समाचार

कुन पालिका मा कस्ले जिते हेर्नुहोस ५५० पालिकाको बिबरण

स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइरहेको छ। हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।  सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले सर्वाधिक २५३ पालिकामा जित निकालेको छ। यस्तै नेकपा एमालेले १५२ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख पद जितेको छ।  जनता समाजवादी पार्टीले १३ वटा पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादी पार्टीले १२ पालिकामा जित हात पारेको छ।  ७ जना स्वतन्त्र उम्मेदवारले पालिकामा प्रमुख पद जित्दा राष्ट्रिय जनमोर्चाले ४ पालिकाको… पुरा पढौ

प्रदेश १ मा ०७४ का २९ विजेता ०७९ मा पराजित

प्रदेश १ मा स्थानीय तहको निर्वाचनमा दोहोरिन खोज्ने २९ जना निवर्तमान जनप्रतिनिधि पराजित बनेका छन् । जसमध्ये सबैभन्दा बढी एमालेका १४ जना छन् । २०७४ को निर्वाचनमा जितेका काँग्रेसका १०, माओवादीका ३, राप्रपाका एक र जसपाका एक जना यस पटक पराजित भएका हुन् । २०७४ मा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा जसपाबाट जितेका महेन्द्र यादव यसपटक एमालेबाट उम्मेदवार बनेका थिए । उनी काँग्रेससँग पराजित भए । काँग्रेसका अजमल अख्तर मिया ४ हजार ९९३ मत ल्याएर निर्वाचित हुँदा यादवले ३ हजार… पुरा पढौ

कुन पालिका मा कस्ले कति जिते सुचिसहित

स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउनेक्रम जारी छ। बिहीबार बिहान ३ बजेसम्म आएका पालिकाको अन्तिम मिश्रित छ । जसमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसले ७६ नगरपालिका र १५७ गाउँपालिकासहित २३३ पालिकामा प्रमुख पद जितेको छ।  यस्तै नेकपा एमालेले ४३ नगरपालिका र १०१ गाउँपालिकामा प्रमुख पद जितेको छ। सत्तारूढ दल नेकपा माओवादी केन्द्रले १ उपमहानगरसहित १६ नगरपालिका र ८४ गाउँपालिका जितेको छ।  यस्तै जनता समाजवादी पार्टीले १२ पालिकामा प्रमुख पद जित्दा नेकपा एकीकृत समाजवादीले ९ पालिकामा जितेको छ।  ७ वटा पालिकामा स्वतन्त्र… पुरा पढौ

४५० पालिकाको नतिजा आयो, कांग्रेसले ४७ प्रतिशत जित्दा अरू दलले कति जिते?

स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म (दिउँसो ३ बजे) सम्म सेतोपाटीलाई प्राप्त अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ४७ प्रतिशत पालिकामा जित हात पारेको छ। २१० पालिकामा कांग्रेसले जित्दा नेकपा एमालेले १३२ पालिकामा जित हात पारेको छ। यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९३ पालिकामा जित हात पारेको छ।  यस्तै जनता समाजवादी पार्टीले ८ पालिकामा जित निकाल्दा  नेकपा एकीकृत समाजवादीले ७ पालिकामा प्रमुख पदमा विजयी भएको छ।  यस्तै स्वतन्त्र ६, नेमकिपा, राजमो ३,… पुरा पढौ

प्रदेश १ को ७५ पालिकाको नजिता

प्रदेश १ मा ७५ स्थानीय तहको परिणाम घोषणा भएको छ । जसअनुसार आधाभन्दा बढीमा काँग्रेसले जितेको छ । घोषित ७५ पालिकाको परिणाम अनुसार काँग्रेसले ३८ पालिकामा जित हासिल गरेको छ । एमालेले भने प्रदेश १ मा २१ मा जितेको छ । माओवादी केन्द्रले १२, नेकपा (एकीकृत समाजवादी)को १, जसपाले १ र स्वतन्त्रले २ पालिका जितेका छन् । प्रदेश १ का १३७ स्थानीय तह छन् । अन्य पालिकाको नतिजा आउने क्रम जारी छ । २०७४ सालमा काँग्रेसले प्रदेश १ मा ५४… पुरा पढौ

माओवादी केन्द्रले जितेका पालिकाहरू (सूचीसहित)

वैशाख ३० गते देशभर एकै पटक सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। मध्यरात १ बजेसम्म प्राप्त विवरण अनुसार २२६ स्थानीय तहको गणना सकिएको छ।  अहिलेसम्मको नतिजाअनुसार कांग्रेसले १०० पालिका जितेर पहिलो हुँदा नेकपा एमालेले ६४ पालिका जितेर दोस्रो र माओवादी केन्द्रले तेस्रो स्थानमा रहेका छन्। हेर्नुहोस् माओवादी केन्द्रले जितेका पालिकाहरू दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामीदार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरेदार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामीदार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशीडोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय डोल्पा… पुरा पढौ

यी हुन् एमालेले जितेका ६० पालिका (सूची)

नेकपा एमालेले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ६० पालिकामा जित हात पारेको छ। अहिलेसम्म २२० बढी पालिकाको मत परिणाम सार्वजनिक भएको छ। तीमध्ये ६० पालिकामा मेयर/अध्यक्ष एमालेले जितेको थियो। २०७४ को चुनावमा कांग्रेसले २९४ पालिकामा जित हात पारेको थियो। त्यतिबेला पहिलो दल बनेको थियो। यसपालि भने एमाले दोस्रो हुने सम्भावना छ। कांग्रेसले अहिलेसम्म १०१ पालिका जितिसकेको छ। नेकपा एमाले विजयी भएका पालिकाहरू: मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घलेमनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घलेमुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्टमुस्ताङको… पुरा पढौ

एक मतले उपाध्यक्ष पदमा जित-हार

उपाध्यक्षमा निर्वाचित कृष्णकुमारी कडरिया (दायाँ) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्ष पदमा एक मतले नेकपा माओवादी केन्द्रका कृष्णकुमारी कडरिया विजयी भएकी छिन्। उनले स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई १ मतले पराजित गरेकी हुन्। माओवादी केन्द्रकी कृष्णकुमारीले २३७६ मत प्राप्त गरिन्। उनको निकटतम प्रतिद्वन्द्वी जीवनले २३७५ प्राप्त गरे।  सिङदिङ्वा गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। उनले नेपाली कांग्रेसका प्रदिप राईलाई पराजित गरेका हुन्। मानबहादुरले ३०८५ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्वन्द्वी प्रदिप राईले २३८२ मत प्राप्त गरे। यो गाउँपालिकामा कांग्रेस र… पुरा पढौ

कांग्रेसले जितेका १०६ पालिकामध्ये कहाँ-कहाँ थियो गठबन्धन?

वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ।  अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुख/उपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका  ५० पालिकामा विजय हासिल गरेको छ।  नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।  कांग्रेसले अहिलेसम्म जितेका १०६ पालिकामध्ये ३९ मा गठबन्धन गरेको छ।  हेर्नुस् कहाँ-कहाँ कोसँग… पुरा पढौ

५ सय ठूला ऋणीलाई मात्रै ७ खर्ब २५ अर्ब कर्जा 

गत एक वर्षमा वाणिज्य बैंकहरूको मात्रै शाखा संख्या ३१ प्रतिशतले, कर्जा खाता करिब १२ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा लगानी १३.४४ प्रतिशतले बढ्यो। तर पनि बैंकहरूको कर्जा लगानी प्रवृत्ति भने फेरिएन।   अझैपनि वाणिज्य बैंकहरूबाट जारी हुने कर्जाको २० प्रतिशत बराबर कर्जा २० ठूला ऋणीले पाइरहेका छन्। विगत एक वर्षयता विभिन्न समयमा क्रेडिट रेटिङ (साख मूल्यांकन) गराएका २५ वाणिज्य बैंकहरूले कुल कर्जाको औसत २० प्रतिशत बराबर कर्जा लगानी ठूला २० ऋणीहरूमा गरिरहेका छन्। ऋणीको संख्या नदोहोरिएको मान्ने हो भनेपनि यी २५… पुरा पढौ