समाचार

थपिदै अटेरी उम्मेदवार

पोखरा । अटेरी उम्मेदवारको संख्या दिनानुदिन थपिदै छ । स्थानीय तहलाई दल रहित बनाउने उद्देश्य बोकेर पोखराबाट सुरु भएको अटेरी अभियानमा उम्मेदवारी दिनेको संख्या बढ्दै गएको हो । हालसम्म देशभर १ सय ५० जनाले आउदो स्थानीय तहबाट उम्मेदवारी घोषणा गरि सकेका छन् । पोखराबाट मात्रै १२ वडामा अटेरी उम्मेदवारी घोषणा भएको छ । ‘तपाईंहरुलाई थाहै छ, अहिले अटेरी अभियानमा सामेल हुनेको संख्या दिनहुँ बढी रहेको छ । देशभर डेढ सय बढीको उम्मेदवारी घोषणा गरि सक्नु भएको छ,’ अटेरी अभियानका निर्वाचन… पुरा पढौ

चुनाव जित्न पैसा कि एजेन्डा ?

 निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई… पुरा पढौ

लाइसेन्स परीक्षामा भारतीय नक्कली परीक्षार्थी

सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय, लुम्बिनीले लिएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका चार जनालाई प्रहरीले समातेको हो । पक्राउ परेकामध्ये दुई जना नेपाली र दुई जना भारतीय रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । रुपन्देहीको देवदह नगरपालिका–७ का २२ वर्षीय उदयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारतको उत्तर प्रदेश जिल्लाको महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र १९ वर्षीय महिप बर्मा पक्राउ परेका… पुरा पढौ

बालुवाटार बिचौलिया भनेर चिनिने चन्दने ले यौटै ठेक्का मा २५ करोड सेटिंग मिलाउन नसकेपछि

जमलमा निर्माण हुँदै गरेको राष्ट्रिय पुस्तकालय भवनको विवादित ठेक्का प्रक्रिया टुंगो लगाउने अन्तिम तयारीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लागेको खबर छ । राष्ट्रिय पुस्तकालय भवनको बोलपत्र सूचना निकालेदेखि नै प्रतिष्ठा निर्माण सेवालाई ठेक्का दिनेगरी सेटिङ गरिएको बिषयमा समाचार सार्वजनिक भएपछि शिक्षा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले आफूलाई भएको अधिकार सहसचिव युवराज सुवेदीलाई प्रत्यायोजन गरेको खबर छ  ।  पुस्तकालय भवनको निर्माणका लागि ७५ करोडको लागत अनुमान गरिएकोमा प्रतिस्पर्धा गराउँदा ५० देखि ५५ करोड रुपैयाँमा बोलपत्र प्रस्ताव पर्न सक्ने अवस्था विद्यमान थियो… पुरा पढौ

जसपा नेता धर्मेन्द्र प्रसाद पटेल र सामुदायिक वन उपभोक्ता समुहका सचिव दिपक थापा मगर र जनक थापा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला रौतहट, देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग रु.५,००,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, निजका सहयोगी अशोक प्रसाद पटेललाई सेवाग्राहीबाट घुस/रिसवत बापत रु.२,५०,०००।– (दुई लाख पचास हजार रुपैयाँ) नगद र रु. २,५०,०००।– (दुई लाख पचास हजार रुपैयाँ) को चेक लिइसकेको अवस्थामा मिति २०७८।११।१५ गते नियन्त्रणमा लिइएको… पुरा पढौ

भरतपुर का टोल–टोलमा आपत्कालीन राहत कोष स्थापना

बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन् । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका हुन् । हिजो भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत उनले वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग गरेका हुन् । हरेक कोषमा सुवेदीले रु. ५० हजार आर्थिक सहयोग गरेका छन् । यसअघि उनले भरतपुर–२ को इन्द्रेणीटोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न… पुरा पढौ

१०० भन्दा बढीलाई ट्रयाल पास गराइदिने व्यक्ति पक्राउ परेकै दिन छुटे

सवारी चालक अनुमतिपत्र(लाइन्सेस)को लिखित तथा प्रयोगात्मक(ट्रायल) परीक्षामा सहभागी भाडामा परीक्षार्थीलाई पक्राउ गरी मुद्दा नचलाई छाडिएको छ । यसमा यातायात कार्यालय र प्रहरीको भुमिका शंकास्पद देखिएको छ । यातायात व्यवस्था कार्यालय, ठूलो भ¥याङले आइतबार गुर्जुधारास्तित ट्रायल सेन्टरमा एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले झन्डै एक सय व्यक्तिको परीक्षा दिइसकेको बताए । तर, ती व्यक्तिलाई कारबाही नगरी छाडिएको छ ।यातायात कार्यालयले नक्कली र सक्कली परीक्षार्थी दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाएको थियो । थानकोटले घटनाको अनुसन्धान नै नगरी… पुरा पढौ

जुवा खालबाट २९ पक्राउ, ११ लाख बरामद

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ११ लाखसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनलगायत ११ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु छ लाख ९८ हजार ८४५ र… पुरा पढौ

मुल्यबृद्धि नियन्त्रण बाहिर : पुरानोमै नयाँ मूल्यको स्टिकर टाँसेर मंहगोमा बिक्री

रोशन कार्कीनेपाल पछिल्लो समय राजनीतिक अवस्था अस्थिरता तर्फ गएको फाईदा उठाउदै व्यवसायीहरुले अत्याधिकमात्रामा अत्याबश्यक बस्तुको मुल्यबृद्धि गरेका छन् । लामो समयदेखि गोदाममा स्टोर गरेर राखिएका बस्तुहरुलाई विभिन्न बहना बनाई अहिले आफुखुशी मुल्यबृद्धि गरेर बिक्री गर्दै आएपनि सरकारी निकायको भने ध्यान जान सकेको छैन । जसको प्रभाव नेपाली बजारमा पर्न परेको छ । नेपाली बजारमा पछिल्लो तीन महिनादेखि खाने तेल तथा खाद्यान्नको मूल्य उच्च रुपमा बृद्धि हुँदै गएको छ । नेपालमा कोरोना सुरु भएको चार महिनासम्म लकडाउन भएपनि बजार मूल्य स्थिर… पुरा पढौ