समाचार

गण्डकी स्पोट्स क्लबमा उमेश

पोखरा, २५ माघगण्डकी स्पोट्स क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपकराज मुल्मी, सचिव कपिलदेव शर्मा, सहसचिव सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सहकोषाध्यक्षमा सुमन ताम्राकार छन् ।सदस्यमा जयप्रकाश थापा, कृष्णबहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्यजंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमनजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा(इमान), सुन्दरकुमार थापा र राजकुमार गुरुङ छन् । ०५५ बाट खेलकुदका गतिविधिमा सक्रिय यो क्लबले स्वर्गीय नरकाजी गुरुङ स्मृति कप… पुरा पढौ

उपभोक्ता समिति अध्यक्ष लाइ भ्रटाचार मुद्धा

जिल्ला सल्यान, कालीमाटी गाउँपालिका वडा नं. ३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सवडिभिजन वन कार्यालय, कालीमाटी -३, सल्यानमा कार्यरत फरेष्टरसमेतले तुल्सीपुर-पुरन्धारा-बोटेचौर सडक-खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी -३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कालिमाटी सव-डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज वुढाथोकीले जिल्ला सल्यान, कालिमाटी गाउँपालिका वडा नं.-3 स्थित महिला सामुदायिक वन उपभोक्ता समूह कालिमाटी, सल्यानको वन क्षेत्रबाट तुल्सीपुर-पुरन्धारा-वोटेचौर… पुरा पढौ

ऋण तिर्न नसकेर आत्महत्या गर्ने व्यवसायी संसारभर छन्

पछिल्लो समय नेपालमा बैंकको ऋण तिर्न नसकेको भन्दै केही व्यवसायीहरूले आत्महत्या गरेका छन् । विभिन्न आर्थिक सामाजिक कारणले गर्दा आत्मदाह गरेका पनि थुप्रै उदाहरणहरू अहिले बाहिर आएका छन् । पछिल्लो साँढे ५ महिनामा कालो सूचिमा पर्ने ऋणी तीन गुणाले बढेका छन् । चालु आर्थिक वर्षको साढे ५ महिनामै १३ हजार २ सय २६ जना ऋणी बैंकको कालो सूचिमा परेका छन् । आखिर यो किन भइरहेको छ यसको कारण के हो ? अनि समाधानको उपाय के हो त ? यसै विषयमा… पुरा पढौ

देवघाटका जनप्रतिनिधिले खान्छन् तेहरो सुविधा

जनप्रतिनिधिहरु कर्मचारी भन्दा खर्चिला, मड्किला र सुविधा भोगी हुने गरेको खुल्दै गएका छन् । सूचनाको हक प्रयोग गरी पाएको सूचना विवरणले त्यस्तो पुष्टि गरेको छ । सेतो हात्ती जस्तो गरी जनताले तिरेको कर राजस्वबाट जनप्रतिनिधिलाई पाल्नु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरिएका छन् । अघिल्लो अंकमा गण्डकी प्रदेशको कावासोती नगरपालिकाका जनप्रतिनिधिले मात्र वार्षिक सुविधा भत्ता वापत दुई करोड रुपैयाँ खर्च गर्ने गरेको रिपोर्ट सार्वजनिक गरेका थियौ यस पटक देवघाट गाउँपालिकाको एक रिपोर्ट तनहुँको पश्चिम दक्षिण दिशामा रहेको छ देवघाट गाउँ… पुरा पढौ

पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको खोलाको पुलको काम रोकिएको छ ।

सोमबार वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अनुगमनका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको देखेपछि उक्त योजना कार्यान्वयन गरिरहेको सघन सहरी विकास आयोजना कार्यालयलाई खबर गरेका थिए । त्यसपछि आयोजना कार्यालयले पुल निर्माणको काम रोक्न निर्देशन दिएको हो । कार्यालयका प्रमुख झपटबहादुर थापाले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको जानकारी आएपछि काम रोकेको जानकारी दिए । ‘मेयर साबले फोन गरेपछि कार्यालयबाट हाम्रा इन्जिनियरहरु पनि साइटमा पुगे । त्यहाँ गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि ठेकेदार कम्पनीलाई काम रोक्न भनेका छौं’ उनले भने ।… पुरा पढौ

ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको ट्रायल सेन्टरबाट २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका-२४ रामगढवा बस्‍ने बस्‍ने २० वर्षीय सर्दुन अन्सारी रहेका छन् । उनले पर्सा सखुवा प्रसौनी गाउँपालिका ३ बस्‍ने ३६ वर्षीय निजामोद्दीन अन्सारीको ठाउँमा लाइसेन्सको ट्रायल परीक्षा दिएका थिए । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

रोमानिया, स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

 प्रहरीले रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको खोटेहाङ गाउँपालिका-९ स्थायी घर भई हाल टोखा नगरपालिका-१० बस्‍ने ४० वर्षीय हरि बस्‍नेत र प्युठानको गौमुखी गाउँपालिका-७ स्थायी घर भई हाल तारकेश्वर-११ बस्‍ने ४२ वर्षीय हेमलाल पुन मगर रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले तारेकेश्वर ११ शेषमतीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको… पुरा पढौ

म, तपाइँ, उहा हामि सबै भ्रस्टाचारी

अर्जुनमोहन भट्टराई सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं ।किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ ।भ्रष्टाचारको भ्याक्सिन पारदर्शिता हो । भ्रष्टाचारको मूल्य गरीबले चुकाउँछन् । जहाँ लोभ, शक्ति र पैसा हुन्छ, त्यहाँ भ्रष्टाचार हुन्छ । सरकारद्वारा भ्रष्टाचारको विरुद्धमा उभिनु नै सच्चा देशभक्ति हो । नागरिकको सुख, शान्तिभन्दा आफ्नो पाकेट महत्त्वपूर्ण ठान्ने नेता भएपछि देश ध्वस्त पार्न कुनै आणविक बम चाहिन्न । यी माथिका… पुरा पढौ

साढे ७८ लाख नगदसहित दुई हुन्डी कारोबारका आरोपित पक्राउ

साढे ७८ लाख नगदसहित दुई जना हुन्डी कारोबारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।  धनगढी उपमहानगरपालिका-९ घर भई काठमाडौंको बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ललाई पक्राउ गरेको हो।  प्रहरीले उनीहरूमाथि हुन्डी कारोबार गरेको आरोप छ। प्रहरीले उनीहरूबाट साढे ७८ लाख नगद र चार लाखको चेक पनि बरामद गरेको छ।   न्‍युरोडमा नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी इजाजतपत्र नलिई… पुरा पढौ

फेरि थपियो नागढुंगा सुरूङमार्गको म्याद 

धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङमार्ग तोकिएको अवधिमा नसकिएपछि म्याद थपिएको छ। २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको आयोजनाका सहायक प्रमुख माधव अधिकारीले जानकारी दिए।  हालसम्म आयोजनाको भौतिक निर्माण काम ४७.९० प्रतिशत मात्रै सकिएको छ। आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो। कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको आयोजनाले बताएको छ। कोभिडपछि पनि… पुरा पढौ