समाचार

सूचना आयोग ले कुन कुन पालिका संग जवाफ माग गरेको छ हेर्नुहोला , समयमै सूचना नदिने पालिका लाइ कारबाही गर्ने आयुक्त को भनाइ

राष्ट्रिय सूचना आयाेगले बिभिन्न प्रदेशमा गर्दै आएको कार्यक्रम स्थानीय तह केन्द्रित गरि शुरु गरेको छ । प्रदेश एकका बिभिन्न स्थानीय तह मा आयोगको उपस्थिति देखिएको छ । माइ नगरपालिकाका जनप्रतिनिधी कर्मचारी नागरिक समाज सूचनाकाे हकका अभियन्ता तथा स‌चारकर्मीका लागि सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम हालै आयोग ले सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिका मेयर दिपक प्रसाद थेवे आयाेगका प्रमुख सूचना आयुत्त महेन्द्र मान गुरुड र सचिव भागीरथ पाण्डे प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी लगायतकाे सहभागिता रहेको थियो फिदिम नगरपालिका आठराई… पुरा पढौ

संघीयता सुदृढीकरणमा संघ सरकार अनुदार : मुख्यमन्त्री पोखरेल (मन्तव्यको पूर्ण पाठसहित)

गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरुसंघीयता सुदृढीकरणमा संघ सरकार अनुदार : मुख्यमन्त्री पोखरेल (मन्तव्यको पूर्ण पाठसहित)पोखरा, २६ फागुन । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकार प्रदेशप्रति अनुदार हुँदा संघीयता मजबुत हुन नसकेको बताएका छन् । गण्डकी प्रदेश सभाको नवौं अधिवेशनको पहिलो दिन बिहीबार सदनमा संवोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, मुलुकको राजनीतिलाई स्थिर राख्दै संघीयतालाई अझ मजबुत बनाउनु अहिलेको आवश्यकता हो । चाहे यसअघिको दुई तिहाइ नजिकको सरकार होस, या अहिले नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन सरकार संघीयता सुदृढीकरण अर्थात्… पुरा पढौ

पौष २९ गते पक्राउ परेका सुपरभाइजर बिरुद्द आरोपपत्र तयार भइ मुद्दा दायर

नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव-स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीले नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग रु. १,४०,०००।–घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सोमप्रसाद पहाडीलाई सेवाग्राहीबाट रु. १,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा मिति २०७८।०९।२९ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव-स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीले जिर्ण भएको काठको पोल बदली गर्नका… पुरा पढौ

बेरोजगार लाइ ठग्नेहरु पक्राउ

बेरोजगारीलाई ‘रोजगारीमा लगाई दिन्छु भन्दै चोकचोकमा ‘रोजगारीको अवसर’ लेखिएको पर्चा बाँडेर जागिर दिने नाममा ठगी गर्र्दै आएको जव सेन्टरका ९ जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले त्यस्ता पर्चा बाँड्ने र फेसबुकबाट विज्ञापन गरेर ‘जागिर सपना’ बेच्ने ९ वटा जब सेन्टरमा छापा मारी सञ्चालकलाई पक्राउ गरेको जनाएको छ । जब सेन्टरको आवरणमा ठगी धन्दा चलाउँदै आएका ९ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । प्रहरीले काठमाडौंको कोटेश्वर, बानेश्वर, बालाजु र चाबहिल लगायतका ठाउँमा रहेका ती जब सेन्टरहरूमा… पुरा पढौ

सूचना आयोग को उपस्थिति स्थानीय तहमा देखिन थाल्यो

राष्ट्रिय सूचना आयाेगले स्थानीय तह केन्द्रित भएर कार्यक्रम शुरु गरेको छ । स्थानीय तहका जनप्रतिनिधि , कर्मचारी र समूहहरुसंग को छलफललाई ब्यापक रुपमा आयोग ले अगाडी बढाएको छ । प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ आफै पालिका सम्म पुगेर जनचेतन जगाउन सक्रिय रुपमा अगाडी बढ्नु भएको छ । आयोगले केहि काम गर्न नसकेको आरोप आयुक्तहरुलाई आइरहेको बेला माइ नगरपालिकाका जनप्रतिनिधी कर्मचारी नागरिक समाज सूचनाकाे हकका अभियन्ता तथा स‌चारकर्मीका लागि सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोगले सम्पन्न गरि आयोग को उपस्थिति… पुरा पढौ

सफल बन्नको लागि आफुले आफैलाई प्रेरित गर्नुहोस

जीवन एक यात्रा हो यो सधै एकनासले अगाडी बढदैन । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । जीवनमा सफल बन्नका लागि केहि तथ्यहरुलाई आत्मसाथ गर्न सकिन्छ । हामि जीवन को येस्ता बास्तबिकता बुझ्न नसकेर तनाब मा रहेका हुन्छौ । जन्म, प्रेम र मृत्यु मात्र होइन धेरै कुरा हरु हाम्रो… पुरा पढौ

नक्कली कागजात बनाउन मा वडा अध्यक्ष रमजान अलिमिया सक्रिय

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का गरिब कोहारको धान खेतमा गोडमेल चल्दै गर्दा केही व्यक्ति आएर जग्गा नापजाँच गर्न थाले। छिमेकीको जग्गा नापजोख भइरहेको देखेका राधेश्याम गुप्ताले ग्लोबल आईएमई बैंकका कर्मचारीले जग्गा नापेको भन्नेसम्म थाहा पाए। आफ्नो जग्गा नापिएको सूचना गुप्ताबाट पाएका कोहार विभिन्न अड्डा धाएपछि बल्ल नापजोखको कारण थाहा भयो– उनको जग्गा त अर्कैको नाममा बिक्री भइसकेको रहेछ। ६७ वर्षीय कोहारको १० कट्ठा १७ धुर जग्गा १८ फागुन २०७७ मा भैरहवास्थित मालपोत कार्यालयबाट बिक्री भइसकेको देखिन्छ। साबिक मधुवनी गाविस–१० को नक्शा… पुरा पढौ

मान्छेको अगाडी अब निर्धक्क संग बोल्न के गर्ने ?

कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाइले ठक्कर अवश्य पनि खानुहुनेछ । आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आफूमा विकास र वृद्धि गर्दै लान सक्छौँ । गज्जबको कुरा के छ भने विज्ञानले आत्मविश्वास कसरी बढाउन सकिन्छ भनेर वैज्ञानिक तरिका अन्वेषण… पुरा पढौ

प्रेमी-प्रेमिका कस्ता भएमा जीवन बिताउन सकिन्छ ?

प्रेमको अन्तिम विन्दु भनेकै प्रेम हो । जुन कुरा महाभारातमा भगवान कृष्ण र राधा को प्रेमले बताउछ । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम-सम्बन्ध सार्थक हुन्छ भनेर अचेल कलियुगमा व्याख्या हुन थालेको छ । प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग मात्र होइन, त्यसैले जोसँग प्रेम गरिन्छ उसलाई भावी जीवनसाथीको रुपमा हेर्नुपर्छ भन्नेमा अहिलेको समाज दगुरी रहेको छ । कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त शरीरिक सम्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले लहडमा प्रेमी,… पुरा पढौ

एउटा गाडीमा २९ लाख कर छली गर्दै टेस्ला गाडी बजारसम्म , श्रीमा डिस्ट्रिब्युटर्स संग खुलेआम कर्मचारीको सेटिंग

 शक्ति केन्द्र र पैसाको आडमा व्यवसायीहरूले सरकारी कर्मचारीसँग‘ सेटिङ’ मिलाएर करोडौं रूपैयाँको सामान न्यूनभन्सार मूल्यांकन गरी राजस्व छली गर्दै आएको पाइएको छ । व्यवसायीहरूले अर्थमन्त्रालयमातहत रहने सरकारी कार्यालयका उच्चपदस्थ अधिकारीकै योजनामा कर्मचारी खटाएर अवैध धन्दा गर्दै आएका व्यवसायीलाई साथ दिएको पाइएको छ । मासिक रूपमा करोडौँरूपैयाँ राजस्व छली भइरहँदासमेत कसैमाथि कारबाही भएको छैन । पछिल्लो समयमा भन्सारका कर्मचारी र व्यापारीको सेटिङमा नेपालमा भित्र्याउँदै आएको नयाँ तथा पुरानो मोडलको गाडी आयातमा अत्यधिककर छली तथा न्यून मूल्यांकन हुने गरेको पाइएको छ ।… पुरा पढौ