समाचार

पिताश्री प्रजापिता ब्रह्माबाबाको ५४ औं स्मृति दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न

ओम् शान्ति! २०७९ माघ ४, बुधबार प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक, पिताश्री प्रजापिता ब्रह्माबाबाको ५४ औं स्मृति दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय नयाँबजार पोखरामा अव्यक्त योग साधना भट्टी कार्यक्रम भव्यताका साथ सम्पन्न । ब्रह्माकुमारीज गण्डकी प्रदेश उपाध्यक्ष वरिष्ठ राजयोगिनी ब्रह्माकुमारी सावित्री दिदी ज्यूको सभाध्यक्षता एवम् विश्वहिन्दु महासंघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल ज्यू, पतंजली योग समिति गण्डकी प्रदेश अध्यक्ष दिपकराज सिग्देल ज्यूको विशेष आतिथ्यतामा ब्रह्मा बाबाप्रति श्रद्धा सुमन अर्पण गरेर योग साधना भट्टीको समुद्घाटन… पुरा पढौ

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ ।  वडा नं ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गलमा घाँस काट्न जानुभएका माझीलाई आज बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए । एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जङ्गलमा ठूलो समूहमा हात्ती आएर बस्दै आएका छन् । रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको… पुरा पढौ

पर्सामा माघ ९ र १० गते फाइजर खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय

पर्साका १४ वटै पालिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति पर्साले माघ ९ र १० गते फाइजर खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । फाइजर खोप लगाएका बालबालिकामा कोभिड–१९ को संक्रमणबाट हुने जटिलता कम देखिएको चिकित्सकहरु बताउँछन् । स्वास्थ्य कार्यालय पर्साले खोप अभियान सञ्चालनका लागि सबै पालिकाहरुमा समन्वय गर्ने, खोप अभियान सञ्चालनका लागि जिल्ला स्थित शिक्षक महासंघ रेडक्रस, प्याब्सन, एनप्याब्सन, अभिभावकसँगसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको… पुरा पढौ

सहकारी संस्थाका अध्यक्ष यादव पक्राउ

ठगी आरोपमा प्रहरीले धनुषाको न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई पक्राउ गरेको छ । उनीविरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्ध जिल्ला अदालत धनुषाले पुस २९ गते पक्राउ पुर्जी जारी गरेको थियो । यादवलाई जनकपुर उपमहानगरपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ । पुरा पढौ

आयोगद्वारा सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्धाहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये घुस/रिसवत सम्बन्धी ४(चार) वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।०९।२६ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ । पुरा पढौ

इन्जिनियर साह रु. १,४०,०००।-घुस रकमसहित नियन्त्रणमा

जिल्ला सप्तरी, शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले  निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर रामचन्द्र साहलाई सेवाग्राहीबाट रु.१,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट मिति २०७९।१०।०३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

४० लाख बराबरको मालबस्तु बरामद

 प्रहरीले राजश्व छली गरेर ल्याएको सामान बोकेको आशंकामा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाको चण्डाल चोकबाट ना ३ ख ०८२३ नम्बरको ट्रक र बीआर ०५ जीसी ०२१५ नम्बरको भारतीय ट्याक्टर नियन्त्रणमा लिएको हो । पुस २९ गते राति साढे ८ बजेको समयमा बिल बिजक भन्दा बढी सामान रहेको सूचनाको आधारमा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । ट्याक्टरको अन्दाजी मूल्य १५ लाख र ट्रकको २५… पुरा पढौ

पुस मसान्तसम्म ४ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ६ महिनामा सरकारले लक्ष्यको ३२.७१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यसमा सबैभन्दा धेरै संकलन पुस महिनामा भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस महिनामा मात्र १ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिना आयकरको पहिलो किस्ता बुझाउने महिना समेत हो । सोहीकारण अन्य महिनाको तुलनामा पुसमा बढी राजस्व उठेको हो । पुस मसान्तसम्म ४ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस… पुरा पढौ

९० वटा अवैध खसीबोका नियन्त्रणमा

इलाका प्रहरी कार्यालय बर्दघाटले ९० वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मण रास्कोटीको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खसीबोका नियन्त्रणमा लिएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा १ ख २९१६ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा बिनाकागजपत्र ल्याउँदै गरेको अवस्थामा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका–६ टिसिएन चोकमा चेकजाँच गर्दा खसीबोकासम्बन्धी कुनै पनि कागजपत्र नभएकोले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार पशुपंक्षी ओसारपसार गर्दा कुन जिल्ला लैजाने खोल्नुपर्ने… पुरा पढौ

मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन

पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सोमवार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।  क्याबिन क्रु एशोसिएशन अफ नेपाल एयरलाइन्सले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो । आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको… पुरा पढौ