समाचार

सूचनाको हकको अभियान र यसको बिस्तारले ल्याएको तरंग

उमीद बागचन्द नेपालको अन्तरिम संविधान २०६३, सूचनाको हकको कानून २०६४ र नियमावली २०६५ स्थापित हुँदा पनि व्यवहारिक रुपमा सरकारको प्रयोग र प्राथमिकतामा नपरेको सूचनाको हकलाई नागरिक स्तरबाट व्यवहारिक रुपमा प्रयोग गर्न र सरकारको ध्यानाकर्षण गराउने सुचनाको हकको अभियान थालनी भएको थियो । राष्ट्रिय सुचना आयोगले २०७४ सालमा काठमाण्डूमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा देश भरीबाट काठमाण्डूमा जम्मा भएका सूचनाको हकका अभियानकर्ताहरुले सम्मेलनको पहिलो सत्र सकिएपछि अभियानकर्ताहरुव्दारा एक छुट्टै छलफल कार्यक्रम गरी सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको अवधारण अगाडी बढेको थियो ।… पुरा पढौ

सेनाको दसौं करोडको जग्गामा बतासको रजाइँ : सेना अरबौंको जग्गा कब्जा ढाकछोप गर्दै !

पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्रीको सुविधाका लागि निर्माण गरिएको पशुपति धर्मशाला, टंगालस्थित लक्ष्मीनारायण मन्दिरको पाँच रोपनी जग्गा र नारायणहिटी दरबार संग्रहालयको जग्गा कौडीको मूल्यमा लिएर ब्यापार गर्दैआएको बतास समूहले पोखरा महानगरपालिकामा रहेको नेपाली सेनाको करोडौंको जग्गामा सिंत्तैमा रजाइँ गर्दैआएको फेला परेको छ । बतास समूहको स्वामित्वमा रहेको मणिपाल मेडिकल कलेजले कौडीको मूल्यमा नेपाली सेनाको नाममा रहेको पोखराको २ सय ४८ रोपनी जग्गामा रजाइँ गर्दैआएको तथ्य खुलेको छ । नाफा कमाउन ब्यापारिक उद्देश्यले खोलिएको मेडिकल कलेजले नेपाली सेनाको नाममा रहेको… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्ड छनौटमा बेलाटारी बन्यो प्रथम, दोस्रोमा सोमनी ।

प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित बेलाटारीमा स्थित त्रिभुवन नमुना माध्यमिक बिद्यालयमा बिहीबारबाट संचालित प्रथम प्रतापपुर गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार बृहत् समापन समारोह कार्यक्रम गरि सम्पन्न भएको हो ।  सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै त्रिभुवन नमुना मावि बेलाटारीले प्रथमको उपाधि हात पार्न सफल भएको हो । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो उपाधि महेन्द्र… पुरा पढौ

रि पोस्ट सूचनाको हकको लागि

सूचना अधिकारि र कार्यालय प्रमुख को जानकारीको लागि मात्र मा क्लिक गर्नुहोला https://suchanakohak.com/2022/12/10/4821/ पुरा पढौ

सार्वजनिक निकायमा पारदर्शिता

सुशासन कायम गर्न सार्वजनिक निकाय पारदर्शी हुनु जरुरी छ। नागरिकलाई सूचनाको हकबाट वञ्चित गर्न पाइँदैन भन्ने कानुनी व्यवस्था छ। भ्रष्टाचार, अनियमितताजन्य कार्य हुने स्थानहरूमा पारदर्शिता जवाफदेहिता, सहभागिता र जिम्मेवारिता महत्त्वपूर्ण हुन्छ। नागरिकले कुनै पनि सार्वजनिक निकायमा के भइरहेको छ भन्नेबारेमा सूचना माग्दा वा अनियमितताबारे थाहा पाउन सूचनाको हक प्रयोग गर्न सक्छन्। शंका लागेको विषय माग गर्न र थाहा पाएको विषयलाई प्रमाणसहित उजुरी गर्न पनि पाउँछन्। सूचनाको हकअन्तर्गत स्वतः प्रकाशन वा सार्वजनिक गर्नुपर्ने हो। भनेको बेला दिनुपर्ने भएपछि स्वतः सार्वजनिक रूपमा… पुरा पढौ

सूचनाको हकसम्बन्धी पुस्तक विमोचन

नोदनाथ त्रितालद्वारा लिखित पुस्तक ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’को विमोचन गरिएको छ । त्रिवि कानुन सङ्कायका डिन प्राध्यापक डा. कृष्णप्रसाद बस्याल, नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा. डीएन पराजुली र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको हो । कार्यक्रममा राससका अध्यक्ष झाले सूचनाको हकको अभियानमा यो पुस्तक महत्त्वपूर्ण रहेको बताउनुभयो । कानुन सङ्कायका डिन बस्यालले सूचनाको हकको क्षेत्रमा क्रियाशील सङ्घसंस्थालाई पृष्ठपोषण दिन पुस्तक उपयोगी रहेको बताउनुभयो।  लेखक त्रितालले कानुनी अनुसन्धानबाट निस्किएको निष्कर्षलाई सम्बन्धित निकायमा पृष्ठपोषण प्रदान गर्दै भविष्यमा कानुनका… पुरा पढौ

खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर रावत र सचिव विर बहादुर बुढालाइ अख्तियारले मुद्धा चलायो

जिल्ला बाजुरा, काँडा गाउँ विकास समितिमा पर्यटन विकास प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दिपक बहादुर बुढाथोकी, तत्कालीन सव-इन्जिनियर ललन कुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सव-इन्जिनियर दिपेश महताराले बाजुरा जिल्लाको खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा भएको खुद कामभन्दा बढी परिमाण देखाई झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको तथा निर्धारित… पुरा पढौ

मुख्यमंत्री योजनामा हिनामिना गर्ने हरु कानुनको फन्दामा

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६।०७७ मा दैलेख जिल्ला, गुराँस गाउँपालिका वडा नं. ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दैलेख जिल्ला, गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोज कुमार दाहाल र तत्कालीन सव-इञ्जिनियर नविन कुमार वि.सी.ले आपसी मिलेमतो गरी "निगालपानी रेग बगौरा सडक निर्माण योजना" सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको… पुरा पढौ

लघुवित्तको गैरकानुनी हर्कतमा राष्ट्र बैंकको गएन ध्यान : महिलामाथी अमानविय व्यवहार र कुटपीट

 केही व्यक्ती र नेपाल राष्ट्र बैंकका कर्मचारीको साँठगाँठमा गरिव जनतालाई धनी बनाउने लोभ देखाउदै गाँउगाँउमा सञ्चाललनमा रहेका लघुवित्त कम्पनी गैरकानुनी तवरबाट सञ्चालनमा आउदाँ समेत नियमनकारी निकाय भने मौन बसेको छ । सुरुमा गरिवले गाँजेको परिवार गाँउको पत्ता लगाएर घरघरमै गई ऋण लिन गुलीया बचन प्रयोग गरी फसाँदै आएको लघुवित्त कम्पनीले ऋण दिएको २८ दिनदेखिनै महिलादेखि बालबालीकामाथी समेत अमानविय व्यवहार गरेर ऋण चुक्ता गर्न लघुवित्तका कर्मचारी घरघरमा जाने गरेको गुनासो पीडित महिलाहरुले गरेका छन् । लघुवित्तका कर्मचारीहरु रातको ९–१० बजेको समयमा… पुरा पढौ

सुकुटे विच रिसोर्ट लागुऔषध कारोबारको ‘ट्रान्जिट पोइन्ट’ : ३० रोपनी सरकारी जग्गा अतिक्रमण

सरकार परिवर्तन भएपनि नभएपनि सत्तापक्ष र विपक्षसंगको अबैध साँठगाँठमा देशभरका सार्वजनिक जग्गालाई भुमाफियाहरुको कव्जामा रहेको छ । विद्यमान सरकारी ऐन निर्देशन विपरित सार्वजनिक जग्गालाई आफुखुशी अतिक्रमण गरि विभिन्न होटल, रिसोर्ट चलाउदै आएका छन् । यसैबीच, नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको नाम भजाउदै सिन्धुपाल्चोक क्षेत्र नम्बर १ स्थित सुकुटेमा व्यक्तीगत रुपमा सरकारी जग्गा कव्जा गरि अबैधधन्दानै चलाउदै आएको भेटिएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल तनाव भयो भन्दै वा पार्टीभित्र कठिन निर्णय लिनुपर्दा एकाएक पुग्ने स्थलको… पुरा पढौ