समाचार

गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते

रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल)बाट पैसा लुटेर भागेका छन् । प्रारम्भिक अनुसन्धानबाट २५ हजार लुटपाट भएको खुल्न आएको छ । गोली हान्नेहरू पल्सर मोटरसाइकलमा आएका थिए । राति पौने १२ बजेतिर गोली प्रहार भएको र घटनाबारे अनुसन्धान भइरहेको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज… पुरा पढौ

भ्रष्टाचार विरुद्धको एक उदारणीय लडाई

भारतमा एक व्यक्तिले २२ वर्षपछि रेलको महँगो टिकटसम्बन्धी मुद्दा जितेका छन्। सन् १९९९ मा दुईवटा टिकट किन्दा तुङ्गनाथ चतुर्वेदीले २० भारतीय रुपैयाँ बढी तिर्नुपरेको थियो। पेसाले उनी वकिल हुन्। उनले उत्तर प्रदेशको मथुरा क्यान्ट रेल्वे स्टेशनबाट अन्यत्र जान टिकट किनेका थिए। गत साता एउटा उपभोक्ता अदालतले चतुर्वेदीको पक्षमा फैसला गरेको छ अनि रेलवे कम्पनीलाई ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको छ। “म यो मुद्दामा १०० वटाभन्दा बढी सुनुवाइमा सहभागी भएको छु,” ६६ वर्षीय चतुर्वेदीले भने। “यो मुद्दा लड्दा मैले लगानी… पुरा पढौ

ठूलो मात्रमा लागू औषध सहित तीन जना पक्राउ

मिति २०७९।०४।२८ गते अन्दाजी १९:४५ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० पावरहाउस चोक स्थित वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा नारायणगढबाट पोखरातर्फ आउँदै गरेको माईक्रो बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नं.६ बस्ने वर्ष २० को बिशेष भन्ने प्रहलाद लोहार, जिल्ला पर्बत मोदी गा.पा. वडा न.-६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा न.-१० बस्ने वर्ष २६ को सबिन के.सी. र जिल्ला कास्की पोखरा म.न.पा.… पुरा पढौ

मोहन्याल गाउँपालिका, कैलालीका अधिकृत बिरुद्ध भ्रष्टाचारको मुद्धा

जिल्ला कैलाली, मोहन्याल गाउँपालिकाका अधिकृत छैठौं दीपेन्द्र बुढाक्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. ३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कन्चनपुरबाट खटिई गएको टोलीले निज दीपेन्द्र बुढाक्षेत्रीलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०४।०१ गते नियन्त्रण लिएको थियो । अनुसन्धानको सिलसिलामा मोहन्याल गाउँपालिका, कैलालीका अधिकृत छैठौं दीपेन्द्र बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.१४,०००।– बैंक खातामा ट्रान्सफर गर्न लगाएको र रु.… पुरा पढौ

२०७९ असार मसान्तसम्म थपिए ८ लाख बढी करदाता

नेपालमा एक वर्षको अवधिमा ८ लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयको तथ्यांक अनुसार स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाता आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा ८ लाख ४ हजार ४१५ ले थप भएको हो । अर्थ मन्त्रालयका अनुसार २०७८ असार मसान्तसम्म नेपालमा ४४ लाख ६१ हजार २७ करदाता रहेका थिए । यो संख्या २०७९ असार मसान्तसम्म आइपुग्दा ५२ लाख ६५ हजार ४४२ रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । नेपालमा सबैभन्दा धेरै करदाता स्थायी… पुरा पढौ

सडक निर्माणको काम अलपत्र हुनाले जीप संगै डोजर दौडाउनुपर्ने अवस्था

बैतडी - ३ बर्ष अघि सुरु भएको बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र सम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम अलपत्र परेको छ । सडक कालोपत्रे नहुदाँ बर्षातको समयमा यात्रा गर्न असहज भएको छ । हिलाम्य सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखीम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जीप चालक तिलक धामीले बताए । उनले भने,‘कालोपत्रे भए १घण्टा भित्रै पुगिनेमा अहिले करिब ४ घण्टा लाग्छ । एकदुई पटक आवतजावत गर्दा गाडीका पाटपुर्जाहरु खराब हुन्छन् । करिब दर्जन ठाउँमा पहिरो गइरहन्छ । सडक गुणस्तरीय नभएकाले… पुरा पढौ

बिद्यालयमा सूचना अधिकारी तोक्न सिडियोको आदेश

सामुदायिक बिद्यालयहरुमा सूचना अधिकारी तोक्न सिरहाका प्रमुख जिल्ला अधिकारीले आदेश गरेको छ ।सूचनाका अभियन्ता परशुराम साहले ,सूचनाको हक सम्बन्धि ऐन, नियमावलीमा भएको ब्यवस्था कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्र गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा  लिखित निबेदन दिएपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले त्यस्तो आदेश गरेको हो ।प्रजिअ कवाडीले, सामुदायिक बिद्यालयहरुलाइ ऐनमा भएको ब्यवस्था कार्यान्वयनका लागी सामुदायिक बिद्यालयहरुलाइ निर्देशन दिन शिक्षा बिकास तथा समन्वय इकाइलाइ आदेश दिइएको हो ।सूचनाको हक सम्बन्धि ऐन ,२०६४ को दफा ६ को उपदफा १ र सूचनाको हक… पुरा पढौ

एउटा म्यानपावरको कार्यालयभित्र अर्कै म्यानपावरको काम

वैदेशिक रोजगार विभागले बिहीबार सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा छापा मारेको छ।  विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा छापा मारेको हो।  छापा मार्ने क्रममा विभागले केही कागजात र ८७ थान पासपोर्ट जफत गरेको छ। एउटा म्यानपावरको कार्यालयभित्र अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले जफत गरेको हो।  उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएका थिए।  ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा… पुरा पढौ

इन्जिनियर रामबाबु यादव बिरुद्ध शैक्षिक योग्यताको झुट्टा नक्कली प्रमाणपत्र सम्बन्धी मुद्धा

जिल्ला ओखलढुंगा, खानेपानी तथा सरसफाई डिभिजन नं. २, मा कार्यरत सव-इन्जिनियर रामबाबु यादवको योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज रामबाबु यादवले श्री सुनसरी टेक्निकल कलेज, धरानबाट उत्तीर्ण गरेको भनी Diploma in Civil Engineering को प्रमाणपत्रहरु, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स, नक्कली बनाई सरकारी लाभ वा सुविधा प्राप्त गर्ने उद्देश्यले तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नं. २, ओखलढुंगामा पेश गरी २०७६ भाद्रदेखि २०७७ असार मसान्तसम्म बहाल रही लाभ र सुविधा लिएको देखिएकोले तत्कालीन निज रामबाबु… पुरा पढौ

नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ साउन २४ र २५ गते सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरुको प्रभावकारिता सम्बन्धमा नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँगको अन्तरक्रिया कार्यक्रम अन्तर्गत राष्ट्रिय योजना आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय,ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, अर्थ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालय,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,… पुरा पढौ