समाचार

‘जनताले मागेका सूचना छिटोभन्दा छिटो दिनुपर्छ’

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सूचनाको हक कार्यान्वयनका लागि एकात्मक चिन्तनले प्रभाव पार्ने गरेको बताएका छन् । प्रदेश सूचना पुनरावेदन समितिले आज यहाँ आयोजना गरेको सूचनाको हक प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशमा सूचना लिन संघीय सूचना आयोगलाई मात्र जिम्मेवारी दिएर नहुने भएकाले छुट्टै संरचना निर्माण गरिएको जानकारी दिए ।  समिति भर्खरै स्थापना भएकाले धेरै काम गर्न नसके पनि स्थानीय तहका वडासम्म पुगेर सूचनाको हक कार्यान्वयनका लागि जागरण अभियान फैल्याउने गरी तयारी भएको मन्त्री श्रेष्ठले बताएका छन् । ‘सूचनाको… पुरा पढौ

अनियमितताको आरोप लागेपछि सूचना लुकाउँदै राजविराज नगरपालिका

सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार प्रत्येक सार्वजनिक निकायले हरेक तीन महिनामा सूचना अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । हरेक चौमासमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ पनि गर्नुपर्ने ऐनमा उल्लेख छ । तर, राजविराज नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नुपर्ने कुरा त परै जाओस्, सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ अनुसार माग गरेका सूचनासमेत दिन आलटाल गर्ने गरेको पाइएको छ । राजविराजका एक स्थानीयले सूचना अधिकारीलाई सम्बोधन गरी ०७९ माघ २२ गते नगरपालिका कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता गराए । सूचना… पुरा पढौ

के तपाईलाई मानसिक रोग लागेको छ ?

मनोरोग भुतप्रेत, पिशाच, दैवी स्राप, बोक्सीको बिगार र जंगली लागेर हुन्छ यसैले डाक्टरी दबाइले यो रोग निको हुँदैन भन्ने भ्रम हाम्रो समाजमा छ । मनोरोगीहरु हिंसात्मक हुन्छन् र एकपल्ट मनोरोग लागेपछि ठीक हुनै सक्दैन, मनोरोग लागेको मान्छेसँग सम्पर्क गरयो भने आफुलाई पनि सर्छ र मनोरोगको उपचार महंगो हुन्छ भन्ने पनि भ्रमहरु छन् । त्यस्तै युवा अवस्थामा मनोरोग लाग्यो भने बिहे गरिदिएपछि ठीक हुन्छ भन्ने कतिपयको मान्यता छ । हाम्रो समाजमा अझै पनि मनोरोग अन्य रोग जस्तै समान्य रोग हो र… पुरा पढौ

झुट्टा साक्षी बस्नेलाई अख्तियारले चलायो मुद्धा

प्रतिवादी शिवनारायण यादव भएको घुस/रिसवत मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेका बेचन यादव मगरदैताले श्री विशेष अदालत, काठमाडौंसमक्ष वकपत्र गर्दा प्रतिकूल वकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा बाबा कृष्णा राम पशु फार्म, सप्तरीका संचालक बेचन यादव मगरदैतालाई अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायको मागदाबीमा पूर्णरुपमा छुट दिई सरकारी साक्षीका रुपमा पेश गरेकोमा निजले विशेष अदालत, काठमाडौंमा वकपत्र गर्ने क्रममा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण… पुरा पढौ

ठूला व्यवसायीले राष्ट्र बैंक कै अनुमतिमा विदेशमा यि व्यावसयीले लगे रकम

तिब्र खबरमा रोशन कार्की लेख्नुहुन्छ देश आर्थिक महासंकटमा पुगेको छ । आर्थिक अवस्था जर्जर बन्दै गएपनि सरकारी निकायबाट नेपाली व्यवसायीहरुले गैरकानुनी तरबबाट विदेशमा पैसा लगेपनि कुनै चासो नदिएकै कारण अहिले देश कंगाल बन्दै गएको अर्थविद्हरुको भनाई रहेको छ । विदेशमा लगानी गर्न नेपालको कानुनले अनुमति दिँदैन । तर, गैरकानुनी रुपमा विदेशमा पुँजी पलाइन भैरहेको सरकारी निकायले थाहा पाउदाँ र दैनिक जासो समाचार प्रकाशन गर्दा समेत अबैधधन्दा गर्ने र विद्यमान कानुनलाई लत्याउनेमाथी कुनै कारबाही गरिएको छैन । देश दुनियाँ सबैलाई थाहा… पुरा पढौ

ठगबहादुरले श्रीमतीको खाता मार्फत घुस लिएको आशंका

नेतासँग साँठगाँठ भएका प्रहरी अधिकारीहरुले कतिसम्म गर्दा रहेछन् भन्ने कुरा एक डिएसपीको घटनाले उजागर गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसीले एक वर्षको अवधिमा करोडौं रकम असुलेको खुलेको छ । हाल निलम्बनमा रहेका डिएसपी केसीको सम्पत्ति विवरण सुनेर प्रहरी अधिकारी नै चकित परेका छन् । डेरामा स्रोत नखुलेको सुन र नगद बरामद भएपछि पक्राउ परेका डिएसपी केसीमाथि यतिबेला विस्तृत अनुसन्धान भइरहेको छ । जसक्रममा उनले नाम अनुसार नै काम गरेको र व्यापक भ्रष्टाचार गरेको पत्ता लागेको… पुरा पढौ

सहसचिवको जाँचमा जम्मा डेढ प्रतिशत उम्मेदवार उतिर्ण

लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले गत पुस ५, ६ र ९ गते लिएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, परराष्ट्र र न्याय तथा सरकारी वकिलतर्फको नतिजा प्रकाशित गरेको हो । आयोगका अनुसार यी तीन पदको लागि लिइएको परीक्षामा ७९६ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा १२ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त… पुरा पढौ

एआईजी बढुवामा पाँच जना डिआईजी सिफारिस

नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवाको निम्ति पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) को नाम सिफारिस भएको छ । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयका अनुसार सिफारिसमा डिआईजीहरु क्रमशः मधेश प्रदेश प्रहरीका कार्यालय, जनकपुरका वसन्तबहादुर कुँवर, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका टेकप्रसाद राई र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका दिपक थापा परेका छन् ।  त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका श्यामलाल ज्ञवाली र प्रहरी प्रधान कार्यालय, प्रशासन विभागका किरण बज्राचार्य पनि बढुवाको निम्ति सिफारिस सूचीमा परेको समितिका… पुरा पढौ

गलत सिफारिसमा हस्ताक्षर गर्ने वडा अध्यक्ष लाइ मुद्धा

जिल्ला सर्लाही, साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं. १० नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मुल्य न्यूनतम मूल्याङ्‍कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मुल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हरिवन नगरपालिका वडा नं. १० का तत्कालीनका तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीले जिल्ला सर्लाही साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं.… पुरा पढौ

निशिखोला बाट जडीबुटीसहित मिलन र रेशम पक्राउ

बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र ९ किलो वन लसुनसहित उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो । उनीहरूले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए । पुरा पढौ