समाचार

बाल क्लबका कारण रोकियो बालविवाह

खोटाङमा प्रहरीले बालविवाह रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २२ वर्षीय युवाबीच हुन लागेको विवाह रोकिएको हो । स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो ।  अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मंगलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवाबीचमा विवाहको तयारी भएको थियो । बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाई बुझाई गरेपछि… पुरा पढौ

भोजमा छुवाछुत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न दलित मोर्चाको माग

सिराहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न संयुक्त दलित मोर्चा सिराहाले माग गरेको छ । गत सोमबार अध्यक्ष यादवले आफ्नी आमाको १३ औं पुण्य तिथिमा गरेको भोजमा दलित समुदायलाई अपमानित गरेको भन्दै मोर्चाले उनलाई कारबाही गर्न माग गरेको हो । आज(शुक्रबार) सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै मोर्चाले जातीय छुवाछूत गर्ने  गाउँपालिका अध्यक्ष यादवलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको हो । दलित मोर्चा सिराहाका सचिव रबिन कुमार महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित,… पुरा पढौ

संचारकर्मी गुप्तामाथि दुर्व्यवहार, घटनाको छानबिन गरी दोषीउपर कारवाहीको माग

 प्रेस चौतारी नेपाल बाराका जिल्ला कार्यसमिति सदस्य एवम् एसएलएफ खबरका संचालक रोशन गुप्तामाथि बिहीबार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालय अगाडी दुर्व्यवहार भएको छ । समाचार संकलनका लागि पुगेका गुप्तालाई केही व्यक्तिले दुर्व्यवहार र हातपात गरेका हुन् । सडक ढलान योजनाको भुक्तानीको विषयलाई लिएर समाचार संकलन गर्न पुगेका गुप्तामाथि घनश्याम चौधरीसहित केही व्यक्तिले दुर्व्यवहार गरेका हुन् । गुप्तामाथि हातपात गर्दै उनको मोबाइल समेत फुटाइएको छ । गुप्तामाथि हातपात हुन थालेपछि स्थानीयले छुट्याएका थिए । आफूमाथि हातपात भएपछि गुप्ताले दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।… पुरा पढौ

शिक्षा अधिकृत शेषकान्त पौडेल रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा।

जिल्ला ललितपुर, ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज शिक्षा अधिकृत शेषकान्त पौडेललाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०७९।११।२५ गते निजको कार्य कक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ

नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  बिहीबार सर्लाहीको बलरा नगरपालिका- ६ घर भइ काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका- ४ घर भइ भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रविकुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी… पुरा पढौ

राजस्वका डीजी, काममा भन्दा भाषणमा बिजी !

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नारायण सापकोटाको नेमप्लेट देखिन्छ । तर उनले विभागमा गएपछि के काम गरे भन्ने अहिलेसम्म कसैले जानकारी पाउन सकेका छैनन् । कहिले गृह, कहिले अर्थ मन्त्रालयका निकायमा घुम्दैआएका सापकोटा एउटै कार्यालयमा मुस्किलले ६ महिनासम्म टिक्न नसक्ने कर्मचारीका रुपमा दरिन पुगेका छन् । यसअघि सहसचिवसम्म हुँदा हालका सचिव मधुसुदन बुर्लाकोटीले यस्तै छाप बनाउन सफल भएका थिए । बुर्लाकोटी सचिवमा बढुवा भएपछि कुनै मन्त्रीले पनि लिन नमानेपछि आफैंले नेतृत्व गर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव पदमा कार्यरत छन् ।… पुरा पढौ

प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना

राष्ट्रिय सूचना आयोगले सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेको छ ।  सूचना उपलब्ध नगराएको आरोपमा अधिकृत रेणुका शाहलाई कारबाही गरिएको आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले  बताए । आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गराएको हो । अधिकृत शाहले सप्तकोसी नगरपालिका-११ निवासी कैलाश माझीले पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध नगराएको आयोगको दाबी छ ।  पुरा पढौ

मन्त्री लाई ९ वर्ष कैद, सांसद लाई जरिवानामात्र

विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडामा समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको छ । पूर्वमन्त्री तथा गत निर्वाचनमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङसँग भने जरिवाना मात्र सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले १६ फागुनमा भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेको थियो । उक्त घटनामा संलग्नहरुलाई बिहीबार सजाय निर्धारण गरिएको हो । जसमा पूर्व समाजकल्याणमन्त्री बद्रीप्रसाद… पुरा पढौ

रामबरणले २६ लाख पाउँदा , गंगारामले केवल आश्वासन मात्र पाए

बिरामी भएर रामबरण ले लाखौ पैसा लिए राज्यबाट सर्पमहराज भनेर चिनिने एक जना नेताले पनि राज्यबाट यो वा त्यो बहानामा मा रकम लिएकै छन् तर कमलादेबिहरु अस्पतालमा छटपटाइराहदा गंगारामहरू गणतन्त्रमा सर्पजी महाराज हरु रामबरनाहरु र आफु एउटा नागरिक हो भन्ने सोच्छन गणतन्त्रका राजा र रैती सम हुदैनन भनेर बुझ्दैनन गंगाराम हरु माघको २३ गते, बिहान साढे १० बजे, डडेल्धुराको अमरगढीनगरपालिका– ५ की ३८ वर्षीया कमलादेवी ओझासहित चार महिला घाँस काट्न नजिकैको सामुदायिक वनमा गएका थिए । उनीहरूलाई बँदेलले आक्रमण गर्‍यो… पुरा पढौ