समाचार

अदालतबाटै फरार भए म्याद थप्न लगिएका बन्दी  

प्रहरीले म्याद थप्न लगेका लक्ष्मण विश्वकर्मा जिल्ला अदालत, दाङको भवनको दुई तला माथिबाट हाम फालेर भागेको पुष्टि भएको छ। सिसिटिभी क्यामराको फुटेजमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतको दुई तला माथिबाट भुइँमा हाम फालेर भागेको स्पष्ट देखिएको प्रहरीले बताएको छ। फुटेज अध्ययनपछि जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले विश्वकर्मा ज्यानको समेत पर्वाह नगरी दुई तला माथिबाट हाम फालेर भागेको बताए। 'अदालत भवनको माथिल्लो तलामा सिसाको टुक्राटाक्री छन्। तल्लो तलामा रड थुपारिएको छ,' डिएसपी गौतमले भने,… पुरा पढौ

डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई एकलाख ।

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले जिते नगद एक लाख ।प्रमुख अतिथी वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फ वाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटा को उपस्थीतिमा, क्षेत्रिय सेल्स म्यानेजर, प्रदिप सुवेदीले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत… पुरा पढौ

डिशहोमका ग्राहकहरुको लागि खुसीको खबर, चाडपर्बमा नया अवसर

नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्नसकिने योजना संचालन गरिरहेको छ ।डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।यस संगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन्।हरेक हप्ता सोमबार साँझ ५… पुरा पढौ

उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानल, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा

पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ । चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिश्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् । पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ‘व्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’ उनी भन्छन्, ‘अर्जुन आफै… पुरा पढौ

तोकेको भन्दा कम दररेट राखी नदिजन्य पदार्थमा भ्रष्टाचार

जिल्ला बागलुङ, बागलुङ नगरपालिकाले प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गर्दा कम कर उठाई मिलेमतो गरी नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बागलुङ जिल्ला, बागलुङ नगरपालिकाले  ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानूनबमोजिम तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनुपर्नेमा सो नगरी बिक्री वितरण दर घटी निर्धारण गरेर सोही आधारमा राजस्व सङ्कलन गरी नेपाल सरकारलाई रु.१७,४०,०६६।- हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले… पुरा पढौ

उच्च अदालत, दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रण वहादुर कटवाल उपर भ्रस्टाचार मुद्धा 

उच्च अदालत, दिपायलका रजिष्ट्रार रण बहादुर कटवालले आर्थिक वर्ष ०७८।७९ मा बिनियोजित वजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उच्च अदालत, दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रण वहादुर कटवालले आफ्नो पदीय दुरुपयोग गरी बिभिन्न शीर्षकमा बिनियोजित बजेट अनुसार गर्नुपर्ने खर्च शिर्षकमा नक्‍कली विल भरपाई खडा गरी, नक्‍कली सम्झौतासमेत बनाई आफै स्वीकृत गरी प्राय:आफैले शोधभर्ना लिने, सम्मानित सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरिक्षण भएकोमा… पुरा पढौ

उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर भ्रस्टाचार मुद्दा

जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्षसमेतले तटवन्ध निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मुगु, जिल्लाको सोरु गाउँपालिका वडा नं. ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन आयोजनामा कार्यको मूल्याङ्कनभन्दा बढी रु. १८,१०,०८४।९६ भुक्तानी लिने/दिने गरी आफूलाई गैरकानूनी लाभ पुर्‍याई नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने देहायका व्यक्तिहरुलाई देहाय बमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम… पुरा पढौ

सूचना आयोगको निर्देशनलाई अटेरी गरेका भट्टराईले गरे मोबाइल नम्बर सार्वजनिक

अर्थमन्त्रालयका सूचना अधिकारी कमल कुमार भट्टराईले आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय छिर्ने गेटको देब्रेपट्टी रहेको सानो फ्लेक्स बोर्डमा उनको नाम, फोन नम्बर, मोबाइल नम्बर, इमेल र कोठा नम्बर उल्लेख गरिएको छ । यसअघि उनले आफ्नो मोबाइल नम्बर दिन नसकिने बताएका थिए । अर्थमन्त्रालयको वेबसाइटमा भने उनको मोबाइल नम्बर अपडेट भएको छैन । उनले फ्लेक्स बोर्डमा आफ्नो नयाँ फोन नम्बर ९८६४१६४६०६ उल्लेख गरेका छन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) मा प्रत्येक नेपाली नागरिकलाई… पुरा पढौ

विराटनगर महानगरपालिकामा मनपरी

केही दिन अगाडि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आर्थिक अवस्था जर्जर भएको भन्दै १०६ पृष्ठको श्वेत पत्र सार्वजनिक गरे । उक्त पत्रमा २२ बुँदे निष्कर्ष उल्लेख छ । त्यहाँ कर्मचारी धेरै भएको, विगत ५ वर्षमा ठुला काम नभएको, जथाभाबी नगरपालिकाको जग्गा वितरण गरेको, महानगरपालिकाको आन्तरिक आय मापदण्ड अनुसार नपुगेको, बजेट खर्च हुन नसकेको लगायतका थुप्रै विषय उल्लेख छ । तर, श्वेत पत्रमा विभिन्न संघसंस्था तथा प्रतिष्ठानलाई जथाभाबी बाँडिएको रकमको भने कुनै विवरण छैन । यो विवरण लुकाउनुमा स्वयं नागेश… पुरा पढौ

कार्यालय सहयोगीको असुली धन्दाले भन्सारकै बदनाम

नेपालगन्ज भन्सार कार्यालयका एकजना कार्यालय सहयोगीको असुली धन्दाले भन्सारकै बदनाम भएको छ । कार्यालय सहयोगी भिम बहादुर चन्दको असुली धन्दाले भन्सार कार्यालयकै बदनाम भएको हो । चन्दले भारतबाट फर्कने नेपालीबाट दिनदहाडै खुलियाम रकम असुल्ने गरेका छ्न । भारतीय बजार रुपैडियाबाट दैनिक उपभोग्य सरसामान किनमेल गरेर फर्कने नेपालीबाट चन्द असुलीकर्ता हुन । उनले ती सोझा साझा नेपालीबाट रु ५० देखि रु १०० सम्म असुल्ने गरेका छ्न । प्राप्त सूचना अनुसार चन्दले नेपालीहरुबाट उनले दैनिक रकम असुल्ने गरेका छन। यस्तो लाग्छ उनलाई… पुरा पढौ