समाचार

आफैंले बोकेको बन्दुक अचानक पड्किएर मृत्यु

अर्घाखाँचीमा बाँदर धपाउन बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका-७ का पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए। उनले शुक्रबार बिहान घर नजिकैको मकैबारी बारीमा बाँदर र बदेल धपाउन भरूवा बन्दुक बोकेर गएका थिए। अचानक गोली पड्किएर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए। 'बन्दुक कसरी पड्कियो भन्नेबारे अनुसन्धान भइरहेको छ,' डिएसपी रिजालले भने। पुरा पढौ

भजनी नगरपालिकाका वडा नम्बर ३ र ८ डुबानमा

घरभित्र बाढीको पानी पसेर नगरबासीको बिचल्ली भएपछि कैलालीको भजनी नगरपालिकाका मेयर केवल चौधरीले सहयोगका निम्ति अपिल गरेका छन् । गत सोमबार देखिको निरन्तर वर्षाका कारण वडा नम्बर ३ र ८ डुबानमा परेपछि उनले विभिन्न सरकारी, गैरसरकारी संघ संस्था, निजी क्षेत्र, नागरिक समाजसँग सहयोगका लागि आग्रह गरेका हुन् ।  बाढीका कारण अधिकांश घरबारविहीन भएको उल्लेख गर्दै उनले दैनिक छाक टार्नसमेत स्थानीयलाई समस्या परेको बताए । विस्थापित नगरबासीलाई हुलाकी राजमार्ग, विद्यालय, सामुदायिक भवनलगायत सुरक्षित स्थानमा राखिएको छ । भजनीमा वर्षेनी बर्खाको समयमा… पुरा पढौ

नक्कली नोट कारोबारमा संलग्न नौ जना पक्राउ

राजधानीबाट नक्कली नोट कारोबारमा संलग्न नौ जना पक्राउ परेका छन् । उनीहरुसँगै ५२ लाख ७५ हजार नक्कली नोट फेला परेको बताइएको छ । काठमाडौं प्रहरी परिसरले आज नक्कली नोट र कारोबारमा संलग्नहरुबारे जानकारी गराएको हो । हिजो थानकोट नागढुंगाबाट चाउचाउको बक्सभित्र हालिएको नक्कली नोट प्रहरीले बरामद गरेको हो । परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार लु.१ प ५ नम्बरको पर्यटक बसमा राखेर नक्कली नोट ल्याउँदै गरेको अवस्थामा  बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएपछि थप रहस्य खुलेको हो । त्यसपछि बालाजु… पुरा पढौ

बुंगल नगरपालिकाका कर्मचारी ६ दिन पछी मृत फेला

बझाङको बुंगल नगरपालिकामा कार्यालय सहयोगीको काम गर्दै आएका एक जना कर्मचारी बेपत्ता भएको ६ दिनपछि मृत फेला परेका छन्। बुङ्गल नगरपालिका–३ विर्पैयाँका ४० वर्षीय धनबहादुर बोहरा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको हो। उनको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको हो। मृतक बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक फेला परेको थियो।  चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो। उनको शव ६ दिनपछि डोटीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी जागेश्वर भण्डारी… पुरा पढौ

विभिन्न ठाउँबाट लागुऔषधसहित आठजना पक्राउ

कैलाली, बर्दिया र तनहुँबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका-१४ खुटियाघाटबाट अवैध लागुऔषध चरेश ४ किलो ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान लुङ गाउँपालिका-७ बस्ने ४२ वर्षीया मिना बुढाथोकी र रुकुम (पश्चिम) बासिकोट गाउँपालिका-७ बस्ने ३९ वर्षीय भिमसेन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  कैलालीकै गोदावरी नगरपालिका-४ बुढीतोलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ५३ हजार रूपैयाँसहित डोटी जोरायल… पुरा पढौ

अनलाइनमार्फत् श्रम स्वीकृतिका लागि आवेदन दिने प्रणाली पूर्णरुपमा सुचारु

अस्तिदेखि अवरुद्ध भएको अनलाइनमार्फत् श्रम स्वीकृतिका लागि आवेदन दिने प्रणाली पूर्णरुपमा सुचारु भएको छ । वैदेशिक रोजगार विभागले ‘फरेन इम्प्लोइमेण्ट इन्फरमेसन म्यानेजमेण्ट सिस्टम’ आजदेखि पूर्ण रुपमा सुचारु भएको जानकारी दिएको छ ।  प्रणालीको फाइल सर्भरमा माइग्रेटको कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै विभागले अनलाइनमार्फत् फाइल अपलोड गर्न सकिने जनाएको छ । त्यस्तै, विगतमा देखिएको समस्याका कारण श्रम स्वीकृति दिने पालो बाँकी रहेकाले सो नभएसम्म हवाई टिकट नलिन विभागले सुसूचित गराएको छ ।  ‘यस विभागमा सञ्चालित एफईआइएमएस प्रणालीको फाइल सर्भर माइग्रेटको कार्य… पुरा पढौ

१४ बुँदे मागसहित तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले आगामी आइतबार सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । सो दिन कलेज सञ्चालकहरु, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरु देशव्यापी रुपमा शान्तिपूर्ण बृहत र्यालीमा सहभागी हुने बताइएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले १४ बुँदे मागसहित तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने क्रममा उक्त कार्यक्रम राखेको हो । पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरुको माग सम्बोधन नभएको उल्लेख गर्दै समितिले तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलन कार्यक्रम राखिएको जनाएको छ । आज जारी… पुरा पढौ

जंगली च्याउ खाएका १२ जना बिरामी

डोटीमा जंगली च्याउ खाएका १२ जना बिरामी भएका छन्। आदर्श गाउँपालिका–२ कारनेस्थित दिपायल–मेल्लेख सडक खण्डमा काम गर्ने १२ जना कामदारहरू बिरामी परेका हुन्। प्रहरीका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९ बस्ने वर्ष ५५ को दिल बहादुर राजी सहितका १२ जना कामदारहरूले मंगलबार दिउँसोको खानासँगै पकाएको जंगली च्याउ खाएका थिए। उक्त च्याउ खाएपछि उनीहरू बिरामी भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय आदर्श डोटीबाट प्रहरी टोली खटिएको थियो। उक्त प्रहरी टोलीले उनीहरूको उद्धार गरी स्थानीय मौवा स्वास्थ्य चौकी डोटीमा उपचार भइरहेको छ। पुरा पढौ

बिद्यालयमा बाल यौन दुर्व्यवहार गर्ने शिक्षक धरौटीमा रिहा

होमवर्क नमिलेको बहाना गर्दै आफ्नै छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने मोरङ जहदाका एक शिक्षक धरौटीमा रिहा भएका छन्। पाँच जना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेका मोरङको जहदा गाउँपालिकास्थित जनप्रिय आधरभूत विद्यालयका २७ वर्षे शिक्षक विकासकुमार साह धरौटीमा रिहा भएका हुन्। मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजलासले साहसँग १ लाख रुपैयाँ धरौटी लिएर छोड्न मंगलबार आदेश दिएको थियो।  शिक्षक साहविरूद्ध पाँच जना छात्राको जाहेरीमा छुट्टा–छुट्टै अभियोग दर्ता भएको थियो। थुनछेक पछि न्यायाधीश अर्यालको इजालासले पाँच वटा मुद्दामा जनही २० हजार… पुरा पढौ

रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ निर्णय

वैदेशिक राेजगार बाेर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता दिने भएको छ। यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ।  वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई  हजार पाँच सय रुपैयाँ अनिवार्य रूपमा… पुरा पढौ