समाचार

सूचनाकोहक कि सूचना अधिकारी सूचना अभियन्ता द्वारा बाल संस्कार प्रबर्द्धन गर्न जग्गा दान

हल्दिबारीमा बाल संस्कार केन्द्रका लागि सूचना अभियन्ता जग्गा इश्बरा तिबारी कडेल द्वारा जन कल्याण प्रतिष्ठान झापालाई जग्गा उपलव्ध भएको थियो यसरी जग्गा उपलब्ध गराएकोमा प्रतिष्ठानको सम्पन्न बैठकले जग्गा दातालाई धन्यबाद दिएको छ।प्रतिष्ठानका अध्यक्ष श्री शंकर भट्टराईको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठान अन्तर्गत एकल बिध्यालयको झापा ,इलाम र मोरंङ तीन जिल्ला समेटेर गरेको सप्ताहब्यापी कार्यक्रमको झापाको अर्जुनधारा-६स्थित बाल बिकास केन्द्रमा आगामी चैत्र २१ गतेदेखि आयोजना गरने निर्णय गरेको प्रतिष्ठानका सचिब श्री देबेन्द्रकिशोर ढुङगानाले बताउनु भयो ।बैठकमा प्रतिष्ठानका कोषाध्यक्ष श्री सत्येन्द्रकुमार कर्ण, सदस्य… पुरा पढौ

पहुँचवाला प्रहरीको शक्ति

नेपाल प्रहरीमा तल्लो तहका प्रहरी कारबाहीमा पर्ने तर माथिल्लो तहलाई केही नहुने प्रवृत्ति अझै रोकिएको छैन । विभिन्न कान्डमा परेका प्रहरीमाथि कारबाही प्रक्रिया रोकिदा अनियमितता गर्ने प्रहरीको मनोबल बढीरहेको छ । पश्चिम नवलपरासीमा रहँदा तस्करीको लाइन खुलाएको पुष्टि भएकोमा कारबाही सिफारिस भएका एसपी ऋषिराम कँडेलमाथि अझै कुनै निर्णय भएको छैन । कारबाही रोकाउन कँडेल दौडधुपमा लागेका छन् । यसअघि गाउँपालिकाका अध्यक्षसँग मिलेर दुई भारतीयलाई लागूऔषध मुद्दामा फसाएको घटनामा पनि उनीमाथि सामान्य मात्र कारबाही गरेर जोगाइएको थियो । त्यस्तै, बालाजु बसपार्कको… पुरा पढौ

नौ सिमेन्ट कम्पनीसहित २७ जनाविरुद्ध परेको मुद्दामा सफाइ

विशेष अदालतले नौ सिमेन्ट कम्पनीसहित २७ जनाविरुद्ध परेको भ्रष्टाचार तथा राजस्व चुहावट सम्बन्धी मुद्दामा सफाइ दिएको छ। चुनढुङ्गा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोप लगाउँदै  खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ १२ गते विशेष अदालतमा मुद्दा हालेको थियो। शुक्रबार बसेको न्यायाधिश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले अख्तियारको आरोप प्रमाणित नभएको भन्दै सबैजनालाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरेसहित नौ जना कर्मचारी, नौ वटा सिमेन्ट… पुरा पढौ

बालाजु घटना: डिएसपी रविन विष्टको तीन वर्ष बढुवा रोक्का

बालाजुमा प्रहरीको गाडीमाथि आगजनी र तोडफोडको घटनामा प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्टमाथि कारबाही गरिएको छ। कारबाहीस्वरूप उनको तीन वर्ष बढुवा रोक्का गरिएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो। काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको थियो। बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको थियो। विष्टको तीन वर्ष बढुवा रोक्का र प्रहरी… पुरा पढौ

गोपनियताको संस्कारमा हुर्केको प्रशासनिक संयन्त्र

सूचनाकै कारण साँघुरो बनेको विश्वमा अहिले कसले छिटो सूचना दिने र थाहा पाउने भन्ने होडबाजी चलिरहेको छ। जोसँग धेरै सूचना हुन्छ त्यो नै शक्तिशाली मानिन्छ। सूचनाको यो शक्तिलाई हरेक नागरिकले समान रूपमा उपयोग गर्न सके हरेक क्षेत्रमा पारदर्शिता, जबाफदेहिता र सुशासन कायम गर्न सकिन्छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना माग गर्न पाउने हकको व्यवस्था गरेको छ। सूचनाको हक के हो? सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा ‘सूचना’ भन्नाले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्त्वको… पुरा पढौ

सूचनाको हक प्रयोगकर्ता माथी दुर्व्यवहार

कपिलवस्तुको मायादेवी गाउँपालिका भ्रष्टाचारको अखडा भएका समाचार सार्वजनिक नभएका होइनन्, स्थानीय तहको पुनःसंरचना लगत्तै पालिकाका पदाधिकारी र कर्मचारी नेतृत्वहरु भ्रष्टाचार र अनियमितताको जञ्जालमा फसेका, कामकारबाही चुस्त, दुरुस्त नराखेका समाचारहरु कयौंपटक स्थानीय एवम् राष्ट्रिय विभिन्न संचार माध्यमबाट प्रकाशित तथा प्रसारित हुँदै आएका छन् । पालिका भित्रका सिमित कर्मचारीको मिलेमतोमा खाजानास्ता, इन्धन खर्चमा अनियमित तवरले राज्यको श्रोतको दोहन हुने गरि खर्च गर्ने गरेको पालिकाकै कर्मचारीको गुनासोको आधारमा पत्रकारले तथ्यपरक सुचनाको माग गर्दै समाचार संकलन गर्न खोजेका थिए । मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय… पुरा पढौ

नक्कली लाइसेन्सको कारोबारी वीरगञ्जमा पक्राउ

नक्कली सवारी चालक अनुमतिपत्र कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्रेको छ । वीरगञ्ज महानगरपालिका २५ का २४ वर्षीय पारस साह तुराहलाई नक्कली सवारी चालक अनुमतिपत्रको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको बताइन्छ । टोलीले तुराहको शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट ई वर्गको अनुमतिपत्रलाई ए, बी र ई वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला परेको हो ।  पक्राउ परेका उनलाई लिखितसम्बन्धी… पुरा पढौ

घटना यौन दुर्ब्यबहार , कुटपिटमा मिलापत्र

आफ्नै विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षकलाई जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरूले माफी दिएका छन् । विद्यार्थीले पटक–पटक दुव्र्यवहार गरेको भन्दै अभिभावक र कार्यालयमा उजुर गरे पनि दबाबमा मिलापत्र भएको छ ।  काभ्रेको बेथान्चोक गाउँपालिका–४ का वडा सदस्य कर्ण तामाङको निर्देशन र योजनामा विद्यालयमा भएको दुव्र्यवहारलाई मिलापत्र गराइएको हो । उनकै उपस्थितिमा विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीलाई समेत राखेर शिक्षकलाई माफी मगाउँदै आइन्दा त्यस्तो नगर्ने कागजमा सहीछाप गराइएको छ । पटक पटक दुव्र्यवहार भएको आरोप लागेपछि शिक्षक शम्भुलाल श्रेष्ठले… पुरा पढौ

भ्रष्टाचार मुद्दामा अदालतले डामेपछि पूर्वमन्त्रीको रुवाबासी

काठमाडौंको मध्यभागमा रहेको भृकुटीमण्डपको जग्गा भाडामा दिने सम्बन्धमा भएको करार सम्झौतामा आफूमाथि सजाय तोक्ने विशेष अदालतको फैसलालाई पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेले ‘पूर्वाग्रहीपूर्ण’ भनेका छन् । पत्रकार सम्मेलन गरेर उनले अदालतबाट भएको जरिवानाको सजाय र कैदको फैसला अन्यायपूर्ण रहेको दाबीसमेत गरेका छन् ।  पत्रकार सम्मेलनमा रुँदै आफ्ना कुरा राखेका पूर्वमन्त्री न्यौपानेले आफूमाथि सुनाइएको फैसला कानुन र प्रमाणअनुरुप नभई अन्यायपूर्ण र विवेकहीन रहेको पटक–पटक जिकीर गरे । न्यायालयबाट भएको फैसला अन्यायपूर्ण भएपनि स्वीकार गर्ने उनको भनाइ छ  ।  भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा… पुरा पढौ

तालिम गर्दागर्दै सेनाको भागाभाग

तालिम गर्न सक्ने अघि बढ्दै जान्छन्, नसक्ने बीचमै कुलेलम ठोक्छन् तर अब भने सेनाले यसरी भाग्नेहरुको खोजी गर्न थालेको छ । विभिन्न तालिम केन्द्रमा रहेकाहरू बेपत्ता हुन थालेसागै छ्याप्छ्याप्ती खोज्न शुरु गरिएको हो । प्राप्त विवरणअनुसार यसरी बेपत्ता हुनेमा अधिकांश मधेशी मूलका छन् । सैन्य आधार तालिमबाट चार जना प्राविधिक अमल्दार गायब भएका छन् । सिसं ६२ अन्तर्गत ६८ सैन्यलाई तालिम क्यालेण्डर तथा घटनाक्रमअनुसार गत फागुन २ गतेबाट १५ गतेसम्म पहिलो चरणको टर्म ब्रेकमा छोडिएको थियो । तर, तीमध्ये चार… पुरा पढौ