटि हाेलि जाेड्ने… पुरा पढौ

आयोगको प्रतिबेदन संसदीय समितिमा छलफल भएन: आयुक्त गुरुङ

राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ । आयोगको १६औँ स्थापना दिवसका अवसरमा जारी प्रतिबद्धतामा सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै नागरिकको सशक्तीकरणद्वारा सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान गर्ने उल्लेख छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङद्वारा जारी प्रतिबद्धतामा भनिएको छ, “मौलिक हकका रुपमा रहेको सूचनाको हकको कार्यान्वयनको प्राथमिक दायित्व सार्वजनिक निकायको हुन्छ… पुरा पढौ

मुस्ताङमा चोरी गरी फरार रहेका अभियुक्त जगातिबाट पक्राउ

मुस्ताङमा चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका-२ लामा टोलका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यविनायक-५ जगातिबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, मुस्ताङ पठाइएको प्रहरीले जनाएको छ । उनले २०७९ साल पुस १२ गते  मुस्ताङ बारागुङ गाझ्यालबाट स्थित छिरिङ खाजा घरको १ व८ामा प्रवेश गरी ५ लाख चोरी गरी फरार रहेको प्रहरीको आरोप छ । पुरा पढौ

मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई हाल ललितपुरको भैंसेपाटी बस्‍ने २५ वर्षीय विजय भन्‍ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका-७ धुल्खु घर भई हाल बौद्ध नयाँबस्‍ती  बस्‍ने २८ वर्षीय हेमा भन्‍ने सुजन तामाङ रहेका छन् । उपत्यकाका विभिन्‍न स्थानबाट मोटरसाइकलहरू चोरी हुने गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार विजय भन्‍ने लोकबहादुर पाख्रिनलाई भैंसेपाटीबाट पक्राउ… पुरा पढौ

प्रज्ञा–प्रतिष्ठानको राजनीतिक नियुक्ति गलतको हातमा ? कुलपतिसहितका पदाकाधिकारी रारा सयरमा

नेपाल प्रज्ञा प्रतिष्ठानमा मनलाग्दी निर्णयहरू भएको पाइन्छ राजनीतिक नियुक्तिमा सहि मानिस रहे कि रहेनन परे कि परेनन हेर्न जान्न बुझ्न मन लागे यहा आए हुन्छ भनेर कर्मचारी बताउने गर्छन । प्रगतिशील लेखक सङ्घ नेपालको केन्द्रीय परिषद् बैठक र केन्द्रीय समितिको बैठक नेपाल प्रज्ञा–प्रतिष्ठानको खर्चमा गर्न लागिएको खुलेको छ । प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरी, कोषाध्यक्ष बाबा बस्नेत, केन्द्रीय सदस्य डा. कौशिला रिसाल, सदस्य डा. कृष्णराज अधिकारी, परिषद् सदस्य अगिव बनेपाली र प्रलेसका सल्लाहकार डा. धनप्रसाद सुवेदी, भूपाल राई नेपाल प्रज्ञा–प्रतिष्ठानका… पुरा पढौ

काभ्रेमा कर छल्ने र बेरुजु बढाउने को–को ?

काभ्रेपलाञ्चोकस्थित सरकारी कार्यालयहरूको लेखापरीक्षण सकिएको छ । ०७८र७९ को लेखापरीक्षण सम्पन्न गरी सम्बन्धित कार्यालयमा प्रतिवेदन बुझाइएको छ । जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु हुने पालिका पनौती हो । कम बेरुजु हुने पालिकाको रूपमा फेरि पनि महाभारत गाउँपालिकाले बाजी मारेको छ । उसको कूल कारोबारमा ०.२६ प्रतिशत बेरुजु देखिएको छ । महाभारतपछि कम बेरुजु भएको पालिका तेमाल हो । उसको ०.७६ प्रतिशत बेरुजु छ । पनौती नगरपालिकाको सबैभन्दा धेरै ११.२९ प्रतिशत बेरुजु छ ।  पनौतीमा संघ सरकारले… पुरा पढौ

पुर्ब गृहसचिवकै जन्ममितिमा गडबडी

दुई थरी जन्ममिति भएको नागरिकता बोक्दा पूर्व प्रधानन्यायाधीश, न्यायाधीशदेखि प्रहरी र सेनाका हाकिमहरूसम्म फन्दामा परिसकेका छन् । आइजिपिका दाबेदार अशोक सिंह यहि कारण राजिनामा दिन बाध्य भए यही विषयले पूर्वगृहसचिव सुर्य प्रसाद सिलवाल समेत अप्ठ्यारोमा पर्ने देखिएको छ । झण्डै २ वर्ष गृहसचिव चलाएका र हाल वीमा समितिमा पुगेका सूर्य प्रसाद सिलवालमाथि यस्तो संकट आइलागेको हो । हिजो उनी आफैँले हाँकेको अड्डामा अहिले उनको नागरिकता छानबिनको माग गर्दै उजुरी परेको छ । राहदानीमा एकथरी र नागरिकतामा अर्कैथरी जन्ममिति भेटिएपछि विरोधीहरुले… पुरा पढौ

ग्राभेल उत्खननमा रोक लगाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढीमाइ नगरपालिकामा अबैध रुपमा संचालनमा रहेको ग्राभेल खानी उत्खननमा रोक लगाएको भन्दै  ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेमाथि हातपात गरेका हुन । अधिकृतसहित अन्य कर्मचारीहरुलाई गालीगलौज गर्नेहरुमाथि कार्वाहीको माँगगर्दै  कर्मचारीहरुले अनिश्चितकालको लागी कामकाज ठप्प गर्ने घोषणा गरेका छन्। कमलामाई सप्लायर्स धनुषका संचालक वेचन शर्माको नेतृत्वमा आएका ५/७ जनाको समूहले २०८० वैशाख १५ गते शुक्रवार अपरान्ह… पुरा पढौ