समाचार

जनकल्याण प्रतिष्ठानद्वारा सूचनाको हककि सूचना अधिकारि सम्मानित

हल्दिबारी वडा नं. ३ की सामाजिक अभियन्ता www.suchanakohak.com कि सूचना अधिकारि ईश्वरा तिवारीले १५ लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गर्नुभएको छ । जनकल्याण प्रतिस्ठान एकल अभियान नेपाल, बाल संस्कार केन्द्र जिल्ला समिति झापा लाई हल्दिबारि निवासी श्री खडग तिवारी र इस्वरा कडेल तिवारी( यस संस्था कि उपाध्यक्ष ) ले करिब १५ लाख मुल्य बराबर को एक कठ्ठा जमिन दान गर्नु भएको छ । हल्दि बारी डडुवा स्थित शिवालय मन्दिरमा संस्था का अध्यक्ष शंकर… पुरा पढौ

सूचनाको हक राष्ट्रिय पुरस्कारबाट सूचनाकोहक का मस्यौदाकार काशीराज दाहाल पुरस्कृत 

संविधानविद् काशीराज दाहाल जो सूचानाकोहक कानुनका मस्यौदाकार पनि हुनुहुन्छ उहा र अनलाइनखबरकर्मी हरि अधिकारीलाई सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्ठिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७९ संविधानविद् काशीराज दाहाललाई प्रदान गरिएको हो । मोरंग निवासी केदार बहादुर बस्नेतबाट स्थापित षस्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत व्यक्ति श्री काशीराज दाहाल र षस्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पाउने श्री रोशन हरि अधिकारी प्रमुख अतिथि कोशी… पुरा पढौ

डीसहोम आईटिभीमा आइपिएल क्रिकेट-२०२३

प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आइपी टिभीको सेवा शुभारम्भ गरिसकेकाे छ । नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTH र Terrestrial (T2)  भन्दा फरक प्रविधि ईन्टरनेट प्रोटोकल बेस्ड भएको कारण यो आइपी टिभीमा लोकप्रिय क्रिकेट टुर्नामेन्ट आइपीएल एचडी क्वालिटीमा हेर्न सकिन्छ । यस्तै अन्तर्राष्ट्रिय सिरिजहरु जस्तै कि कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिनेछ । लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियल भाग्य सिन्दुरको र आनन्दीसँंगै… पुरा पढौ

सूचना आयोगको आदेश मान्दैनन मुख्य सचिब

आदेश १ सिंहदरबारभित्र रहेका मन्त्रालय, विभाग र विभिन्न निकायमा सूचनाको हक अनुसारको कामले जाँदा पनि सहजै छिर्न पाइँदैन, प्रवेशद्वारमा ‘पास’ कुर्दै बस्नुपर्ने झन्झट छ । यस्तो अवरोधबारे प्रश्न उठाउँदै ‘सिंहदरबार खोल अभियान’ ले २३ वैशाख २०७३ मा संसद सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सूचना माग गर्‍यो । तर, सूचना नपाएपछि अभियानका अभियन्ताहरू पुनरावेदनका लागि राष्ट्रिय सूचना आयोग पुगे । आयोगले ३१ वैशाख २०७३ मा मुख्य सचिव र संघीय संसद सचिवालयका महासचिवलाई आदेश दियो– ‘नागरिकलाई सिंहदरबारभित्रका कार्यालयमा सूचना मागको निवेदन दर्ता गर्न, सूचना… पुरा पढौ

सामुदायिक वन महासंघ रुपाको अध्यक्षमा खड्का

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपा गाउँपालिको दोश्रो अधिवेशनले तिल बहादुर खड्काको अध्यक्षतामा १४ सदस्य नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षमा गोपिनाथ सुवेदी, सचिव देवी सुवेदी न्यौपाने, कोषाध्यक्ष वन्दना पोख्रेल एवम् सदस्यहरुमा प्रज्वल शर्मा,सोम सुनारी, वद्री ओझा,सृजना ओझा,पवित्रा पुरी, रामराज घिमिरे, राजमी दर्जी,मोनिमाया गुरुङ,पुर्णिमा गुरुङ र सितादेवी पौडेल निर्वाचित हुनु भएको छ ।त्यसैगरि जिल्ला अधिवेशन प्रतिनिधि अप्सरा पगेनी, विमना खनाल, शिवदेवी भुजेल, आरती भुजेल, बुद्धिबहादुर घिमिरे, तिर्थराज पौडेल, प्रेमबहादुर गुरुङ र यदुराज सिं र प्रदेश प्रतिनिधिमा पवित्रा… पुरा पढौ

कर्मचारीतन्त्र मा मौलाउँदै हाटा संस्कृति

सरकारी कर्मचारीहरू सरकारी काममा भन्दा बाह्य काममा व्यस्त हुनुपुग्दा सेवा प्रवाहको अवस्था कमजोर बन्दै गइरहेको देखिएको छ । सरकार आफैंले कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिने प्रवृत्ति बढ्दा कर्मचारीहरूमा कामचोर संस्कृति मौलाउँदै गइरहेको सरोकारवालाको भनाइ छ । विशेषगरी कर्मचारीहरूले सरकारबाट स्वीकृत स्वरूप लाइलेन्स नै लिएर बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीका कारोबार गर्ने गरेका छन् । जसका कारण कर्मचारीमा ‘हाटा’ संस्कृति मौलाउँदै छ । निजामती क्षेत्रमा कर्मचारीहरूले नै ‘हाटा’ भन्ने शव्दलाई चर्चित बनाएका छन् । ‘हाटा’ भन्नाले कार्यालयमा हाजिर… पुरा पढौ

‘घुस असुली’ उजुरी र आरोप इन्कार गरेपछि मन्त्री र सहसचिव बिच भनाभन

संघीय, मामिला तथा  सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र एक जना सहसचिव कमल प्रसाद भट्टराइ बिच २०७९ चैत १६ गते बिहीवार मन्त्रालयमा भनाभन भएको समाचार सिंहदरवार परिसरमा भाइरल भयो । स्रोत भन्छ, प्रशासन महाशाखा प्रमुख सहसचिव कमल प्रसाद भट्टराईले एक जना नासुको सरुवा गर्दा अनियमित काम गरेको उजुरी मन्त्री मोदी समक्ष पुग्यो । यही कारण मन्त्री मोदी र सहसचिव भट्टराईका बिचमा चैत १६ गते बिहीवार भनाभन भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । लडाकु स्वभावका मन्त्री मोदी र कर्मचारी सरुवाको… पुरा पढौ

एक अरब ठगीमा कांग्रेस नेतृ सुजाता कोइरालाका पिए केशव दुलाल पक्राउ

संयोग कस्तो भने प्रहरीमा नयाँ नेतृत्व चयनसँगै एउटा हाइप्रोफाइल अपराधको अनुसन्धान सुरु भएको छ । तर, यसमा निष्पक्षताका साथ प्रहरीले अनुसन्धान गरेर नाइकेहरुलाई कानुनी दायरामा ल्याउन सक्छ कि सक्दैन भन्ने परीक्षाको विषय बनेको छ । गैरशरणार्थीलाई शरणार्थी सूचीमा पारेर अमेरिका लैजाने भन्दै भएको ठगी घटनाको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ । गृह मन्त्रालयकै योजना बनेको यो अपराधको विषयमा एक वर्षअघि नै प्रहरीमा उजुरी परेको थियो । तर, दबाबका कारण अनुसन्धान प्रभावित बनेको थियो । प्रहरीले आइतबार सो… पुरा पढौ

सूचना अभियन्ताहरुको प्रयासको कारण निजी क्लिनिकमा नाम भएका सरकारी डाक्टरलाई कारवाही हुने सम्भावना

सरकारी अस्पतालका जागिरे डाक्टरहरुले अबदेखि निजी क्लिनिकमा आफ्नो नाम प्रयोग गर्न नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी सेवामा कार्यरत चिकित्सकहरुलाई निजी क्लिनिकमा काम गर्न रोक लगाएको छ । मन्त्रालय मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमध्ये केहीको नाम स्वीकृति–सहमति वा सहमतिबेगर नै विभिन्न निजी क्लिनिकहरुमा प्रयोग गरिरहेको पाइएको भन्दै मन्त्रालयले त्यसप्रति आपत्तिसमेत जनाएको छ ।  नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नियमावली २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नियमावली २०२४ को… पुरा पढौ