समाचार

गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष माथि भ्रष्टाचारको मुद्धा

जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा निज केशवनन्द बनिया मिति २०७४।०३।१४ गतेको स्थानीय निर्वाचनबाट निर्वावित भई जिल्ला रूपन्देही, मर्चवारी गाउँपालिकाको अध्यक्ष मिति २०७४।०३।२१ देखि मिति २०७९।०१।०९ सम्म पदमा रही काम गरेको देखिंदा निजले सार्वजनिक पद धारण गरेको मिति २०७४।०३।२१ गतेदेखि मिति २०७८।११।३० गतेसम्मको अवधिलाई जाँच अवधि मानी सोही जाँच अबधिमा स्वआर्जित तथा सिर्जित सम्पत्ति एवं लगानी तथा खर्चहरुका सम्बन्धमा निज केशवनन्द बनिया गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएदेखि जाँच अवधिसम्ममा… पुरा पढौ

रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग रु.३०,०००।– घुसको माग

वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा प्रमोद पाण्डेलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डेले बैंक खाता सुचारु गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भनी… पुरा पढौ

कागजको घोडा हैन : प्राविधिक शिक्षा

दार्शनिक अरस्तुले भनेका छन् शिक्षाको कार्य स्वस्थ्य शरीरमा स्वास्थ्य मनको निर्माण गर्नु हो | यसैलाई टेवा पुग्ने गरी दार्शनिक जोन लकले थपेका छन ,जसरी बोटविरुवाको विकास गोडमेल द्वारा हुन्छ ,ठिक त्यसै गरी मानिसको विकास शिक्षा द्वारा हुन्छ | सृस्टीको प्रारम्भ देखि शिक्षा ,समाज एव मानव जीवन संग टासीएको छ |किनभने शिक्षाको सम्बन्ध जीवन संग छ | जवसम्म विश्वमा जीवको अस्तित्व रहिरहन्छ तव सम्म शिक्षाको प्रक्रीया चलीनै रहन्छ | यसर्थ कितावका पानामा छापिएर रटाइएको ज्ञान मात्रै शिक्षा र सर्टिफिकेटमा अङ्क धारी… पुरा पढौ

गाउँपालिका अध्यक्ष केशवनन्द बनिया ले ९२ लाख भ्रष्टाचार गरेको आरोप

मर्चवारी गाउँपालिका, रुपन्देहीका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । १४ असार २०७४ मा पालिका अध्यक्षमा निर्वाचित भएका बनियाँ ९ वेशाख २०७९ सम्म पदमा थिए । अख्तियारले २१ असार २०७४ देखि ३० फागुन २०७८ सम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो, जसमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको… पुरा पढौ

सेयरको भित्री कारोबार कसुरमा व्यवसायी गुरू न्यौपानेविरुद्ध मुद्दा दर्ता

 नेपाल धितोपत्र बोर्डले ऊर्जा व्यवसायी गुरूप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ । धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै बोर्डले न्यौपानेविरूद्ध मुद्दा दर्ता गरेको हो । ८ चैतमा सकारी वकिलकको कार्यलयले काठमाडौं जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो । रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा उनले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख रुपैयाँ अनाधिकृत लाभ आर्जन गरेको देखिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो… पुरा पढौ

न्यूरोडबाट स्रोत नखुलेको रकम र सुनसहित दुई पक्राउ

जनसेवा प्रहरी वृत्त न्यूरोडले स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका २४, इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रुपैयाँसहित तनहुँको भानु नगरपालिका–६ का ४१ वर्षीय सञ्जय खनाललाई पक्राउ गरिएको जनसेवाका डीएसपी भेषराज रिजालले बताए । पक्राउ परेका खनालबारे थप अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइने उनले बताए । यसैबीच प्रहरीले एउटा सुनको ढिक्का र औंठीसहित भारतीय नागरिक आसलम सेखलाई पनि पक्राउ गरेको छ । उनको साथबाट सुनको ढिक्का ११७.१७ ग्राम र… पुरा पढौ

वडा अध्यक्ष र वडा सचिव मिलेर खाए ५०,०००।- घुस, परे अख्तियारको फन्दामा

जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई सेवाग्राहीबाट रु. ५०,०००।- (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट मिति २०७९।१२।०८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ… पुरा पढौ

तिस हजार घुस खाएका नायब सुब्बा प्रमोद पाण्डे लाइ कैद र जरिवाना होला ?

वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा प्रमोद पाण्डेलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डेले बैंक खाता सुचारु गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भनी… पुरा पढौ