समाचार

ठोरीको गौतमनगरबाट उज्यालो अभियान सुरु

ठोरी गाउँपालिका वडा नम्बर २ मा उज्यालो अभियान कार्यक्रम सञ्चालन गरिएको छ । युथ फर चेन्जको आयोजनामा आइतबार ठोरीको गौतमनगरबाट उज्यालो अभियान सुरु गरिएको हो । आइतबार एक औपचारिक कार्यक्रम गरी ठोरी-२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटालाई सडक पोलमा जडान गरिएका बत्ती हस्तान्तरण गरिएको हो । युथ फर चेन्ज ठोरीका अध्यक्ष छतेन्द्र आचार्यले वडाध्यक्ष सापकोटालाई बत्ती हस्तान्तरण गरे । उज्यालो अभियान अन्तर्गत पहिलो फेजमा आइतबार ३५ वटा बत्ती जडान गरिएको हो । यी बत्ती हुलाकी सडकदेखि चोकबजार हुँदै मेलटोल चोकसम्मका ३५… पुरा पढौ

पाँच लिटरमा ६५ एमएल बढी तेल उपभोक्तालाई सित्तैमा दिने बुटवलको पेट्रोल पम्प सिल

बुटवलको लम्साल पेट्रोल पम्प सिल जिल्ला अनुगमन समिति रुपन्देहीले बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत इन्धन बिक्री गरेको पाइएपछि बुटवल–१२ स्थित लम्साल आयल सप्लायर्समा समितिले सिल गरेको हो । प्रत्येक ५ लिटरमा १५ एमएल कम वा बढीमा ३० एमएलसम्म बिक्री गर्न पाइने नापतौल विभागको मापदण्ड छ । तर उक्त पेट्रोल पम्पले ६५ एमएलसम्म बढी बिक्री गरेको पाइएपछि सिल गरिएको गुणस्तर नापतौल कार्यालय बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिए । उनका अनुसार यसरी… पुरा पढौ

४४ ग्राम लागूऔषधसहित झापाबाट एकजना पक्राउ

प्रहरीले ४४ ग्राम प्रतिबन्धित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका-१२ बस्‍ने २४ वर्षीय सुजन बाला राई रहेका छन् । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

अनलाइनमा लगानी गरेर दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा पक्राउ

अनलाइनमा लगानी गरेर दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-६ घर भइ हाल काठमाडौंको नरेफाँट बस्ने २४ वर्षका राज रोकाया रहेको प्रहरीले जनाएको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा साथी बनाइ कुराकानी गरी अनलाइनमा रकम लगानी गरे बापत दोब्बर हुन्छ भनी इसेवा, खल्ती जस्ता वालेटहरुमा रकम पठाउन लगाइ ठगेको प्रहरीले जनाएको छ । रकम पठाउनेहरुलाई उक्त रकमको नाफा पाउनका लागि फारमलगायत फाइदा आएको रकम बापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, सरकारी… पुरा पढौ

सूचना आयोगको आदेश कार्यान्वयन नगरे पछि रजिस्ट्रार दाहालविरुद्ध उजुरी

राष्ट्रिय सूचना आयोगको निर्देशन कार्यान्वयन नगरेको भन्दै धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीले त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहाल विरुद्ध सूचना आयोगमा उजुरी दिएकी छन् । गत माघ ५ गते राष्ट्रिय सूचना आयोगले धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीले बेथिती, अनियमितता रोक्न र सुधार गर्न खोजेको हो भन्ने कुरा प्राप्त प्रमाण र कागजातहरुबाट पुष्टि भएको भन्दै त्रिवि रजिष्ट्रारलाई भन्डारीको निम्लबन फुकुवा गर्न र यस अवधिमा प्राप्त गर्नुपर्ने पारिश्रमिक, सुविधा समेत उपलब्ध गराउन निर्देशन दिएको थियो । तर, डेढ महिनासम्म पनि रजिष्ट्रारले आयोगको निर्देशन… पुरा पढौ

यूवा तथा साना व्यवसायी कोष १५ वर्षमा प्रवेश

यूवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट हालसम्म ९५ हजार जना बढी बने स्वरोजगार९५ हजार जना बढी बने स्वरोजगार यूवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार सृजना भएका छन ।विशेषगरि आर्थिक रुपमा विपन्न १८ वर्ष देखि ६० वर्ष उमेर समूहका वेरोजगार, यूवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ व्याजदरमा व्यवसायिक कर्जा प्रवाह गर्दै आएको कोषले हालसम्म ९५ हजार १६१ जनाको संख्यामा स्वरोजगार सिर्जना गरेको हो ।नेपाल सरकारद्वारा तत्कालिन अर्थमन्त्रालय अन्र्तगत २०६५ फागुन १९ गतेबाट औपचारिक शूरुवात भएको… पुरा पढौ

सूचनाको औजार प्रयोगपछि शिक्षामा भएको मनपरीको रहस्य खुल्यो

परीक्षा दिन ३००कल्याणपुर नगरपालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुले स्तरमापन परीक्षाको नाममा बिद्यार्थी बाट ३००का दरले असूल गरेको पोल खुलेको छ ।परीक्षा समिति गठन गरी प्रतिबिद्यार्थि रू ३००/- का दरले लिने र सो मध्ये नगर स्तरीय स्तरमापन परीक्षा समितिलाइ १५०/- बुझाइ बांकी १५०/- बिद्यालयले लिने ब्यहोराको सूचना कल्याणपुर नगरपालिकाको फेसबूक पेजवाट सार्वजनिक भएपछि कानून बिपरित बिद्यालयहरुले , स्तरमापन परीक्षाको नाममा विद्यार्थी बाट शुल्क लिने गरेको पोल खुलेको हो । कानूनमा स्तरमापन परीक्षा लिने र बिद्यार्थी बाट शुल्क लिने कानूनी प्रावधान छैन।परीक्षा… पुरा पढौ

ल्होत्से मलका मोबाइल पसल चोरी काण्डले अबैध मोबाइल र कर छलि पत्ता लाग्ला कि नलाग्ला ? संचालकले सकेनन विवरण पेश गर्न

प्रहरीले ल्होत्से मलमा भएको लुटपाट र ८ करोड रुपैयाँको मोबाइल सेट चोरी भएको बारेमा अनुसन्धान थालेसंगै व्यवसायीहरु सम्र्पक विहिन हुन थालेका छन् । चोरी पैठारीबाट नेपाल भित्रिएका अधिकाशं मोबाइल सेटहरु सो मलमा बिक्रीकालागि राखिएको हुदाँ व्यवसायी तथा पसलेसंग विवरण माग गर्दा सो विवरण बुझाउन सकेनन् । जसबाट चारी गर्ने र भन्सार छली गरि कारोबार गर्ने दुवैमाथी कारबाही हुने निश्चित भएको एक प्रहरीले बताएका छन् । यातायात मजदुरको प्रदर्शनबीच नयाँ बसपार्कस्थित ल्होत्से मलमा भएको मोबाइल पसल लुटपाटको अनुसन्धानका क्रममा प्रहरी व्यवसायीसंग… पुरा पढौ

सूचना दिन इन्कार गर्ने पांच कार्यालय प्रमुख लाइ कारबाही

राष्ट्रिय सूचना आयोगका आयुक्त हरु राष्ट्रिय सूचना आयोगले सूचना दिन इन्कार गर्ने पांच सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागकर्तालाई सूचना दिन इन्कार गर्ने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको उल्लेख गरेको छ भने हालसालै सिरहा नगरपालिकाका कार्यालय प्रमुख बलिराम यादब लाइ १५ हजार जरिवाना गरेको छ l सूचना माग कर्ता सरकारी शिक्षक परशुराम शाह को चित्त नबुझे पछी उनले कारबाहीको माग गर्दै आयोगमा उजुरियो दिएका थिए l… पुरा पढौ

ढकारी गाउपालिकाले गर्यो स्वत: प्रकाशन

https://dhakarimun.gov.np/sites/dhakarimun.gov.np/files/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%A4%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6%E0%A4%A8%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AF%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%95%20%E0%A5%A7%20%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AF%20%E0%A4%AA%E0%A5%81%E0%A4%B7%20%E0%A4%AE%E0%A4%B8%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%20%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE.pdf पुरा पढौ