समाचार

कर्मचारी आफूलाई सेवक भन्दा पनि मालिक ठान्छन्

(निजामती सेवामा लामो सयम बिताएका मैनाली हक्की, निडर र स्वच्छ छविको परिचय छोडेर अवकाश भएका थिए । विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी र अध्यागमन विभागको महानिर्देशकसमेतको जिम्मेवारी उनले सम्हालेका थिए । सचिव बढुवा भएपछि भने उनले क्षेत्रीय प्रशासक, वातावरण र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । गृह सचिव रहँदा मैनालीले सूत्र तथा सुराकी परिचालन बापत प्राप्त हुने सुविधा रकमलाई महालेखापरीक्षकको कार्यालयबाट गोप्य रूपमा अडिट गराएको दावी गरेका छन । पछिल्लो पटक मैनालीले छ वर्ष लोक सेवा आयोगको अध्यक्ष… पुरा पढौ

विद्वान हरु नेताको झोले बन्दै देश डुबाउदै

नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति भूपाल राईको अध्यक्षतामा बैठक बसी अख्तियारको चरम दुरुपयोग गरी विभिन्न गलत निर्णयहरु गरेको आरोप लागेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका विभिन्न ११ ओटा विभागमा आफूखुसी भाग पु¥याउन र कार्यकर्ता र भजनमण्डलीलाई भत्ता खुवाउने दुरासयपूर्ण निर्णय गरी झन्डै दुई तिहाई सदस्य सल्लाहकारको मनोनयन गरेको पाइएको छ । यसबाट प्रतिष्ठानलाई ठुलो आर्थिक व्ययभार पर्ने देखिन्छ । यसअघि प्रतिष्ठानको विभागमा प्रमुख बाहेक बढीमा ५ जना सदस्य १ जना सल्लाहबार मनोनयन  गर्ने परम्परा र नियम रहे पनि यस परिषद्ले राज्य स्रोतको… पुरा पढौ

अबैध क्रसर उद्योगको संरक्षणमा सरकार र दलका नेता !!!

रोशन कार्की राजनीतिक दलका नेतादेखि सरकारकै संरक्षणमा अहिले देशभर प्राकृतिक स्रोत साधानको अत्याधिक दोहन हुदै आएको छ । सो दोहनबाट सरकारी ढुकुटीमा जम्मा हुनु पर्ने कर राजश्व समेत छली गर्दै आफुखुसी मुल्य निर्धारण गरी खुलेआम बिक्री हुदै आएपनि कारबाही नहुदाँ सो अबैधधन्दाले उग्र रुप लिदै गएको छ । यसरी प्राकृतिक स्रोत साधानको खुलेआम दोहन गर्ने कार्यमा देशभर सञ्चालनमा रहेका क्रसर उद्योगहरु रहेका छन् । क्रसर उद्योगका लगानीकर्ताहरुको दादागिरी यतिसम्म रहेको छ की सो बारे मानिसले प्रश्न सोध्न त परको कुरा… पुरा पढौ

३१ अरबको घोटाला राज्यको अर्बौं रुपैयाँ जोखिममा

एनसेल प्रकरणमा मुछिएका सञ्चालक सतिसलाल आचार्यले स्मार्टको लाइसेन्स जोगाउन अनेक प्रपञ्च गरिरहेका छन् । एनसेललाई सहयोग पुग्नेगरी दुरसञ्चार ऐन २०७९ को मस्यौदा तयार पार्ने मुख्य व्यक्तिको भूमिका रहेका उनले स्मार्ट टेलिकमले आफ्नो लाइसेन्स जोगाइदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएका छन् । ३० अर्ब नविकरण शुल्क नबुझाए नेपाल सरकारको स्वामित्वमा आउन लागेको स्मार्ट टेलिकमको लाइसेन्स जोगाउनका लागि मन्त्रालयमा केही दिनअघि मात्रै निवेदन परेको छ । आवश्यक दस्तुर र बक्यौता रकम चुक्ता गरी नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाटै नवीकरणको फाइल अगाडि… पुरा पढौ

सरकारी जग्गामा ‘गोल्छा समूह’ को गिद्धे नजर

सत्ता र शक्तिको आँडमा देशभर भएका सार्वजनिक जग्गालाई अतिक्रमण गरी व्यक्तीगत रुपमा भोगचलन गर्दै आएपनि सरकारले कारबाही नगर्दा पछिल्लो समयमा विभिन्न नाममा सरकारी जग्गा हड्प्दै बेच्दै आएको समेत भेटिएको छ । अधिकाशं सरकारी जग्गालाई सत्ताको नेतृत्व गर्नेसंगको अबैध साँठगाँठमा खुलेआम प्लटिङ बनाएर बेच्नकालागि तयारी अबस्थामा पुगेको प्रमाण प्राप्त भएको छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएपछि ‘गोल्छा ग्रुप’ अहिले ‘भृकुटी कागज कारखाना’ को जग्गालाई व्यक्तीगत रुपमा प्लटिङ गरेर बिक्री गर्नकालागि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई रिझाएको… पुरा पढौ

बृद्धाश्रम सहयोग समिती द्धारा १ लाख सहयोग

देशमा थुप्रै संघ संस्था रहेपनि ति संस्थाले जनचाहना अनुसार काम नगर्दा खासै संस्था भएको अनुभति आम नागरिकले गर्न सकिरहेका छैनन् र पनि केहि संस्थाहरु मनबाटै काम गरिरहेका छन् यहि शिलशिलामा सूचनाकोहकका संचालक दीपक आचार्यले दुइ संस्थाहरुलाई जोड्ने काम गर्नुभएको छ २०५४ सालमा स्थापित कर्णालीको प्रशान्ति वृद्धाश्रम र युबा हरुद्वारा संचालित वृद्धाश्रम सहयोग समिति बीच चिनजान परिचय गराई सहयोग लिने दिने बातावरण उहाले तयार गरिदिनुभयो यहि शिलशिलामा उहाको पहलमा बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष… पुरा पढौ

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

सुरक्षण मुद्रण केन्द्रले Power System in Security Printing Press and Pressurized Fuel Storage Tank को खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी कार्य गरेको हुँदा बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी उपर कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन Electric Transformer स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक Country of Origin भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना… पुरा पढौ

सशस्त्र प्रहरीपनि घुसलेनदेनमा

सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई सेवाग्राहीबाट रु. २०,०००।- (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।११।२१ गते नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग सडक निर्माण गर्ने क्रममा माटो ओसारपसार गर्दा सहजीकरण… पुरा पढौ

जिल्ला सुनसरी, बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहता घुस रकमसहित नियन्त्रणमा ।

जिल्ला सुनसरी, बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर अजय कुमार मेहतालाई सेवाग्राहीबाट रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित विराटनगर महानगरपालिका वडा नं. ५, पुल्चोक छेउबाट आज मिति २०७९/१२/२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवार घुस रकमसहित नियन्त्रणमा ।

ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारले जबरजस्तीकरणी सम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिर्चैया नगरपालिका ५, थानाचोकबाट आज मिति २०७९/१२/३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ