समाचार

आयोगले बार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने

राष्ट्रिय सूचना आयोगले आर्थिक बर्ष २०७७/२०७८ को बार्षिक प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्युलाई सूचनाको हक सम्बन्धि ऐन बमोजिम भोलि माघ १८ गते बिहान १०.३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बुझाउने कार्यक्रम रहेको छ . पुरा पढौ

विकासमैत्री संरचना र नीतिको अभाबका कारण विकासमा बाधा

अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताए । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताएका हुन । उनले भने,‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज अभाव देखिरहेको छ, यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन् ।’ यसैगरी उनले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताए । सबै समस्याहरूको जड राजनीति भएको बताउदै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए । राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका… पुरा पढौ

दश पृष्ठ सूचना निःशुल्क पाउने नजिर स्थापित भइसकेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट दश पृष्ठको सूचना प्राप्त गर्दा तिराइएको रकम फिर्ता गरिएपछि दश पृष्ठ सूचना निःशुल्क पाउने नजिर स्थापित भएको मानिएकाे हाे । सूचनाको हकसम्बन्धी नियमावली २०६५ को दफा ४ को उपदफा (२) बमोजिम सार्वजनिक निकायहरुले नागरिकलाई दश पृष्ठको सूचना निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि यसअघि यस्तो ‘प्राक्टिस’ ७ वर्षसम्म अन्य सार्वजनिक निकायले खासै गरेका थिएनन् । सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ८ बमोजिम धनकुटा कुरुले तेनुपाका नोदनाथ त्रितालले २०७१ माघ २२ गते गरेको उजुरीमाथि निर्णय गर्दै  राष्ट्रिय… पुरा पढौ

महानगरपालिकाकाे स्वतः प्रकाशन । अरू पालिकाले कहिले गलार्न

काठमाडौं महानगरपालिकानगर कार्यपालिकाको कार्यालयसुन्धारा, काठमाडौं, वागमती प्रदेश, नेपालसूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको सूचना विवरण(मिति २०७८।०६।०१ देखि मिति २०७८।०९।३०सम्मको विवरण)(१) निकायको स्वरुप र प्रकृतिःकाठमाडौं महानगरपालिका वि.स.१९७६ मा सफाई अड्डाको नामबाट स्थापना भई विभिन्न कालखण्डमा जारी भएका कानुनबमोजिम तोकिएका कार्य जिम्मेवारीहरु पुरा गर्न विभिन्न नामको कार्यालयमार्फत अविछिन्न सेवा प्रवाह गर्दै आएकोमा वि.स. २०५२ साल मंसिर महिना २९ गते महानगरपालिका घोषणा भएको हो । स्थानीय स्वायत्त शासन ऐन, २०५५… पुरा पढौ

मृतक हिन्दु युबालाई धार्मिक सहिद घोषणा सहित क्षतिपुर्तिको माग, हिन्दु परिषद द्वारा

मिति ः २०७८÷१०÷१४ माननीय गृहमन्त्रीज्यूगृह मन्त्रालयसिंहदरवार, काठमाडौँ, नेपाल । विषय ः ज्ञापन–पत्रउपरोक्त विषयको सम्बन्धमा यही २०७८ सालको छठपर्व मनाउने क्रममा कार्तिक २५ गतेका दिन हिन्दू भक्तहरू र स्थानीय मुसलमान युवाहरू बीच विवाद झैँ–झगडा हुँदा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. १९ इनरवारी बस्ने राजकुमार राउत कुर्मीका छोरा वर्ष १८ का राधेश्याम पटेललाई मुस्लिम युवाहरूले लाठी, ढुङ्गा, मुढा गरी कुटपिट गर्दा राधेश्याम पटेलको टाउकोमा गम्भीर चोट लागि उपचारार्थ L.S. Neuro and General Hospital Pvt. This includes https://clickmiamibeach.com/ the top online casinos… पुरा पढौ

सूचनाले गरेकाे खुलासा, हल्दिबारी गाउँपालिकासंग छैन आफ्नाे क्षेत्र भित्र सञ्चालित सहकारीकाे विवरण

झापाको हल्दिबारी गाउँपालिका भित्र रहेका सहकारीको विवरण गाउँपालिकाको सहकारी शाखासँग नभएको खुलेको छ ।गाउँपालिकाको क्षेत्रधिकार भित्र रहेका सवै सहकारीलाई नियमन र सुचिकृत नगरेको तथ्य खुलेको हो ।पछिल्लो समय सहकारी मार्फत सदस्यहरू ठगिएको, आफ्नो बचतहरू समेत फिर्ता माग्दा सहकारी संस्थाले फिर्ता गर्न आनाकानी गरेको र फिर्ता गर्न नसकिरहेको समाचार बेला मौकामा आउने गरेका छन् । गाउँपालिका कार्यालयमा सूचना अभियानता तथा जागाैं नेपालका प्रबास सह-संयाेजक सुदिप गिरीले सबै सहकारी संस्थाहरूको विवरणको सूचना माग गरेपछि यो तथ्य खुलेको गिरीले बताए । गाउँपालिकाले दिएको… पुरा पढौ

रकम हराएपछी वडा सचिव सहित लाइ भ्रस्टाचार मुद्दा

जिल्ला नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नं. ०२ को वडा कार्यालयबाट मिति २०७७।१२।२४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएको घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वडा सचिव सरिता राउतले र कार्यालय सहायक रामकुमार गिरीले रकम बैङ्कबाट लिएर आएको र कार्यालयमा निज सरिता राउत, रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रको रोहवरमा उक्त रकम राखिएको, दराजको सेफको चाँबी सरिता राउत र रामकुमार… पुरा पढौ

प्र.ना.नि. हरि खड्काकाे शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकाे सावित  ।

महानगरीय प्रहरी गण नं. २, मा दरवन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समितिमा) कार्यरत प्र.ना.नि. हरि खड्काको शैक्षिक योग्यता आइ.ए.को प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको शैक्षिक योग्यता (आइ.ए.को) को झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा मिति २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई, प्रहरी सेवामा निरन्तर वहाल रही मिति २०५९।०९।१४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ… पुरा पढौ