समाचार

सूचनाको हकमा वृद्धिभए महिला सशक्त हुन्छः अध्यक्ष नेपाली

दलित महिला केन्द्र नेपाल (सीडीडब्लुएन) का अध्यक्ष गौरा नेपालीले सुचनाको हक सम्बन्धी तालिमले महिलाहरुको अधिकारमा पहुँच वृद्धिगर्न सहयोग पुग्ने बताए। सीडीडब्लुएनद्वारा धनुषाको ढल्केबरमा आयोजित ‘सुचनाको हक’ सम्बन्धी तीन दिवसीय तालिमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालीले तालिमले महिला हिंसा विरुद्ध लड्न र महिलाहरुलाई सूसुचित हुन सहयोग गर्ने बताएकि हुन्। महिलाहरु अझैपनि सूचना भन्दा धेरैटाढा रहेकाले उनीहरुलाई सूचनामा सहज पहुँचको लागि तालिमले सहयोग गर्ने अध्यक्ष नेपालीले बताइन्। उनले भनिन , ‘लैङ्गिक हिंसा विरुद्धलड्न र महिलालाई सुसूचित गर्न र निर्णय लिन सक्ने बनाउन तालिमको महत्त्वपूर्ण… पुरा पढौ

सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुँदा सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्। प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज गौरीगञ्जमा आयोजना गरेको एकदिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्ने वक्ताहरुले नेपालको संविधान २०७२ को धारा २७ ले सूचनाको हकको ब्यवस्था ग्यारेन्टी गरेको हुँदा सर्वसाधारणले सूचना पाउनु पर्नेमा जोड्दिएका हुन् । गौरीगञ्ज गाउँपालिकाको सहयोगमा प्रेस चौतारी नेपाल झापाले गौरीगञ्ज भित्रका सरकारी, वोडिङ विधालयको मावि र गौरीगञ्ज बहुमुखी क्याम्पसका विधार्थीहरु सहभागी गराई आयोजना गरेको… पुरा पढौ

एकातिर नारा र दिवस, अर्कोतिर महिला हिंसा

विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालमा रहेका महिलाको चरित्रहत्या गरेको आरोपमा गत फागुन ५ गते प्रहरीले एक युवकलाई पक्राउ गर्यो । महिलाको तस्बीर बिगारेर समाजिक सञ्जालमा हाल्ने र उनीहरुको चरित्र हत्या गरेको आरोपमा नेपाल फर्कने क्रममा रौतहटको देवाही गोनही नगरपालिका–५ टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव विमानस्थलबाटै समातिएका थिए ।  रोजगारीको सिलसिलामा मलेसिया पुगेका यादवले पीडित महिलासहित उनकी नाबालिका बहिनीसँगै भएको फोटो दुरुपयोग गरेका थिए । उनले पीडित परिवारलाई मानसिक तनाव, दुःख हैरानी दिने गरेको उजुरी परेपछि प्रहरीले यादवलाई नेपाल टेक्नेबितिक्कै समातेको… पुरा पढौ

सूचनाको हक पूर्ण कार्यान्वयन होस्

सार्वजनिक निकायका काम कारबाहीलाई पारदर्शी बनाउन र उनीहरूलाई आम नागरिकप्रति जवाफदेही बनाउनका लागि सूचनाको हकसम्बन्धी ऐन बनेको १५ वर्ष पुगिसक्यो । सूचनाको हकसम्बन्धी ऐन र नियमावली लागू भए पनि सार्वजनिक निकायका जिम्मेवार अधिकारीहरू अहिले पनि सूचना दिन आनाकानी गर्छन् । नेपालको संविधानले मौलिक हकका रूपमा धारा २७ मा ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । तर, कानूनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी कसैलाई दिन बाध्य पारिने छैन’ भन्ने उल्लेख छ । संविधानको… पुरा पढौ

चोरेको मोटरसाइकलसहित चोर पक्राउ

मोटरसाइकल चोरेको आरोपमा प्रहरीले झापामा एक युवालाई पक्राउ गरेको छ । उक्त आरोपमा मोरङको रतुवामाइ ५ का २४ वर्षीय प्रकाश थापा बिर्तामोडबाट प्रहरी नियन्त्रणमा पुगेका हुन् । उनले बिर्तामोड ४ बाट अर्जुनधारा ६ का एकराज बुढाथोकीको पार्किङ गरिराखेको लु. ८२ प १३४६ नम्बरको पल्सर मोटरसाइकल चोरेका थिए । मोटरसाइकल चोरे पनि थापालाई पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पुरा पढौ

कसरी हुन्छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ?

निर्वाचन आयोगले सरकारसँगको परामर्शको आधारमा नयाँ राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते तय गरेको छ भने उपराष्ट्रपतिकाे निर्वाचनलाई त्यसको आठ दिन पश्चात अर्थात् चैत्र ३ गते गर्ने घोषणा गरेको छ । सत्तारुढ दलहरुबीच राष्ट्रपतिको निर्वाचनलाई लिएर विवाद भइरहँदा निर्वाचन आयोगले आवश्यक तयारी जारी रहेको बताएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ। आम जनतामा भण्डारी र पुनका उत्तराधिकारी चयन गर्ने निर्वाचन प्रणाली सम्बन्धी केही अस्पष्टता रहेकोले नेपाल चेकले… पुरा पढौ

नागरिक चेतना बढ्दैछ मिलेमतोमा कागजमा मात्र काम गर्नेहरुका बिरुद्ध नागरिकले सूचना संकलन गर्दै छन्

जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका पदाधिकारीहरुले आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सव-इन्जिनियर विकास खत्रीले ठुलीभेरी नगरपालिका वडा नं. ५, ६ र ७ स्थित जुफाल-माझफाल मोटरबाटो निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको अन्तिम विल र कार्य सम्पन्न प्रतिवेदन र नापी किताव प्रमाणितसमेत गरी सोही प्रतिबेदनको… पुरा पढौ

किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिए । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ । पुरा पढौ

निगमको चार ट्यांकर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु

 भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानविन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ । निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशङ्का गरिएको छ । ‘केन्द्रबाट आउनुभएको छानविन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको… पुरा पढौ